Tuesday, February 26, 2008

आजको मान्‍छे

ऊपदेश दियो - मुन्‍टो बटार्छ

आश्रय दियो - टाउकोमा टेक्‍छ

प्रेम गर्यो - धोका दिन्‍छ

बिश्‍वाश गर्यो - घात गर्छ

आफन्‍त सम्‍झ्‍यो- पराइ ठान्‍छ

अमृत दियो -- बिष ठान्‍छ

सम्‍मान दियो - घमण्ड गर्छ

देबता मान्‍यो - दानब बन्‍छ

इज्‍जत दियो- बेइज्‍जत गर्छ


नेत्र प्रसाद शर्मा
भकुन्डे-६, बाग्लुङ
हाल माल्दिभ्स
हेल्लो:
००९६०-७६८७५८४

Friday, February 22, 2008

माल्दिभ्स

पर्यटनको मुख्य खानी देख्दा सानी सानी
साना साना टापु मात्रै वरिपरी पानी।।

हराबरा टापुहरु आकर्षणका खानी
गेष्टहरु बस्छन यहाँ स्वर्ग जस्तै ठानी।।

यातायातका साधन पनि हुन्छन थरिथरी
इयर टेक्सी, डोनी, वोट चल्छन वरीपरी।।

संसारका सबै ठाउका मान्छे यहाँ आउछन
यहाँ बस्दा सबै जना छुट्टै संसार पाउछन।।

कैयौ जना यहाँ आइ प्रेम जोडी रोज्छन
कतिले त यही आइ बिहेबारी गर्छन।।

हनिमुनर जोडीहरु झनै रम्ने यहाँ
न त धेरै गर्मी हुन्छ न त जाडो जहाँ।।

टापुहरु पानीबाट छैन त्यती माथी
जमिनको उचाइ जम्मा २-३ मिटर जती।।
नेत्र प्रसाद शर्मा
भकुन्डे-६, बाग्लुङ
हाल माल्दिभ्स
हेल्लो: ००९६०-७६८७५८४

Friday, February 15, 2008

फूलको थुङ्गा

फुलबरी भित्र फूलको थुङ्गा ओइलेर झरेछ,
देख्न नै नपाई त्यो थुङ्गा पनि सडेरै गयछ।।

त्यो थुङ्गा माथि भमराहरु रिग्दै थिय छन त,
सकिन मैले भमराहरु कती थिय गन्न त ।।

छन त थियन रसको थोपा पराग मात्रै हो,
तै पनि पराग सेचन गर्न भमरा चाहिने भो।।

भमरा पनि गतिलो भय रस खोज्न जाने थियो,
बिचरा जान सकेन टाढा त्यसैमा कसियो।।

जे भय पनि भमरा चाँही चाहियकै थियो रे,
खुशी को कुरा अब त भने सेचन हुने भो।।
मल्दिभ्समा नेपाली कामदारहरुको प्रवेश, अवस्था, रोजगारीको अवसर, समस्या र चुनौतीहरु:



प्राप्त जानकारी अनुसार माल्दिभ्समा नेपालीहरुको प्रवेश सन १९९२ तिरबाट सुरु भएको र पछी गयर सन २००० तिरबाट यो क्रममा बृद्धि हुँदै गएको पाईन्छ । अहिले नेपालीहरु भित्रिने क्रम चरम-चुलिमा पुगेर अनुमानित करिब ४-५ हजार नेपाली माल्दिभ्समा विभिन्न पेशामा कार्यरत रहेको पाइन्छ । यहाँ रोजगारीको अवसर सबैलाई समान रुपमा उपलब्ध भएकाले नेपालीहरु स-साना काम देखी लियर ठूला काममा कार्यरत भयको पाईन्छ । केही अनुभब बटुलेका तथा राम्रो शिक्षा हुनेहरु होटेल तथा रिसोर्टहरुमा अफिस सेक्रेटरी, सेक्यूरिटी पेशामा संलग्न छन भने अलिक बढी दक्षता हुनेहरु डाक्टर, इञ्जिनियर, मेनेजर जस्ता पेशामा रहेका छन भने मस्ट अफ द लेडिजहरु हाउस-मेड र कही कतै रेस्टुरेन्ट परिचालिका र फिश प्रोडुक्सन कम्पनीहरुमा हेल्परको रुपमा रहेको पाईन्छ। यहाँ समस्या र चुनौतीको कुरा गर्दा नेपालीहरुले आफ्‍नो दक्षता र सीपलाई सही सदुपयोग र क्षेत्रमा उपयोग गर्न सकिरहेका छैनन त्यसैले गर्दा आफ्नो कामलाई उचित मूल्यमा बेच्न सकेका छैनन । मुख्य रुपमा शिक्षाको कमिले गर्दा भाषामा दक्ष नहुनु र आफूले जानेको दक्षता र सीप यहाँको श्रम बजारमा निश्चित मापदण्डमा नपुग्नु नै मुख्य समस्या रहेको छ । । यसरी हेर्दा यहाँ रहेका नेपालीहरुलाई भाषा, ज्ञानसम्बन्धी कार्य क्षेत्रको न्यूनतम आधार नहुनु जस्ता चुनौतीहरु देखिन्छन भने दलालबाट झुटा आश्र्वासन दिने र तिनै आश्र्वासनको भरमा नेपाली युवा युवतिहरु हामफल्ने क्रम जारी रहनु हो। भारतको केरलामा हेर्दा त्यहा ३-४ वटा गेस्ट हाउसहरु नेपाली युवा युवतिहरु जो माल्दिभ्सको कुनै राम्रो कम्पनिमा गयर मनग्य धन कमाउने सपना मनमा बोकेर बसिरहेको पाईन्छ ।

हाल माल्दिभ्समा सामाजिक सस्थाको रुपमा यक नेपाल- माल्दिभ्स मैत्री समाज को स्थापना भयको छ। जुन सस्थाले अरु नभयपनी प्रत्यक नेपाली नयाँ बर्ष तथा बिजया दशमीमा पिकनिक कार्यक्रमको आयोजना गर्ने गरेको छ जसले गर्दा केही मात्रामा भय पनि नेपाली दाजु-भाइ तथा दिदि-बहिनिहरुको जमघट तथा परिचय हुने हुन्छ। यसका साथै यहाँ कामगर्ने क्रममा ज्यान गुमाउन पुगेका २ जना नेपालीहरुको परिवारको सहयोगार्थ पैसा सन्कलन गरी घर सम्म पुर्याउने काम गरेको छ। यि त भय यस समाजका साकारात्मक पक्ष भने अर्को तिर बाहिरबाट हेर्दा यहाँको यो सस्था अगाडि बड्नमा केही बाधा अड्चल हरु भयको देखिन्छ जसमा समाजका पदाधिकारीहरुमा आपसी मुटभेद हुनु र आपसी अहमबधी र संकोचको भाबना हुनु हो। त्यसैले यदी यो सस्थाले भोली भबिष्यमा केही गर्नु छ भन्ने धारणा राख्ने हो भने हामी सबै आज भौतिक रुपमा नेपाल बाहिर रहे पनि हाम्रो पूर्ण आत्मा र मन सदैव नेपालमा नै छ र रहने छ भन्ने सोच बनायर जो जहाँ जसरी जस्तो काम गरे पनि हामी नेपाली हौ र सबैको मर्का हाम्रो मर्का हो भन्ने सोच बनाएर कार्य गर्नु पर्ने हुन्छ। यदी त्यसो हुन सके मात्र यो सस्था हामी सबै नेपालीको साझा सस्था बन्न सक्छ।