Thursday, December 18, 2008

अनुरित्त प्रश्न

उनलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहा देखे राम्री लाग्यो ,हाासे ,औपचारिकता निभाए मैले । राजेशको कोठामा गए ,गफ गरे ,तर जति गफ गरे ,आफैले विर्से ,उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो, उसको अफिसबाट घर तिर लागे ,मन नलागीकन ,उनको लिएर ।रातभर नै अनिदो भएर सोचे मलाई यो के भयो ,किन उ प्रति यस्तो सोच । केहि होइन भनेर आफैलाई सम्झाए । तर मन मानेन किन किन उ प्रति त्यसै आत्मीयता बढयो, अपरिचितमा । मनहरु त्यसै खुशी भए । के गरुा कसो गरु को अवस्थामा थिए म ,एक कप चिया बनाए , भ्fmयाल् निर बसेर बाहिर हेर्दै चिया पिउदैरहेको थिए । एक्कासी कोहि मेरो घर तिर आए जस्तो लाग्यो , विस्तारै विस्तारै । चिन्न सकिन मैले अलि नजिक आएपछि थाहा पाए त्यो राजेशको अफिसमा देखेको केटी नै रहिछ । कहाा जान लागेकी रहिछ भनेर हेरे मैले । उनी म वस्ने घर तिर नै लम्कीरहेकी थिइन । म अलमल्ल परे कतै मेरो घरमा त आउन लागेकी हो कि भनेर तर होइन रहेछ । उसको साथी मेरो घरको बगलमा बस्ने रहिछ । सायद उसलाई भेटन आएकी होला । म ढुक्क भए । त्यस दिन उ कति बेला त्यो कोठाबाट निस्कन्छे भनेर झयालमानै कुरेर बसे म । उनी लामौ मौनता पछि उनी साथीसाग फर्केर आइन ,मेरो घर तिर हेर्दै गइन् । मलाई देखि सायद उसले थाहा पाएको हुनपर्छ म त्यो घरमा वस्छु भनेर ।म त्यसै के के सोच्न थाले । बलुकीपख म तरकारी किन्न बजार गए । जादै गर्दा उनलाई पनि देखे ,सायद साथीसाग आएकी होला । बोल्न मन लाग्यो तर बोलिन । उसले हाासेर बोल्न संकेत गरिन । तर खासै बोलचाल भएन तर उनको साथी मसाग दाई के छ खबर भनेर बोल्न थालिन । ठिकै छ भनेर उत्तर दिए । एककिसिमको चिसो भयो मन । उनलाई देखेर मन हाास्यो । उसले साथीलाई जाने हैन भनेर संकेत गरिन ,म भने उ नगए हुन्थ्यो भने सोच्दथे । तर उनी हामी गयौ है भनेर गइन । मैले अवाक् हेररिहे उनको पदचाप । उसले केहि वहानामा नजर म तिर गरी ।उसले मलाई देखि ,हाासी । म मनमनै गद्गद भए ।अब के बहानामा राजेशको अफिसमा जाने भनेर सोच्न थाले । राजेशलाई म पनि तेरो अफिसमा जागीर खान्ा पर्‍यो भन्न गए । उसले अचम्म्ा मानेर म प्रति हेर्‍यो ,मैले मौन रुपमा हो भने ,सधै कति जागीर नखाने है राजेश तेरो अफिसमा म पनि जागीर खान्छु है ?उसले केहि भन्न सकेन ,मौन भयो ।उसले सोध्यो किन के कारण हो जागीर खाने भन न ?मैले भने यतिकै वस्दा दिक्क लाग्यो त्यसैले । राजेशले केहि सोचेको थिएन तर मेरो योजना उनी थिइन ,लक्ष्य बनिन उनी ,प्राप्ती का लागी ।राजेशले मेरो करा काटन् सकेन र मलाई आफनो अफिसमा एकाउन्ट हेर्न राख्यो । त्यसै वहानामा अफिसमा एउटा पार्टी पनि भयो ,म भने उनको आगमनको पर्खाइमा थिए । उनी धेरै अबेर आइ निलो कुर्ता सलवारको पहिरहनमा ,धेरै राम्री देखिएकी थिइन उनी ।उनको साथीलाई मैले छेडेर कस्ती राम्री तिम्री साथी भनेर जिस्काए ,नजिकै थिइन उनी ,लजाइन । गाजली ती आाखाहरु म्ाानौ मलाई हेर्न नै व्यस्त थिए , म पनि तिनका नयनहरुमा भिज्न व्यस्त थिए ।आज तिम्रो परिचय एकजना साग गराउनु छ भनेर राजेशले लग्यो । मैले सोधे को हो भन न ?उसले हेर्न भेटे पछि आफै थाहा पाउछास । उ मनमनै सोच्दै थियो कतै उही त होइन । के भनेर चिनाउने भयो अब यसले भनेर डरायो । उनीहरु तिनको नजिक गए ,भन्यो आभा उ मेरो साथी म अक्मक्क परे मलाई किन चिनाएको हो खै । आभा अब देखि उ पनि हाम्रो अफिसको एकाउन्टेन्ट केहि परे उसाग सहायता लिए है । म के गर्ने के नगर्ने मा परे । मैले पनि औपेचारिकता निभाउन बोले केहि शब्दहरु ।राजेशले केहि थाहा पाए जस्तो मेरो मनको विचार र उसले हामीलाई बोल्ने वातावरण बनाएर गयो ।म के बोल्ने भनेर सोच्न थाले , तर उनी अघि भएपछि मैले मेरो मनको धेरै भावनाहरु उनी सामु पोखे ,उनले पनि कति विचाहरुमा सहमती जनाइन ,ज्यादै शिष्ट थिइन ,म मनमनै धेरै हषर्ीत थिए । एक्कासी राजेश आयो म तिर भन्यो बियर नलिएका े? मैले अह Û भने । म लिन्न , सायद आभाले थाहा पाई । म उसाग उसको परिवारको बारेमा सोध्न्ा थाले वातावरण सहज बनाउनका लागी , नजिक रहनका लागी ,अपनत्वका लागी । हामी धेरै बेर बातचीत गरिरहयौ यसै बीच राजेश आयो मलाई व्यंग्य हान्न थाल्यो र भन्यो ,थाहा छ आभा जी हाम्रो साथीलाई पनि मन मिल्ने साथी खोजीदिनहोस् न आफु जस्तै राम्री । उनी अक्क न बक्क परि के भन्ने के नभन्ने । मैले हे राजेश के भनेको तिमीले ,होइन आभा जी त्यस्तो केहि होइन भन्न थाल्यो । आखीर पोल खोल्यो राजेशले भनेर उ मनमनै भन्न थाल्यो । आभाले पनि सायद सहमती जनाएकी होला त्यसैले उ मख्ख परिरही ,राजेशको कुरा सनेर । त्यस रात पार्टी पछि म घर फर्के र उनी पनि ।पर्सीपल्ट अफिसमा गए ,उनी आएको थिइन ,मन लागेन अफिसमा बस्न ,छटपटि भयो उनलाई हेर्न मन लाग्यो ।ढिलो आइन उनी अफिस ,मैले जिस्काएर यस्तो ढिलो अफिस आउन पाइएन नि भनेर भने ।उनी झस्कीन ,पछाडि म थिए उनले थाहा पाइनन् विस्तारै पछाडि हटिन् म निर ठोकिइन् ,झंसग भइन । आखाा हेर्न पनि सकिनन् उनले ,मैले सोधे यस्तो माया लाग्छ मेरो ,उनी लाजले भागीन् । केहि बोलिन म अफिसबाट उठेर हिडे ,रमाए । राजेश मलाई अफिसमा खोज्दै रहेछ त्यस दिन ।भोलिपल्ट सर हिजो कहाा भागेको भनेर जिस्कीयो ,मैल्ेा होइन अलि सञ्चो भएन भने ,उसले केहि बोलेन । दिनभर काम गरे ,साझा अफिसबाट हिडन् लागेको थिए आभाले सर म पनि जान्ो नि भनि , मैले ल आउ न त भने ।हामी बाटोमा गफ गर्दै गयौ ।थाहा नै भएन कति चाडो प्रेम गरिएछ भनेर ।घर आयो ,विछोडको समय आयो ,मन नरमाइलो लाग्यो ,उनले सर म गए ल भनी ,मैले केहि बोल्न सकिन ,निश्ब्द हेरे उनलाई । तरकारी किन्न जाने निधो गरे र जान मात्र लागेको थिए ,उनी मेरो कोठामा आइन ,ल कहाा जान लागेको तपााइ म तपााईलाई भेटन् आएको भन्दै आई । म ए आउ न त भने ,हामी बस्यौ गफ गर्न लाग्यौ ।समय वितेको थाहा भएन ,रात परेछ ,म उसको घर सम्म छोडन गए ,भोली भेटने वाचाका साथ ।भ्ाोलीपल्ट उनी अफिस आइनन् ,मन नरमाइलो लाग्यो । काम गरेपछि उनको घर तिर गए सरासर ,उनी एक्लै बसीरहेकी थिइन् । म उनको ढोकामा जाादा उनी छक्क परि । सर याहा ?तिमी अफिस आइनौ किन रहेछ भनेर हेर्न आएको के भयो ?होइन केहि होइन ?मन लागेन अनि त्यसैले भनी उनी उठिन ,सर बस्नुहोस् न ठिकै छ भनेर उ उठयो । केहि भए मलाई भन न त भनेर मैले भने ,खास केहि छैन भन्दै उनी म नजिक आई र भनी मलाई विहा गर्नुहोस् न । म स्तब्ध भए , म खबर गर्छुनी भनेर उ उठयो त्याहाबाट र गयो ,जाने बेलामा उनले हात समाएर मलाई एक्लो नबनाउनु है भनि रोएर । मौनता छायो त्यसबेला ,तर उसले चाहेको जस्तो भयो त्यसबेला । उ मख्ख भयो । भोलिपल्ट अफिस गएर काम गर्दा प्रशन्न थियो ,राजेशले किन यस्तो हर्ष नि भन्यो ,उसले मैले विहा गर्न लागे भनेर आभाले सुन्ने गरि भन्यो । हो र को हो त्यो भाग्यमानी ह ?उसले उत्तर मा भन्यो छे एउटी परी मेरो सपनाको ,जीवनको । राजेशले ल पार्टी कसले दिने भन्न थाल्यो ,मैले पार्टी नदिइ भएन ,अफिसमा पार्टी दिए र सबैको अघि मैले आभालाई विहा गर्ने प्रस्ताव राखे ,उनी छक्क परिन् र सहमत भइन । हामी सबै प्रशन्न्ा थियौ ।त्यस पार्टी पछि केहि दिन राजेश अफिस आएन ,किन रहेछ भनेर म उसको कोठामा गए । उ थिएन ,कहाा गएछ भनेर खोजे । रात भरी नै कोठामा आएन ,डर लाग्यो कहाा गयो भनेर । रात भर उसको कोठामा नै बसे । भोलीपल्ट अफिसमा आयो राजेश । हिजो काहा गएको त भनेर सोधे ? ए एक्लो भए भनेर हिडेको ।कस्तो नमज्ज्ाा लाग्यो म थिए नि किन एक्लो भइस् ?त अब विहा गर्ने मान्छे साग के हिडने भनेर नि ।उसले केहि कुरा लुकाएको थियो भन्ने लाग्यो मलाई । मैले सोधे उसले भनेन । मलाई शंका लाग्यो के आभा उसको प्रेमिका त होइन ?उसले राजेशलाई भन्यो त पनि विहा गर न है ?राजेशले को साग ? भन्यो । मैले आभासाग भने । उ झसाग भयो कहाा म विहा गर्ने तैले मनपराएको केटि ।मैले तेरो निम्ति यति गर्न सक्दिन न त ,तैलेे मेरो लागी यति गरिस् मलाई पनि केहि गर्न दे न अब है?मनभरी पीडा बोकेर मैले राजेशलाई आभाको जिम्म्ाा लाए । आभा छक्क परिन र भनिन यो के गरेको तिमीले ? प्रश्न अनुरित्त नै रहयो ,मौनता छायो ।

~ ऋचा शर्मा 'अभिब्यञ्जना'

Wednesday, December 17, 2008

जिवन र सङ्घर्ष

नसोच जिवन ब्यर्थ छ भनेर,
त्यो त प्रकृतिको प्रसाद हो ।।
नगर तुलना दुख अनि धोखासङ्ग मात्रै,
त्यो त केबल बर्षात हो ।।
बर्षात बन्छ कालो बादलको गोधबाट तर,
बर्षात पछि आकास अबस्य खुल्छ।।
सत्कर्ममा बिस्वास राख्दै अघी जो बढ्न सक्छ,
त्यसले त्यो कालो इतिहास अबस्य भुल्छ ।।
नसोच म जन्मेको केबल आफ्नो लागि मात्रै भनेर,
तिमिसङ्ग अर्को पाटो पनि त गासियको छ ।।
के भो त तिम्रा केहि खुसीहरु लुटिय पनि,
रित्तियको त छैन नि कहि कतै साचियको छ ।।
नडुलाउ मन अतितलाइ सम्झेर,
त्यो त बितेर गैसक्यो ।।
सोच्नु छ भबिस्य अनि रमाउनु छ बर्तमानमा,
सङ्हर्ष त हाम्रो नियति नै भैसक्यो।।
~ टिकाराम रेग्मि "सङ्घर्ष सहयात्री"
जुम्ला सिन्जा
हाल माल्दिभ्सबाट

तिम्रो जन्म

हिजो राती सपनिमा
तिम्रो जन्म
भाको मैले देख्दै थिय ।।
त्यहि बेला
मैले दुइटा
शब्दहरु लेख्दै थिय ।।

त्यो बेलामा कैयौ मान्छे
तिमिलाइ नै भेट्दै थिय
सबै जना तिमिलाइ नै
शुभ कामना बाड्दै थिय ।।
तिम्रो जन्म भाको सुनि
इश्वर पनि खुशि थिय
तिमिलाइ नै हेर्न भनि
टुप्लुक त्यहि आइ पुगे।।

जन्म भय यो धर्तिमा
अभिभाबकले हुर्काइ दिन्थे
भबिश्यलाइ कता मोड्ने
त्यो त आफ्नै हातमा छ रे।।
आउछन सबलाइ अबसरहरु
नमरेर बाच्न सके
दुइ दिनको जिन्दगिमा
हरेश कहिल्यै नखानु रे?

मेरो मृत्यु

आज राती सपानामा
मेरो जीवनको
मृत्यु भएको
म देख्दै छु ।
न कात्रो छ
लाश छोप्न
न कोहि छ वरिपरी
कस्तो वेवारिसे मृत्यु
लाग्यो यो एउटा
अभाबको मृत्यु हों
की मेरो शरिरको ।
म आफनो मृत्यु
आफै महसुस गदैछु
कस्तो विडम्बना
आफनो जीवनको
मृत्यु महसुस गर्नु ।
म बांच्दा सम्म
सबै संगै थिए
खुशीका पलपलमा
तर
पीडामा मेरो मृत्युको
रुने पनि कोहि रहेनछ ।
त्यसैले मेरो मृत्यु
मेरो सपनामा
वेवारिसे बनेको
अभावयुक्त बनेको छ ।