Thursday, January 22, 2009

आजको तस्बीर



समुन्द्रमा दौडीरहेको स्पीड बोट







माल्दिभ्सको फन आइल्याण्ड रिसोर्टको जेटी निर्माण गर्दै








ओल्हुभेली रिसॉर्टको जेटीमाँ पार्किंग गरियको डोनी




समुनद्रिक किनारमा सी प्लेन

Saturday, January 17, 2009

नेपाल माल्दिभ्स मैत्री समाज द्वारा समाजका सल्लाहकार श्री भनुभक्त निरौलाको बिदाइ


माल्दिभ्स/16-01-2009/ नेपाल-माल्दिभ्स मैत्री समाजद्वारा समाजका सल्लाहकार श्री भनुभक्त निरौलाको बिदाइमा यक बिशेष कार्यक्रमको आयोजना गरी उहाले समाज प्रती गरेको कामको प्रशंसा गर्दै बिदाइको चिनो प्रदान गर्नुका साथै उहाको उत्तरोत्तर प्रगतिको कामना गरियको थियो।

कार्यक्रमको अध्यक्षता समाजका उपाध्यक्ष श्री बि के अधिकारिको अध्यक्षतामा भयको थियो भने सन्चालन समाजका सचिब श्री रघु भट्टराईले गर्नु भयको थियो।

कार्यक्रममा उपाध्यक्षले सल्लाहकार निरौलाले देखायको बाटोलाई मार्ग निर्देसन गर्दै आफुहरुले समाजलाइ सदा यहाँ रहेका नेपालीहरुको पक्षमा डोहोर्याउने प्रतिबद्दता प्रकट गर्नु भयको थियो। साथै उहाले सम्पूर्ण समाजका पदाधिकारीहरुलाई सदा यक आपसमा भयका कटुक्ष्यताहरुलाई टाढै फ्याकेर स्वच्छ र सफा, पवित्र मनले अगाडि बढन निर्देशन दिनुभयको थियो। भने समाजका सचिब श्री भट्टराईले आफुहरुले एउटा आफ्ना अभिभाबकको रुपमा रही आउनु भयका श्री निरौलालाई बिदाइ गर्नु पर्दा आफुहरुलाई अफ्ठ्यारो लागेको बताउनु भयो।

कार्यक्रममा सल्लाहकार निरौलाले समाजलाइ सहयोग स्वरुप १०० अमेरिकन डलप्रदान गर्नु भयको थियो । यहाँ कार्यरत सम्पूर्ण नेपालीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नु हयाको थियो, उहाले समाज र यहाँ रहेका नेपालीबाट बिदाइ गरेर जानुपर्दा आफुलाई अफ्ठ्यारो महसुस भयको बताउनु भयको थियो ।

नेत्र प्रसाद शर्मा
माल्दिभ्स

Tuesday, January 13, 2009

समबेदना

आफ्नो जिबनको अमूल्य समयलाई सूचना र संचार जस्तो देश र जनताको अत्याबश्यक र महत्वपूर्ण क्षेत्रमा खर्चिराहेकी पत्रकार तथा संचारकर्मी उमा सिह माथी यक अज्ञात आततायी समुहले आक्रमण गरी उहाको हत्या गरेको समचाराले हामी अत्यान्तई दुखित बनेका छू, साथै यो शोकको घडिमा उहाको मृत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार प्रति श्री पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति दिउन भन्दै समबेदना ब्यक्त गर्दछु! साथै यो जगन्य हत्याको घोरबिरोध र यथासिग्र अपराधीहरुको पत्ता लगाई सरकारले
कडाभन्दा-कडा कार्बाहिको माग गर्दछु।

आक्रमणमा घाइते पत्रकारको मृत्यु, विरोधमा आन्दोलन घोषणा
अज्ञात समूहको आक्रमणबाट घाइते भएकी धनुषाकी पत्रकार उमा सिंहको आइतबार राति मुत्यु भएको छ । सिंहलाई आइतबार १५-१६ जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थियो ।स्थानीय 'रेडियो टुडे' मा कार्यरत पत्रकार सिंहको उपचारका लागि राजधानी लैजाँदै गर्दा आइतबार राति करिब १२ बजे बर्दिबासमा मृत्यु भएको हो ।सिंहलाई सो समूहले उनको निवासमा गएर आक्रमण गरेको थिए ।यसैबीच पत्रकार महासंघ धनुषा शाखाले आन्दोलनको घोषणा गरेको छ । हत्याको विरोधमा बिहान बसेको शाखाको बैठकले शवसहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, त्यहाँबाट प्रसारण र प्रकाशित हुने रेडियो, पत्रपत्रिकामा उमा सिंहको समाचारबाहेक अरु बहिष्कार गर्ने निर्णय गरेको छ । शाखाले संचारकर्मीको सुरक्षा दिन नसकेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र संचारमन्त्रीको राजिनामासमेत माग गरेको छ ।हत्याको विरोधमा सिंहको शवलाई नगरपरिक्रमा गराउँदै जनकपुरमा जुलुस निकालिएको छ । सिंहको शवसहित पत्रकार र नागरिक समाजका सदस्यहरू जिल्ला प्रशासन कार्यालयअडाडि धर्नामा बसेका छन् । पारिवारिक स्रोतका अनुसार सिंहको अन्त्येष्टि आजै गरिने कार्यक्रम रहेको छ ।राजधानीबाट महासंघका सभापतिको नेतृत्वमा केन्द्रीय पदाधिकारीहरूको एक टोली पत्रकार सिंहको अन्त्येष्टिमा भाग लिन एवम् घटनाबारे बुझ्न आज मध्याह्ण जनकपुर प्रस्थान गरेको छ ।यसैबीच पत्रकार हत्याको विरोधमा कैलालीमा पत्रकारहरुले सोमबार बिहान प्रदर्शन गरेका छन् ।कान्तिपुरकर्मीलाई ज्यानको धम्कीसोमबार रातिनै अज्ञात समूहले कान्तिपुरकी धनुषा संवाददाता मनिका झालाई ज्यानमार्ने धम्की दिएको छ ।मध्यरातमा उनको जनकपुर नगरपालिका-४ स्थित निवास पुगेको तीनचारजनाको समूहले झालाई यस्तो धम्की दिएको हो ।सुतिरहेको बेला पुगेको सो समूहले उनको झ्यालसमेत फुटाइदिएको थियो । ढोकामा माटोले क्रस्‌चिन्ह बनाएर उनीहरू अब तेरो पालो भनेर भागेका थिए ।झालाई पनि पत्रकार सिंहमाथि सांघातिक आक्रमण गर्ने समूहले धम्क्याएको आशंका गरिएको छ ।राति नै नेत्र झाले प्रहरी र आफन्तलाई खबर गरेकी थिइन् । त्यसपछि पुगेको प्रहरी टोलीले रातभर उनको घरबाहिर सुरक्षा दिएको थियो । धनुषा प्रहरीले धम्की दिनेको खोजी भइरहेको जनाएको छ । (स्रोत: इकान्तिपुर डट कम)

Monday, January 5, 2009

प्रदेशिको पत्र

श्री पुज्यनीय आमा नेपाल,
लोकतान्त्रीक् साष्टाङ्ग दन्डबत्
केहि दिन आगाडि मैले मिडिया मार्फत थाहा पाय अनुसार बिजुली बाहादुर अहिले साह्रै नै सिकिस्त बिरामी परेर दिनमा बल्ल बल्ल लौरो टेकेर ८-१० घन्टामात्र अडिन सक्ने भाको सुन्दा मलाइ साह्रै नै चिन्ता लागिरहेको छ। के गर्ने अहिले सम्म त्यस्तो अनुभबि डाक्टर देशमा नभयकोले हुनसक्छ बिमार अझै बढ्न सक्ने देखियको छ।
ठिकै छ छडिदिउ बिजुली बहादुरको बिमार जे सुकै हुन्थ्यो सन्चार प्रसादको खबर पनि उस्तैछ। उ पनि पागल नै भयर भौतारियको छ रे जति नै भेट्ने प्रयास गरे पनि सकिदैन रे? र भेटिहाले पनि फेरि भेट्ने सल्लाह दियर भागिहल्छ रे। यी दुबै जनाले उपचारको लागि राम्रो डाक्टरको पर्खाइमा आ-आफ्नो रोग पालेर बसिरहेका छन रे अझै।
तिम्रो यक मुख्य पहिचान बनेका पशुपति जिको पनि वास्ता गर्न छाडिसकियको छ रे आज भोलि त, सच्चिकै भन्दा तिम्रो अङ्ग रक्षकको भुमिका खेलिरहेका पशुपतिजिलाइ नै तिम्रो सुरक्षार्थ नराखि कतै उनिहरुले आफ्नो सुरक्षा मा प्रयोग गर्न खोजेका त होइनन? कित नेपाल नामलाइ बिस्वमा कसैले नसुनोस भन्ने हेतुले यहका पहिचान गराउने तत्व वा स्थानको अन्यत्रै स्थानान्तर गर्न खोजियको हो? यदि यस्तै सोचमा पुगियको हो भने सगरमाथा लाइ पनि कुनै देशलाइ हस्तान्तरण गर्दा हुन्छ।किनकि बिस्वमा हिन्डु रज्यको रुपमा चिनिने देश को उपमा हाराइसकेको छ, यसै गरि पशुपतिनाथलाइ पनि हिन्दुस्थान (भारत) मा स्थानान्तरण गरे कुनै पुजारि को झगडा पनि नहुने अनि त्यहा कुनै लिग वा दस्ता वा बृगेड राख्न सकिन्छ।
नेत्र प्रसाद चापागाई
बाग्लुंग नेपाल

Friday, January 2, 2009

शुभ-कामना

सर्बप्रथम त म इस्बी सम्बात २००९ शुरुवातमा, नबबर्ष २००९ मा देशमा जनता र देशले सोचे भन्दा बढी सुबिधा र बिकास को महसूस होस । देशको ढुकुटी बिना कारण कतै नचुहियोस र देश र जनताका चाहनाहरु त्यसइ नकुहिउन। सम्पूर्ण राष्ट्र सेवामा लागेका कर्मचारी, सुरक्षा निकाय, शिक्षक, पेशा कर्मी, पत्रकार, उधोगी,मजदुर, विद्यार्थी, किसान, दलित, उत्पीडित, आदिबासी तथा जुनसुकै निती, धर्म, पार्टीमा आस्था राख्नेहरुले स्वतन्त्र जिउने र आफ्नो काम गर्ने बातावरण बाताबरण पाऊंन सकून; सबैको घर घरमा हर्श, मेलमिलाप होस भन्ने कामना गर्दछु।
हामी जस्ता झन्डै पौने ३ करोड जनताको मनमा जुन चाहना जुर्मुरायर आयको थियो र त्यो सारा अझै दिवा स्वप्न नै भैरहेका छन आशा तथा कामना गरउ की यो बर्ष हाम्रा प्रत्येक चाहना पूरा गर्नमा सफल होस।
नेत्र चापागाँइ माल्दिभ्स