Friday, April 27, 2007

मान्छे मान्छे नै हो

मान्छे मान्छे नै हो उ सक्दैन देबता बन्नलाई
बरु बन्न सक्दो रहेछ उ दानब कही कतई

घमंडी बन्दा उसको बढ्दो रहेछ शान
उ सोच्दो रहेछ फेरी आफुलाई छू क्यारे म बलबान

किन सोच्दछ मान्छे ले बलबान आफुलाई
अदि छ भने उ किन सक्दैन जितन प्रक्रितिलाई

किन गर्नु र् घमंड मान्छे ले मान्छे आफैमा
अदि सक्छ भने गरोस प्रतिस्प्रदा प्रक्रितिमा

Saturday, April 21, 2007

बाग्लुंग जिल्ला

यदि बाग्लुंग जिल्ला अन्तर्गत बाग्लुंग बज़ार, Bhakunde, रेशा, सिंगाना, तित्यांग, भिमपोखारा, बलेवा, बिहू तथा अन्य स्थान हेर्नको लागी यहाँ क्लिक गर्नुहोस:-

http://www.wikimapia.org/#y=28244683&x=83598962&z=17&l=0&m=a&v=2

नेपाली भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला:-

http://www.youtube.com/watch?v=LGGIBjwtrIk
http://www.youtube.com/profile?user=nabanetra

Sunday, April 15, 2007

बनभोज कार्यक्रम सम्पन्न

माल्दिभ्समा नबबर्ष २०६४ को उपलक्ष्यमा बनभोज कार्यक्रम सम्पन्न
नेत्र प्रसाद शर्मा
भकुण्डे-६, बाग्लुङ
हाल माल्दिभ्सबाट
mailto:chapagain.netra@gmail.comm

माल्दिभ्स / १ बैशाख २०६४
रोजगारीको शिलशिलामा माल्दिभ्समा आइ यहाँका बिभिन्न कुना काप्चामा छरीयर रहेका नेपालीहरुले नव वर्ष २०६४ सालको पुनित उपलक्ष्यमा बनभोज कार्यक्रम गरि हर्षोल्लासका साथ धुमधामसगँ नववर्ष मनायको समाचार छ । सो बनभोज कार्यक्रमको आयोजना नेपाल-
मल्दिभ्स मैत्री समाजले गरेको थियो। सो बनभोज कार्यक्रम मल्दिभ्सको राजधानी मालेबाट नजिकैमा रहेको कुडा बान्डोस नामको टापुमा सम्पन्न भयको थियो।
सो बनभोज कार्यक्रममा झण्डै १६५ जना नेपालीहरु उपस्थित थिय। उक्त बनभोज कार्यक्रमका साथमा भलिबल प्रतियोगिता, घैटो फुटाउने, लठो तान्ने, छेलो फाल्ने र मनोरन्जनात्मक संस्कृतिक कार्यक्रम तथा शुभ-कामना आदान-प्रदान कार्यक्रमको पनि आयोजना गरियको थियो । कार्यक्रम श्री मेघनाथ भुसालको अध्यक्षतामा गरीयको थियो भने कार्यक्रमको सन्चालन समाजका सचिब श्री रघु प्रवासीले गर्नु भयको थियो। कार्यक्रममा हालसालै माल्दिभ्सको कियाधुफारु रिसोर्टमा ज्यान गुमाउन पुग्नुभयका स्वर्गिय जित बहादुर राना प्रती श्रद्दान्जली अर्पण गर्दै १ मिनेट मौन धारण गरीयको थियो।

भुसाल साथिहरुसगँ
समाजका सल्लाहकार श्री भुपेन्द्र गौचनले समितीको गतिबिधि प्रस्तुत गर्दै सो बनभोज कार्यक्रममा उपस्थित सबैलाइ धन्यबाद तथा शुभ कामना दिनु भयको थियो।
बिषेश गरी सो बनभोज कार्यक्रम सम्पन्न गर्नमा भुमिका खेल्नु हुने श्री मोहन थापा, तिलक रोका, रोहित गुरुङ, बिशाल थापा, अनु, तिलक गुरुङ्, तिल बहादुर गुरुङ र गौतम बमजनलाइ समितिको तर्फबाट बिषेश धन्यबाद दिइयको थियो।

नेत्र , अनु र लोकेन्द्र
कार्यक्रमको अन्त्यमा बिजयी प्रतियोगीहरुलाइ समाजका सल्लाहकार श्री चित्र पौडेलले शिल्ड प्रदान गर्नु भयको थियो। कार्यक्रममा समाजका सचिब श्री रघु प्रबासीले उपस्थित सबैलाइ शुभ कामना दिनुभयको थियो भने अध्यक्ष श्री मेघनाथ भुसालले उपस्थित सबैलाइ धन्यबाद तथा शुभ कामना दिदै आगामी दिनमा हुने यस्तै कार्यक्रमामा पनि सबैको सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन गर्नु भयको थियो।

Thursday, April 5, 2007

Today's pictures


ADK Hospital front area


Reethi Rah Maldives arrivel area


Big boat for international supply transfer

This boat using for recreational activities



This boat using for diving in maldives

Speed boat for transfer in maldives

Air Texi in Maldives

Monday, April 2, 2007

शुभ कामना

नेपालमा देखिएको विकराल समस्या समाधानका लगि नयाँ वर्षको पूर्व सन्ध्यामा अन्तरिम सरकार गठन भएकोमा सफलताको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौ।

अहिले नेपालमा देखिएको विकराल स्थितिको समाधान गर्नका लागि संविधानसभाको निर्वाचन गरी नेपाललाई निरंकुश राजतन्त्रबाट मुक्त गरी नेपाली जनताले आफ्नै शासन अर्थात पूर्ण लोकतन्त्रात्मक नयाँ नेपालको निर्माण गर्नका लागि माओवादी सहित आठ पार्टीको अन्तरिम सरकारमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनु भएकोमा हार्दिक स्वागत तथा शुभकामना व्यक्त गरिएको गर्दछौ। नयाँ वर्षको अग्रीम समयमा नै स्वच्छ, निष्पक्ष तथा धाँधलीरहीत निर्वाचन गराउन सफलता मिलोस भन्दै प्रधानमन्त्री कोइरालाको सुस्वास्थ्य एवं दीर्घायुको कामना समेत व्यक्त गर्दछौ।

नेत्र प्र. शर्माwww.prabasinepali.com
www.nabanetra.blogspot.com
माल्दिभ्स
गिरिजाप्रसाद कोइराला, प्रधानमन्त्री- रक्षा र स्वास्थ्य तथा जनसङ्ख्या
रामचन्द्र पौडेल, मन्त्री- शान्ति तथा पुनर्निर्माण
सहाना प्रधान, मन्त्री- परराष्ट्र
कृष्णबहादुर महरा, मन्त्री- सूचना तथा सञ्चार
प्रदीप नेपाल, मन्त्री- शिक्षा तथा खेलकूद
महन्थ ठाकुर, मन्त्री- वातावरण, विज्ञान तथा प्रविधि
डा. रामशरण महत, मन्त्री- अर्थ
नरेन्द्र विक्रम नेम्वाङ, मन्त्री- कानून,
न्याय तथा संसदीय व्यवस्था
कृष्णप्रसाद सिटौला, मन्त्री- गृह
देवप्रसाद गुरुङ्ग, मन्त्री- स्थानीय विकास
राजेन्द्र महतो, मन्त्री- उद्योग, वाणिज्य तथा आपूर्ति
पृथ्वी सुब्बा गुरुङ्ग, मन्त्री- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मातृकाप्रसाद यादव, मन्त्री- वन तथा भू-संरक्षण
छविलाल विश्वकर्मा, मन्त्री- कृषि तथा सहकारी
हिसिला यमी, मन्त्री- भौतिक योजना तथा निर्माण
जगतबहादुर बोगटी, मन्त्री- भूमिसुधार तथा व्यवस्था
खड्गबहादुर विश्वकर्मा, मन्त्री- महिला, बालबालिका तथा समाज कल्याण
रमेश लेखक, राज्यमन्त्री-श्रम तथा यातायात व्यवस्था
ज्ञानेन्द्रबहादुर कार्की, राज्यमन्त्री- जलस्रोत
रामचन्द्र यादव, राज्यमन्त्री- सामान्य प्रशासन
इन्द्रबहादुर गुरुङ्ग, राज्यमन्त्री- कानून,न्याय तथा संसदीय व्यवस्था
मोहनसिंह राठौर, राज्यमन्त्री- शिक्षा

Thursday, March 29, 2007

माल्दिभ्समा १ नेपालीको मृत्यु
नेत्र प्र शर्मा/माल्दिभ्स

मानबको जन्म सङ्गै मरण पनि आइरहेको हुन्छ तर बिधिको बिधान नै यस्तै नै छ मानबले सोचे जस्तो, के हुनु पर्ने हो र के नहुनुपर्ने हो ठिक बिपरित घटनाहरु घट्ने भैरहेको हुन्छ। यस्तै घटना घट्न पुग्यो यहा मल्दिभ्समा पनि। यहि मार्च २० तारिकका दिन बाग्लुङ जिल्ला जैदी गा बि स निबासी जित बहादुर राना ले हामी सबै बाट बिदा लियर यो सन्सारबाट बाहिरिन पुगे। उनि बिगत ८-९ महिना देखि माल्दिभ्सको किहाधुफारु रिसोर्टमा कार्यरत थिय। गत मार्च २० तारिकका दिन दिनको खाना खायर साथीसङ्ग गफ गर्दै गरेका राना करिब २:३० बजे आफुलाइ केहि अफ्ठ्यारो महसुस भयको साथिलाइ जानाउदै भुइमा लड्न पुगेका थिय र त्यहि उनको मृत्यु हुन पुग्यो। स्वर्गिय रानाका श्रीमति १ छोरा र १ छोरी हुनुहुन्छ। यो शोकको घडिमा उहाको मृत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार प्रति भगवान पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति दिउन।

Thursday, March 8, 2007

हे नेपाली हो!
नेत्र प्र शर्मा
भकुण्डे-६, बाग्लुङ

हे नेपाली हो! किन तिमीहरु स्वार्थमा भुल्छौ यसरी
बिर्स्यौ नेपाली नाता कस्तो हुनुपर्ने हो? कसरी।।

तिमी गर्छौ एक नेपालीको अपमान जँहा जसरी
सिङ्गै नेपालको अपमान भैरहेको हुन्छ त्यहा त्यसरी।।

मानव-मानव सबै एकै हो उ गल्ती पनि गर्न सक्दछ
तर आफु गल्ती गर्दा उ किन पुच्छर लुकाएर भाग्दछ।।

हिजो गरेका हौला तिमी पनि केहि गल्ति बचाए होलान कसैले
तर कति चाडो बिर्सिन सक्यौ त्यसलाइ सजिलै तिमिले।।

नेपाली नाता छैन कि क्याहो तिमीमा कि बिर्सेयौ नेपाललाइ
कि कतै यतै बस्ने पो हो कि जुग जाने कुनै केटीलाइ समाइ।।

अनि फेरि गल्ति भन्ने शब्द छदै छ शब्दकोशमा
नभएको होइन अर्को शब्द क्षमा पनि त इतिहासमा।।

कि त हटाउनु पर्यो यी दुबै शब्द शब्दकोश बाट नै
अन्यथा हुनु पर्ने होइन र दुबैको उपयोग बराबरै??

Monday, February 26, 2007

Baglung Bazaar:




Baglung located is in western part of Nepal, 275 km West from Kathmandu and 72 km from Pokhara. Baglung is the district headquarters of Baglung District and headquarters of Dhawalagiri Zone. Baglung Bazaar is located in between Kali-Gandaki river and Kathe-khola. The Bhagawati Temple is in east part of baglung Bazaar. In the Chaitra-Astami, Ram-Nawami and Vijaya Dashami's time many people will come to Bhagawati temple and Baglung Bazaar. We can see the Dhaulagiri pick from baglung bazaar.

Tuesday, February 13, 2007

जन्म भुमि

मेरो जन्म भुमि भकुण्डे

नेपाल देश बाग्लुङ जिल्ला भकुण्डे गाँउ मेरो
बर्णन गर्ने कसो गरी ठ्याम्मै स्वर्ग जस्तो।।
वरिपरी बनपाखा खोला नाला साथमा
मोती जस्तै टलकिने धौलागिरी काखमा ।।
बाग्लुङ बजार घुमिकन भकुण्डेमा जाउला
तालबाराही मन्दिर घुमी चोखो माया लाउला।।
भकुण्डेको स्वाच्छ हावा खाँदै घुमौला
भकुण्डेमा बसुन्जेली स्वर्गाभास् गरौला ।।
उत्तर पर्छ काली गंगा दक्षिण सौर्य डाँडा
पूर्व पर्छ मुलाबारी पश्चिम रिठ्ठे खोला ।।
यक पटक पुगी हेर्यौ त्यो मन होला कस्तो
पक्कै महशुस हुने छ है स्वर्ग पुगे जस्तो ।।
मुलाबारी घुम्दै घुम्दै भैरबस्थान पुगौला
दर्शन लिइ भैरबको हिरा ताल घुमौला ।।
भैरब मा बि हुँदै हुँदै निफ्न्ने झरौला
कहिल्यै पनि नबीर्सने बाचा गरौला ।।

नेत्र प्रसाद शर्मा (चपागाँइ )
भकुण्डे - ६ बाग्लुङ
हाल मल्दिभ्सबाट
गजल
सकिन तिमि सङ्ग हिजो मैले प्रस्ताब कुनै राख्नलाइ
भयो पछुतो आज तिमिबाट टाढा भयर बस्दा मलाइ।।
छन त छदै छ तिम्रो सम्झना पल पल मेरो मनमा
के गर्ने टाढा भयर देखाउन नमिल्ने तिम्रो आखामा।।
हुन त तिमिले बिर्सियर हुन सक्छ मेरो वास्ता नगरेको
तिमिलाइ थाहा छैन यो मेरो मन कति छ रोइरहेको।।
म इज्जत राख्न चाहन्थे सबैको सकिन भन्नलाइ
त्यसैले गर्दा धोका भयो आज थाहा छैन तिमिलाइ।।
तिमिलाइ सम्झि आज म टोलाइ रहन्छु पल पलमा
तर के गर्ने पाउन सक्दिन तिमिलाइ खोज्दै छु सागरमा।।
छैन कुनै खबर आज तिम्रो कतै डोली त चढिनौ
कता छौ आज कस्को साथ लियौ खै किन भन्दिनौ।।
तिमिले बिर्से पनि आज म सक्दिन भुल्नलाइ
तिमिले बिर्सियर गयौ भने सक्देन यो कोपिला फुल्नलाइ।।

कोपिला फुल्नलाइ।।।
नेत्र प्र शर्मा
बाग्लुङ भकुण्डे
हाल माल्दिभ्सबाट

Friday, January 19, 2007

नरोउ माइला किन रुने हो?

नरोउ माइला किन रुने हो?

न रोउ माइला किन रुने हो?
रुदा रुदा रुमाल भिज्यो कल्ले धुने हो?
रोय पनि भित्र रुन्छौ कल्ले सुन्ने हो।
अनि नरोउ भनि कल्ले भन्ने हो?
बिरेको नाश गर्नु नै अभिषाप भो।
मान्छेलाइ मार्नु के तिम्रो धर्म थियो?


नरोउ कमल किन रुने हो?
कल्ले सुन्ने तिम्रो रुवाइ उल्टै सोध पुछ भो।
भोलि बन्ने सरकारले के पो गर्ने हो
कतै सद्दामको सजायलाइ नेपाल ल्याउने हो?
केहि हुदैन् त्यसो गरे छुटकरा त मिल्ले थियो।
तर जेल मै कुहाइ मर्यो भने बियोग हुने भो।

अरु त्यस्तै राजाबादि कता रुदै हो
रुमाल नपाइ आसु पुछ्ने धोती खोज्दै हो?
चुनाबमा भोट कता कि त बहिस्कार हो?
कि त गुन्डा खोजिकन बिथोल्ने पो हो?
छैन कुनै चान्स अब भाग काशि तिर
त्यहि मात्र शुख मिल्ला तर तिर्थलाइ पिर।

नरोउ नरोउ तिमिहरु यो धर्तिलाइ भारि
केहि नपाय आशु पुछ्ने मर नदिमा हाम फलि


नेत्र प्र शर्मा
बाग्लुङ
हाल माल्दिभ्सबाट

Thursday, January 18, 2007

अन्तरिम सम्बिधान २०६३

नेपाल् अधिराज्यको अन्तरिम सम्बिधान २०६३ सर्बसम्मत रुपमा पारित भै लागु भयको खबरले हामी बिदेशमा रहेका प्रबासि नेपालिहरु अति नै हर्षित छौ र यो खुशिको क्षणमा हामी पुन यक पटक नेपाललाइ यो अबस्था सम्म ल्याउनको लागि आफ्नो ज्यानको बलिदान दिने बिर शहिदहरु प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछौ।

नेत्र प्र. शर्मा
www.nabanetra.blogspot.com

Saturday, January 13, 2007

आजको तस्बिर


माल्दिभ्सका रिसोर्ट टापुहरु






माल्दिभ्सको मालेमा रहेको ADK हस्पिटलको काउन्टर

नेपाल-माल्दिभ्स मैत्री समाजको विधान २०६३

नेपाल-माल्दिभ्स मैत्री समाजको विधान २०६३
नेपाल-माल्दिभ्स मैत्री समाज
नेपाल-माल्दिभ्स मैत्री समाजको विधान २०६३
प्रस्तावना: नेपाल-माल्दिभियन बिच असल सम्बन्ध कायम राख्ने र नेपालीहरु बिच सामाजिक, सास्कृतिक तथा मैत्रीक भावना कायम राख्ने।
परिच्छेद – १, १क, यस विधानको नाम नेपाल-माल्दिभ्स मैत्री समाज रहने छ।
ख, यो विधान माल्दिभियन सरकारमा दर्ता भय पछि लागु हुने छ।
२) परिभषा: बिषय वा प्रसँगले अर्को अर्थ नलागेमा यो विधानमाक, संस्था भन्नाले यस विधान अनुसार गठित नेपाल-माल्दिभ्स मैत्री समाज अन्तर्गत गठन हुने सम्पुर्ण निकायलाइ जनाउँछ।
ख, कार्य-करिणि भन्नाले धारा १४ अनुसार गठित समितिलाइ सम्झनु पर्दछ।
ग, पदाधिकारी भन्नाले अध्यक्ष, उपाध्यक्ष, सचिब,सह-सचिब, कोषाध्यक्ष र सदस्यहरुलाइ जनाउँछ।
घ, सम्बन्धित सदस्य भन्नाले विधानको परिच्छेद ३, ९(क), (ख) र (ग) अनुसार बनेको सदस्य सम्झनु पर्दछ।
३, संस्थाको छाप र चिन्ह: अनुसुचि १ को नमुना बमोजिम नेपाल र माल्दिभ्सको राष्ट्रीय झण्डा क्रस गरि राखिने छ।
४, संस्थाको कार्यालय: संस्थाको केन्द्रीय कार्यालय माले माल्दिभ्समा रहने छ।
५, संस्थाको कार्य क्षेत्र:
क, माल्दिभ्सको जुन सुकै स्थानमा पनि संस्थाको कार्य क्षेत्र हुन सक्छ।
ख, पारस्परिक सहयोगको आधारमा समान उदेश्य राख्ने राष्ट्रीय, अन्तराष्ट्रीय संस्थाहरु सँग यस सस्थाको सम्बन्ध रहने छ।परिच्छेद - २६, संस्थाको उदेश्य:क, नेपालीहरुलाइ आइ परेको समस्याहरुमा उपयोगिता हेरि माल्दिभ्स सरकार अथवा नेपाल सरकारलाइ सम्पर्क गर्ने सहज कर्ताको भुमिका निर्बाह गर्ने।ख, संस्थाको सदस्यहरु बिच असल सम्बन्ध कायम राख्दै समय- समयमा खेलकुद तथा बैज्ञानिक, सांस्कृतिक, शैक्षिक आदान- प्रदान कार्यक्रम सन्चालन गर्ने।
परिच्छेद -३७, सदस्यताको योग्यता: यस सस्थाको सदस्यता लिनको लागि माल्दिभ्समा रोजगारीको शिलशिलामा आयका नेपालीहरु तथा यस संस्था प्रति सद् भाब राख्ने नेपाली तथा माल्दिभियनहरु यस संस्थाको सदस्य बन्न सक्ने छन्।८, सदस्यताको प्रकार: यस संस्थामा देहायका सदस्यहरु हुने छन:क, साधारण सदस्यख, मानार्थ सदस्यग, सस्था पक्ष सदस्य९, सदस्यता शुल्क प्रधान गर्ने बिधि:क, साभारण सदस्य: सदस्य बन्न चाहेमा धारा ७ को अधिनमा रहि अनुसुचि २ बमोजिमको दरखास्त फारम भरि न्युनतम प्रबेश शुल्क बापत रु १०।- (माल्दिभियन रुफिया) बार्षिक शुल्क रु १००।- बुझाउनु पर्ने छ। धारा ९(क) अनुसार डिसेम्बर महिना भित्र शुल्क बुझाय पछाडि आगामि बर्षको लागि सदस्यता नबिकरण गरिने छ।ख, मानार्थ सदस्य: ब्यक्ति वा संस्थालाइ कार्यसमितिको बैठकले निजले गरेको योगदानको कदर गरि मानार्थ सदस्य प्रदान गर्न सकिने छ।ग, सस्थापक सदस्य: यो सस्था निर्माणको लागि सक्रीय रुपमा सहयोग गर्ने सम्पुर्ण ब्यक्तिहरुलाइ कार्यसमितिको निर्णय अनुसार सस्थापक सदस्य मानिने छ।१०, सदस्यताको खारिजि:क, बिधानको धारा ९ उपधारा (क) अनुसार बार्षिक सदस्यता शुल्क बुझाउनु पर्ने म्याद समाप्त भयको मितिले १ महिना भित्र पनि शुल्क नबुझाउने साधारण सदस्य संस्थाको सदस्यबाट स्वत हटेको मानिने छख, कार्यकारिणिले सस्थाको उदेश्य बिपरित काम कार्बाहिमा सम्लग्न भयको ठहरायमा त्यस्ता सदस्यलाइ संस्थाको सदस्यबाट हटाउन सकिने छ।ग, कुनै पनि साधारण सदस्य सस्थाबाट बाहिरिन चाहेमा राजिनामा पत्र लेखि यस संस्थामा बुझायको खण्डमा यस सस्थाबाट खारिजि गरिने छ ।
परिच्छेद - ४साधारण सभा तथा कार्य समिति:११, साधारण सभा गठन र बिधि: यस सस्थामा सबै किसिमका सम्पुर्ण सदस्यहरु साधारण सभाका सदस्य रहने छन्।१२, साधारण सभाको बैठक:क, साधारण सभा सामान्यतया बर्षको १ पटक बसिने छ।ख, तत्काल साधारण सभा बस्न आबस्यक छ भनी कुल सदस्य सङ्ख्याको कम्तिमा २५% सदस्यले लिखित सुचना गरेमा अध्यक्षलाइ सुचना प्राप्त भयको १५ दिन भित्र बिषेश साधारण सभा बोलाइ सक्नु पर्ने छ।ग, साधारण सभाको बैठक बस्ने सुचना १ महिने अगाडि नै सदस्यलाइ सुचित गरिने छ।घ, साधारण सभाको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बोलाइने छ।ङ, अबिश्वासको लागि उपस्थित सङ्ख्याको २३ दुइ तिहाइ बहुमत हुन आबस्यक छ।च, उपस्थित साधारण सदस्यले बहुमतबाट गरेको निर्णय साधारण सभाको निर्नय मानिने छ। साधारणतया अध्यक्षले मत दिने छैन् तर बराबर भयमा निर्णायक मत दिन सक्ने छ।छ, कर्यकारिणिको अध्यक्ष, उपाध्यक्ष, सचिब,सह-सचिब र कोषाध्यक्ष साधारण सभाको लागि पनि अध्यक्ष, उपाध्यक्ष, सचिब,सह-सचिब र कोषाध्यक्ष हुने छन।१३) साधारण सभाको काम, कर्तब्य र अधिकार:क, सस्थाको कार्य संचालनको लागि कार्यकारिणि निर्बाचन गर्नु।ख, बर्षिक कर्यक्रम तर्जुमा गर्नु । कर्यक्रमको समिक्षा गर्नु ।ग, बार्षिक बजेट स्विक्रीत गर्नु ।घ, लेखा परिक्षेक नियुक्ति गर्नु ।ङ, कार्यकारिणिलाइ आबश्यक निर्देशन र सुझाब दिनु।१४) कार्यकारिणि समितिको गठन र बिधि:क, कार्यकारिणि समिति गठनको लागि साधारण सदस्यबाट ९ जना निर्बाचन द्वारा छानिने छन ।ख, कोषाध्यक्ष सहित २ जना अनिबार्य महिला हुनुपर्ने छ।ग, कार्यकारिणि समितिको पदावधि २ बर्षको हुने छ।घ, राजिनामा वा अन्य कारणबाट कार्यकारिणि पद खाली हुन गयमा अर्को साधारण सभा नबसुन्जेल सम्म कार्यकारिणिले नै सो पद पुर्ति गर्ने छ।ङ, पदबाट राजिनामा दिनको लागि अध्यक्ष बाहेक अन्य सदस्यले आफ्नो राजिनामा अध्यक्षलाइ, अध्यक्षले सचिब मार्फत कार्यकारिणिलाइ दिनु पर्ने छ। अध्यक्ष बाहेक अन्य सदस्यहरुले दियको राजिनामाको स्विकृत अध्यक्षबाट कार्यकारिणि समितिसँग परामर्श लिइ गर्ने छ भने अध्यक्षको राजिनामाको स्विकृत कार्यकारिणि समितिको बैठकबाट गरिने छ।१५) कार्यकारिणिको बैठक:क, कार्यकारिणि समितिको बैठक अध्यक्षसँग परामर्श गरि सचिबले बोलाउने छ।ख, सामान्य तथा कार्यकारिणि समितिको बैठकको लागि गणपुरक सङ्ख्या ५१% अनिबार्य हुनुपर्ने छ।ग, उपस्थित सदस्यहरु मध्ये बहुमतको निर्णय कार्यसमितिको निर्णय मानिने छ।घ, कार्यकारिणि समितिको बैठक सामान्यतया १ महिनामा १ पटक बस्ने छ तर अबस्था हेरि कुनै पनि बेला समितिको बैठक बस्न सक्ने छ।
१६) कार्यकारिणिको काम, कर्तब्य र अधिकार:क, कार्य समितिको साधारण सभाबाट पारित भयका योजना तथा कार्यक्रमको कार्यन्वयन गर्ने छ।ख, कार्यकारिणि समितिले पुर्व सुचना गर्दा गर्दै पनि लगातार ३ पटक सम्म अनुपस्थिति हुने सदस्यलाइ स्वत निष्काशित भयको मानि सो पदमा कार्यकारिणिले बाँकी अबधिको लागि साधारण सदस्यबाट पुर्ति गर्ने छ तर सदस्य बिदामा घर अथवा अन्यत्रै गयको खण्डमा यो लागु हुने छैन।ग, बर्षको ६ वटा बैठकमा उपस्थित नहुने कार्यकारिणि समितिको सदस्यले अर्को कार्यकारिणि समितिमा उम्मेदवार हुन पाउने छैन।घ, कार्यकारिणि समिति भित्रको सदस्य घर बिदा वा अन्य कारणवश मल्दिभ्स छाडि १ महिना भन्दा बढिको अबधिसम्मको लागि बाहिर जानुपरेमा सचिब वा अध्यक्षलाइ लिखित जानकारि गराउनु पर्ने छ भने सचिब वा अध्यक्षले , सचिबले अध्यक्ष र अध्यक्षले सचिबलाइ लिखित जानकारि गराउनुपर्ने छ। यदि दुबै जना यकै साथजानु पर्ने भयमा यो जिम्मेबारी उपाध्यक्ष र सह-सचिबबाट सम्हालिने छ।१७) पदाधिकारिको काम, कर्तब्य र अधिकार:
१७-१, अध्यक्ष:क, कार्यकारिणि समितिको बैठक तथा साधारण सभाको अध्यक्षता गर्ने।ख, सस्थाको उद्वेश्य प्राप्तीको लागि नेतृत्व प्रदान गर्नु र कार्यक्रमको स्विकृति दिनु।ग, कुनै पनि प्रस्ताब माथि लियको मतको सङ्ख्या बराबर भयमा आफ्नो निर्णायक मत दिनु।१७-२’ उपाध्यक्ष:
क, अध्यक्षको अनुपस्थितिमा सम्पुर्ण कार्यभार सम्हाल्नु।ख, सस्थाको कार्य सन्चालनमा अध्यक्षलाइ मद्वत गर्नु।१७-३, सचिब:क, अध्यक्षसँग परामर्श गरि साधारण सभा र कार्यकारिणिको बैठक बोलाउने।ख, साधारण सभा र कार्यकारिणि सभामा छलफल हुने यजेण्डा (कार्यसुचि, कार्यक्रम) तयार पार्ने।ग, सस्थाको कागज पत्र सुरक्षित राख्ने र सस्थासँग सम्बन्धित पत्र ब्यबहार गर्ने।घ, बैठकद्वारा पारित बिषयहरुको कर्यन्वयन गर्नु र गर्न लगाउनु।
१७-४, कोषाध्यक्ष:क, सस्थाको चल-अचल सम्पत्तिको रेकर्ड राख्ने र जिम्मा लिने।ख, बर्षको अन्त्यमा बार्षिक प्रतिबेदन तयार पारी कार्य समितिको बैठकमा पारित गराइ बार्षिक साधारण सभामा पेश गर्ने।ग, सस्थाक सदस्यहरुबाट सदस्य शुल्क अशुल गर्ने र अर्थिक सङ्कलन गर्ने।
१७-५, सह- सचिब:क, सचिबको अनुपस्थितिमा सचिबको सम्पुर्ण कार्यभार सम्हाल्नु।ख, सस्थाको कार्य सन्चालनमा सचिबलाइ मद्वत गर्नु।
१७-६, सदस्य:क, सस्थामा सक्रीयताका साथ काम गर्ने।ख, सस्थाको उन्नति र प्रगतिका लागि हरबखत लागि पर्नु ।परिच्छेद ५१८) सस्थाको आर्थिक श्रोत:क, सदस्यहरुबाट प्राप्त बिबिध शुल्कको रकम ।ख, स्वदेशी वा बिदेशी र अन्य निकायबाट प्राप्त हुने सहयोग रकम ।ग, नेपाली र माल्दिभियन खेलकुद, सस्कृतिक कार्यक्रम गरि आर्थिक सङ्कलन गर्न सकिने छ।१९) कोष:सस्थाको सदस्यबाट प्राप्त सदस्यता शुल्क , चन्दा, बिभिन्न सस्थाहरुबाट प्राप्त नगद रकमहरु यक मुष्ठ राखि सस्थाको नाममा कोष स्थापना गरिने छ। सो रकम बैङ्कमा राखि कोषको खातामा अध्यक्ष र सचिब मध्य यकको र कोषाध्यक्षको अनिबार्य दस्तखतबाट सन्चालन गर्ने छ।
२०) लेखा परिक्षण:
क, सस्थाको आय-ब्यय हिसाब बिबरण साधारण सभामा पेश गर्ने।ख, साधारण सभाले तोकेको ब्यक्तिबाट लेखा परिक्षण गरिने छ।
परिच्छेद ६निर्बाचन सम्बन्धित ब्यबस्था:क, साधारण सभाले कार्यकारिणिको लागि अधिकार तोक्ने छ। निर्बाचन अधिकृतले आबश्यक परेमा तोकेको प्रक्रीया अनुसार मतदान द्वारा वा सहमति अनुसार सम्बन्धित पदाधिकारी र सदस्यहरुको निर्बाचन गर्ने छ।ख, करणबश कार्यकारिणिको आधा भन्दा बढि सदस्यहरुले यकै पटक लिखित राजिनामा द्वारा हटेमा कार्यकारिणिको बाँकि सदस्यहरुले बैठक गरि १ महिना भित्र साधारण सभा बोलाउनु पर्ने छ। साधारण सभाले बाँकि कार्यकारिणि बिगठन गरि अर्को कार्यकारिणि निर्बाचन गर्नु पर्ने छ ।
२२) उम्मेदवारीको योग्यताक,कार्यकारिणिको निर्बाचनको लागि निर्बाचन अधिकृत भै काम गर्ने ब्यक्तिले सो निर्बाचनमा उम्मेदवारी हुन पाउने छैन।ख, साधारण सदस्य तर साधारण सदस्यता लियको १ बर्ष नपुगेको ब्यक्ति कार्यकारिणि समितिको निर्बाचनमा उम्मेदवार हुन पाउने छैन तर पहिलो कार्यकारिणिको हकमा यो लागु हुने छैन।
२३) अविश्वासको प्रस्ताबसाधारण सभाको कम्तिमा २५% सदस्यले लिखित रुपमा हस्ताक्षर गरि कार्यकारिणि वा त्यसको कुनै सदस्य प्रति अविश्वासको प्रस्ताब पेश गरेमा सो पत्र प्रप्त भयको १५ दिन भित्र साधारण सभाको बैठक बोलाइ सो बैठकको सम्पुर्ण सदस्य सङ्ख्याको ५१% भन्दा बढि सदस्यले समर्थन गरेमा अविश्वासको प्रस्ताब पारित भयको मानिने छ। २५% सदस्य उपस्थित नभयमा अविश्वासको प्रस्ताब स्वत रद्व भयको मानिने छ।२४) बिधान सम्शोधनयस सस्थाको बिधान सम्सोधनको आबश्यक परेमा साधारण सभामा पेश गरी २३ दुइ तिहाइ उपस्थित बहुमतले पारित गरेमा माल्दिभ्स सर्कारको पुर्ब स्विक्रीति लिइ सम्शोधित बिधान लागु गरिने छ।२५) अन्यक, यदि कुनै पनि कारणबाट सस्था बिगठन गर्नु परेमा यस सस्थाको सम्पुर्ण चल-अचल सम्पति मल्दिभस सरकारको नियम कानुन बमोजिम हुनेछ।ख, सस्था दर्ता नभय सम्म सस्थाको बिबिध कार्यका लागि तदर्थ कार्यकारिणि समितिको गठन गरियको छ। सस्था दर्ता भै साधारण सभाले अर्को कार्यकारिणि समिति गठन नगरे सम्मको लागि बिधानमा उल्लेख भयका सबै अधिकार हस्तान्तरण (प्रत्यायोजन) गरियको छ।
२६) माथि बिधानमा जे जस्तो लेखियको भय पनि यस देश (माल्दिभ्स) को प्रचलित नियम कानुनसँग बाझिने सम्पुर्ण कुराहुरु स्वत निष्कृय हुने छन।अनुसुचि १
संस्थाको छाप र चिन्ह नेपाल र माल्दिभ्सको राष्ट्रीय झण्डा क्रस गरि बनाइने छ। आबस्यकता अनुसार झन्डाको आकार सानो ठुलो बनाउन सकिने छ।
अनुसुचि २
नियम ९ सँग सम्बन्धित)सदस्यताको लागि दरखास्त फारम
श्रीमान् अध्यक्ष ज्यू,नेपाल-माल्दिभ्स मैत्री समाजमाले माल्दिभ्सविषय:- सदस्यता पाउँ ।उपरोक्त बिषयमा म रोजगारिको शिलशिलामा यस मुलुकमा कार्यरत रहदै आयको र यस समाजको सदस्यता ग्रहण गर्ने इच्छा भयकोले “नेपाल-माल्दिभस मैत्री समाजको विधान २०६३” प्रति पुर्ण आस्था र प्रतिबद्वता जनाउदै सदस्यताको लागि अनुरोध गर्दछु।निबेदकनाम थर:स्थायी ठेगाना:हालको ठेगाना:
अनुसुचि - ३नियम ९ सँग सम्बन्धित) मिति:
सदस्यता शुल्कको रसिद
श्री ————————-बाट यस समाजको सदस्यताको प्रबेश शुल्क बापत रु —।- नबिकरण शुल्क बापत रु ——-।- सधन्यबाद प्राप्त भयो।जम्मा रकम ———-।-सदस्यता नबिकरण अबधि ——–देखि ———सम्म।
——————-कोषाध्यक्ष
POSTED BY Administrator ON 01.12.07 @ 9:30p01 0 Comments

-->
Agreement of Nepal – Maldives Society 2063
Nepal – Maldives Friendship Society
Agreement of Nepal – Maldives Society 2063
Preamble:
To promote and strengthen friendly relationship between the Nepalese and Maldivian and establish social, cultural and mutual understanding between the Nepalese.
Section 1.1
The name of this agreement shall remain Nepal – Maldives Friendship Society.The agreement shall come into action only after the registration with the government of Maldives .
2. Definition: In the agreement, unless the subject and the context relates to other meaning the definition shall remain as follows
Society here refers to all the areas that are formed under the agreement of Nepal – Maldives Friendship Society.The executives are committee formed under article (14).The authorities refer to the president, vice-president, secretary, vice-secretary and the treasurer.The members shall be the ones that are formed under the article (3), clause (9), sub-clause (a), (b) and (c) of the agreement.
3. Stamp and Symbol: As the stamp and symbol of the society, the national flags of Nepal and Maldives shall be crossed as illustrated in index1.
4. The Head Office: The Society’s central head office shall remain in Male the capital of Maldives.
5. Working Area of the Society:
The working area of this society shall be in any part of Maldives.The society shall maintain relations with all the national and international societies that have the same objectives and aim of mutual help.
Section 2
6. Objectives of the Society
The society shall help to contact the Maldives Government or the Nepalese Government if any Nepalese people are in trouble taking the troubles under consideration.The society shall organize various activities like games and sports, cultural programs and scientific educational programs in between the members to create friendly environment between them.Section 3
7. Qualifications for membership:
Any Nepalese who have come to Maldives in relation to the foreign employment or any Maldivian who have true respect from the heart towards this society can join the membership.
8. Types of Membership:
General membersHonorary membersFounders
9. Method of payment for membership
General Members: Any interested candidate may apply for the membership as per article (7), index (2) and fill the application form with minimum entry fee of Mrf 10/- and Mrf 100/- yearly fee. As per article (9), clause (a), the membership will be renewed for the coming year for those who pay the entry fee within the month of December.Honorary Members: The executive board meeting can grant honorary membership to any individual or committee in accordance to the contribution he/she has given to the society.Founders: The executive board may decide to give this membership to any individuals who have actively contributed in the foundation of the society.
10. Dismissal of the membership:
As per the agreement’s article (9), clause (a) the general membership shall be automatically dismissed if the member doesn’t pay the yearly membership fee even after one month from the due date.If any members are found involved working against the society’s agreement, the executive board may dismiss the membership immediately.If any of the members want to resign from the society, he/she can give a resignation letter and will be dismissed from the society.
Section 4
General meeting and Executive Committee:
11. Method and foundation of general meeting: All the members of this society shall remain the members of the general meeting.
12. Meeting of the general committee:
The meeting shall be held once a year,If emergency meeting shall be called, 25% of the total members must inform the president through written notice. The president must call the general meeting within 15 days from the date of the notice.All the members shall be informed 1 month in advance for the general meeting.The general meeting shall be held on the specific date, time and place as mentioned by the president.For disagreement majority of 2/3 of the total present members shall disagree.The decision made by the majority of the general members present in the meeting shall be the final decision. Normally the chairman shall not vote but in case of tie he can give the decisive vote.The president, vice-president, secretary, vice-secretary and the treasurer for the general committee and the executive committee shall remain the same.
13. Responsibility. Rights and Duty of the General meeting:
To elect executives for the smooth running of the society.To organize yearly programs to review them.To pass the yearly budget.To appoint an auditor.To give necessary suggestions and directions to the executives14. Method and formation of the executive committee:
To form the executive committee 9 members shall be nominated from the general members.Among the nine executive members two members must be ladies with one treasurer. Only the ladies can apply for the post of treasurer.The executive committee shall be valid for 2 years only.The executives shall fulfill any vacant post in the executive committee if there is any vacant post due to resignation or any reasons until the next general meeting.Any executive members except the president shall give his/her resignation through the president and the president shall pass it to the executives through the secretary. Resignation of the members other than the president shall be accepted through discussion of the president and the executives where as the resignation of the president shall be accepted through the meeting of the executive committee.
15. Executive meeting:
The secretary shall call all the executive meeting after discussing with the president.The total number of members for general and executive meeting shall be 51% compulsorily.The majority of the decision of the present members shall be the final decision of the executive committee.The meeting of the executives shall be held once a month but can be held whenever it is required depending on the situation.
16. Duty, Responsibility and Rights of the Executives:
To implement the programs and plans approved from the meeting of the general meeting.If any of the members are absent 3 times even to the prior notice of the executive committee, he/she shall be automatically dismissed from the committee and the vacant post shall be fulfilled by the general members but this rule does not apply if the member is at home on vacation.If any of the executive members fails to attend the meetings 6 times in a year he/she shall not be nominated next time.If any members of the executive committee shall go home on vacation or has to leave Maldives for more than a month, then he/she has to give written information to the secretary or president. If the secretary or president is going the secretary has to inform the president and vice-versa. But if both of them have to go then the vice-president and the vice-secretary has to take the responsibility.
17. Duty, Responsibility and Rights of the Authority:
17.1 President
a. He/she shall do the chairmanship of the executive and general meeting.
b. He/she shall give all members to achieve the objectives of the society and grant permission for programs.
c. He/she shall give his/her vote as a decisive vote in case of equal votes in any proposals.
17.2 Vice-President
a. Shall take full responsibility in absence of the president.
b. Shall help the president in the smooth running of the society.
17.3 Secretary
Shall discuss with the president and call for the general and executive meeting.Shall prepare all the agenda (program and timetable) discussed in the general and executive meeting.Shall keep the papers and documents of the society safely.Shall implement and follow the subject approved in the meeting.
17.4 Treasurer
The treasurer shall keep records and take responsibility of all the properties of the society.Shall prepare a report, pass it through the executive committee and then present it in the general meeting.Shall collect membership fee form the founders and collect fund.
17.5 Vice-Treasurer
Shall take responsibility of the secretary’s duty in absence of the secretary.Shall help the secretary in the smooth running of the society.
17.6 Members
All the members shall work actively in the society.Shall always work for the society’s development and improvement.
Section 5
18 Financial means of the society
Various fees collected from the members.Fund raised from the national and international committee.Can collect financial fund by organizing games and sports and cultural program between Nepalese and Maldivian.
19 Accounts
The funds, membership fee, cash money received from different society shall be collected together and deposited in a bank. The account shall have the signature of the president or the secretary and the treasurer shall have his signature compulsorily.
20 Auditors
The auditor shall present report of the income and expense of the society in the general meeting.The auditing shall be done by the person chosen by the general meeting.
Section 6
System of Election
The general meeting shall give the rights for the executives. Then the election officials shall elect the authority and members through understandings or if required through the process of voting.If by any chance more than the half executive members give written resignation at once the remaining members shall call for the general meeting within 1 month. The general meeting shall dismiss the remaining executives and elect a new executive committee.
22 Qualification of candidates
The election officer shall not apply as the candidate for the election.General members with less than a year membership period cannot apply for the executive committee election but this rule does not apply for the first members.
23 Proposal of Disagreement
If 25% of the members of the general meeting disagree through written signature against the executive committee or any of the executive members then a meeting shall be called within 15 days after receiving the letter. If more than 51% of the members in the meeting agree with the proposal then the proposal of disagreement shall be approved but if 25% of the members do not appear in the meeting, the proposal of disagreement shall be automatically cancelled.
24 Amendment of Agreement
If the amendment of the agreement is felt necessary then 2/3 of the majority of the members in the general meeting shall approve it, and the amended agreement shall be applied after the permission of the Maldives Government.
25 Others
If by any chance the society shall dissolve, all the properties of the society shall be as per the government of the Maldives.Until the society is registered, acting executives are formed to organize various activities and all the rules and regulations of this society shall be handled by the acting executives.
26 All the above mentioned rules and regulations (agreement) shall be automatically passive (removed) if it goes against the rules of this country ( Maldives).
Index (1)
Stamp and Symbol: The national flags of Maldives and Nepal shall be crossed with each other.
———————————————————————————————————–
Index (2)
Related with article (9)
Application form for membership
To,
The President
Nepal-Maldives Friendship Society
Male, Maldives
Sub: Application for membership.
Dear sir/madam
I would kindly like to bring into your notice that I have been working in Maldives in regards to my foreign employment and I am very much interested to join the membership of the Nepal-Maldives Friendship Society. I hereby promise you to abide by the Agreement of Nepal-Maldives Friendship Society – 2063 and apply for the membership.
Thank you very much.
Applicant
Name Surname:
Permanent Add:
Present Add:
——————————————————————————————————-
Index (3)
Related to article (9)
Date:
Membership Payment Slip
Received with thanks from Mr/Mrs/Ms. ………………………………………….. as a membership entry fee Mrf …… / and Mrf ……. / as membership renewal fee.
Total Amount: ……………………………………………………. (in words)
Membership renewal dates: ……………….to ……………….
……………….
Treasurer

Wednesday, January 10, 2007

आजको तस्बिर


माल्दिभ्सको राजधानी मालेको बनावट


माल्दिभ्समा समुन्द्र पुरेर टापुहरु यसरि नै बनाइन्छ।


नेत्र प्र शर्मा
भकुण्डे, बाग्लुङ
हाल माल्दिभ्सबाट

Wednesday, January 3, 2007

जुन तन्त्र आय पनि उस्तै छन सत्ता चलाऊनेहरु


जुन तन्त्र आय पनि उस्तै छन सत्ता चलाऊनेहरु


नेपाली जनताहरुलाइ पहिले राणाहरुको जँहानिया यकतान्त्र सत्ताबाट मुक्त हुँदा जुन सपना मनमा उठेको थियो तर त्यस बेला जुन प्रजातन्त्र आयो, सत्ताका दाबेदार बनेकाहरु किन दिन्थे र सपना पुरा हुन चकनाचुर बनाइ दिय सारा सपनाहरु। त्यस्तै पुन त्यही नाम मात्रैको भय पनि प्रजातन्त्र त थियो तर उहि राणाहरु कै नातेदार शाहहरु किन दिन्थे र जनतालाइ अगाडी बढ्न ल्याइदिय निरङ्कुश पञ्चायत जनताको सामु अनि बने उनिहरु नै देशका हाबी । यस्तै उताब चढाबको सामना गर्दै हिड्ने क्रममा धेरै ढु:खहरु त भोगेकै थियौ सारा नेपाली कर्मठहरुले त्यस्तै अति नै भयको देखेर राजा बिरेन्द्रले जुन सस्तै किसिमको भय पनि प्रजातन्त्र दियका थिय जनताको लागि तर त्यो देख्न नचाहने उनै दरबारियाहरु गरे षड्यन्त्र उनै राजालाइ र मनाय भोज भतेर अनि लिय कुर्सि सत्ता सबै।


भयो अति भन्दा अति जनताहरुलाइ अनि उतृयो जनताको सगर सडकमा आफ्नो काम माम दन्ड भेद सब त्यागेर। जब जनताले ब्युताइदिय घाटमा लगेको लाशलाइ अनि किन गर्थे र जनताको वास्था गरिरहेका छन मस्ति कहिले कुन रिसोर्टम बार्ता त कहिले कहाको भ्रमण किन लम्बाइ रहनु परिरहेको छ त त्यो सत्तालाइ किन सयौ दिन बितिसक्दा पनि अझै यौटा सम्बिधान सभाको निर्बाचनको तिथि मिति पनि तोकियको छैन त? किन सत्तामा रहेका पार्टि भित्रै चलिरहेको छ गृह युद्ध? किन राजाको बारेमा अझै अन्तिम शब्द बोल्न सकिरहेका छैनन् सत्तामा रहेका हरु? किन जनताहरुलाइ बच्चालाइ जस्तै हल्लाइ रहेका छन त यि नेताहरु र यो सरकार ले अझै? सबैले सोच्नुपर्ने भैरहेको छ।


हिजो नेपालका लोक गायकहरु मार्ने, राम्रा युबतिहरु देख्नै नहुने,आपसि रिसिबिले गर्दा कुनै ठाउलाइ योजनाबाट बन्चित गर्ने जस्ता ब्यक्तिहरु समेत सत्ताका दाबेदार सम्झिरहेका छन अझै किन? जन्ति बसलाइ हान्दा किन उनै जन्तिहरु लाइ नै जेलमा लगियो तर किन लगियन दोषिलाइ पक्कै सरकार र दरबारको अझै साठ-गाठ हुनु पर्छ। यात केहि रकम जम्मा गर्ने सोचमा छन यि देशको बिकाश गर्छौ भन्ने नेताहरु। किन माओबादि पनि आफ्नो सात दल सङ्ग्को सहमति मानिरहेको छैन अनि किन सरकार पनि सम्बिधान सभाको मिति तय तथा अन्तरिम सरकार गठनमा लागिरहेको छैन। यो सारा नेपालि जनताको लागि पाठ बनेको छ।

Monday, January 1, 2007

http://nabanetra.blogspot.com

नया बर्ष


यी तस्बिरहरु माल्दिभ्सको रीथि राह रिसोर्टमा नया बर्ष 2007को उपलक्ष्यमा स्टाफ तथा गेष्टहरुको लागि गरियको भोज तथा पड्काइयका पटकाहरुका हुन।




यी तस्बिरहरु माल्दिभ्सको रीथि राह रिसोर्टमा नया बर्ष 2007को उपलक्ष्यमा स्टाफ तथा गेष्टहरुको लागि गरियको भोज तथा पड्काइयका पटकाहरुका हुन।






यी तस्बिरहरु माल्दिभ्सको रीथि राह रिसोर्टमा नया बर्ष 2007को उपलक्ष्यमा स्टाफ तथा गेष्टहरुको लागि गरियको भोज तथा पड्काइयका पटकाहरुका हुन।


नेत्र प्रसाद शर्मा
भकुन्डे-६ बाग्लुङ
हाल माल्दिभ्सबाट