Saturday, November 19, 2011

प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपाल-माल्दिभ्स मैत्री समाज
माले माल्दिभ्स
सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यु;
प्रथमत अहिले देश संक्रमण कालमा गुज्रिरहेको अबस्थामा हजुर जस्तो झन्डै पौने ३ करोड नेपालीले आशा गरेको व्यक्ति देशको प्रधानमन्त्री नियुक्त हुनुभयकोमा यहाको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछु मेरो व्यक्तिगत तर्फबाट र नेपाल-माल्दिभ्स मैत्रि समाज तथा सम्पूर्ण
माल्दिभ्समा कार्यरत नेपाली दिदि-बहिनि तथा दाजु-भाइको तर्फबाट।
१७औ सार्क सम्मेलनमा भाग लिनको लागि नेपाल सरकारको तर्फबाट हजुरको माल्दिभ्स आगमन हुदै गरेको कुरा केहि समय पहिले थाहा भय पनि हामीले भेटघाट गरि यहा नेपालीले भोग्नु परेका समस्या र सुझाब आदान-प्रदान गर्ने कुनै औपचारिक कार्यक्रम तय हुन नसके पनि यो ज्ञापन पत्र मार्फत केहि कुरा जानकारी गराउन चाहन्छौ।
१, नेपालीहरु बैदेशिक रोजगारीको लागि माल्दिभ्स प्रवेश गरेको झन्डै २१-२२ बर्ष भैसकेको छ तर अहिले सम्म नेपाल सरकार र माल्दिभ्स सरकार बीच कुनै श्रम सम्झौता भयको हामीलाई जानकारी छैन। तर बर्षेनी नेपालीहरु माल्दिभ्स भित्रिने क्रम बढ्दो छ र समस्याहरु पनि बढिरहेका छन्। यसरि परि आउने समस्याहरुको बारेमा हाल आयर नेपाल माल्दिभ्स मैत्री समाजले (स्था.२०६२ आश्विन २८) नेपाली दुताबास कोलोम्बोसंग सहकार्य गर्ने गरेको अबगत गराउदछौ। यो सस्थाले हालसम्म यहा मृत्यु भयका नेपालीको परिवारलाई आर्थिक सहयोग संकलन गरि पठाइरहेको छ भने बिबिध कारणले बेखर्ची भयकालाइ पनि घरसम्म जानको लागि व्यवस्था गरिरहेको कुरा जानकारी गराउदछौ।
२. दलालहरुले झुटा आस्वासन दिई भिसा नबन्दै बिना श्रम स्वीकृति नेपालीहरुलाई केरला ल्याई लामो समय पर्खाईमा राख्ने र नारीहरुलाई शारीरिक सम्बन्ध राख्न बाध्य पार्ने गरेको जसले गर्दा भारतको केरला र माल्दिभ्समा समेत सिंगो नेपाल र नेपालीको इज्जतमा दाग लग्न पुगेको छ भने बिगत केहि
बर्षयता नेपाली नारीहरु यहाँका ब्युटी पर्लारहरुमा छ्यास्छ्यास्ती देखिन थालेका छन र यस्ता पार्लरहरुमा बेला बेलामा अबैध यौन धन्दा हुदा पुलिशले पक्रिने गरेको पाइन्छ। यस्ता घटनाहरु प्रति नेपाल सरकारको ध्यान नजाने हो भने भबिस्यमा अझै गम्भीर समस्या नआउला भन्न सकिदैन।
३, यी र यस्तै घटनाहरुको बारेमा बुझ्न र समाधानको लागि पहल गर्नको लागि यहा कुनै राजदुताबास नभयकोले नेपाल सरकारको प्रतिनिधि वा कोलोम्बो दुताबासको प्रतिनिधि कम्तिमा पनि बर्षमा २ पटक यहाँ आइ नेपालीहरुसंग अन्तरक्रिया गर्नु आबस्यक देखिन्छ।
४, नेपाल र माल्दिभ्स जोड्ने हवाई सेवा धेरै नै कठिनाइ पूर्ण भयकोले श्रीलंका-नेपाल रुटको हवाई सेवा बिस्तार गरेमा नेपाल, श्रीलंका र माल्दिभ्स तिन वटै देशको लागि लाभदायिक हुने छ यसप्रति नेपाल सरकार गम्भीर हुनुपर्ने देखिन्छ, त्यसैले उपरोक्त कुराहरुमा सम्माननीय प्रधानमन्त्री ज्यूलाइ पहल गर्नको लागि ध्यानाकर्षण गर्दछौ।
अन्तमा देशमा आतंक मच्चाउने तथा जनहित बिपरित कार्य गर्ने जो कोहिलाइ पनि कानुनको दायरामा ल्याउन सरकार पछी नपरोस र हामी पौने तिन करोड नेपालीको चाहना दिगो शान्ति र संबिधान यथासक्य चाडो बनाइ देश बिकासको गतिलाइ द्रुत रुप दिन यहाको कार्यकाल सफल बनोस भन्ने कामना गर्दछौ ।
नेत्र प्रसाद शर्मा (सचिब)
तथा
नेपाल-माल्दिभ्स मैत्रि समाज
२५ कार्तिक २०६८

Wednesday, September 28, 2011

नेपाल माल्दिभ्स मैत्री समाजको पुनर्गठन

नेपाल माल्दिभ्स मैत्री समाजको यही सेप्टेम्बर १६, २०११ का दिन माले माल्दिभ्समा बसेको बैठकले रिक्त हुन आयका केहि पदपूर्ति गर्दै ९ सदस्यीय पुनर्गठित समितिको चयन गरेको छ जस अनुसार अध्यक्षमा श्री होम बहादुर गुरुङ, उपाध्यक्षमा श्री कुमारी जी सी, सचिबमा श्री नेत्र प्रसाद शर्मा, सह-सचिबमा गौतम बम्जन, कोषाध्यक्षमा रमेश सुबेदी र सदस्यहरुमा श्री दिपक अधिकारी, श्री चन्द्रा सुब्बा, श्री सुमित्रा पराजुली, श्री नारायण थापा र सल्लाहकारहरुमा श्री चित्रराज पौडेल, श्री इभाना लोहार, श्री मेघनाथ भुषाल, श्री कृष्ण चालिसे, श्री बुद्दी प्रसाद सुबेदी र श्री लिलाबल्लब पाण्डे रहनु भयको।
साथै समाजले बिजया दशमी र दिपावलीको शुभ अबसरमा भलिबल तथा फूटबल प्रतियोगिता गर्ने निर्णय गरेको । बैठक उपाध्यक्ष कुमारी जिसी को अध्यक्षता बसेको थियो भने सचिब नेत्र प्रसाद शर्माले संचालन गर्नु भयको थियो।

Saturday, September 3, 2011

माल्दिभ्समा पनि हरितालिका "तीज" भव्यताका साथ मनाइयो


२ सेप्टेम्बर २०११/ माल्दिभ्स/ हिन्दु नारीहरुको महान पर्ब हरितालिका"तीज" को उपलक्ष्यमा माल्दिभ्स स्थित कार्यरत नेपालीहरुले पनि यक भब्यकार्यक्रम सम्पन्न गरि मनायका छन्। माल्दिभ्समा रहेको नेपालीहरुको यकमात्र साझा सस्था नेपाल-माल्दिभ्स मैत्री समाजले हुलुमाले आइल्याण्डमाआयोजना गरेको उक्त कार्यक्रममा सयौ नेपाली दिदि-बहिनि तथा दाजु-भाइहरुको उपस्थिति थियो। कार्यक्रममा पुरुष भलिबल प्रतियोगिताको आयोजाना गरियकोथियो जसमा च्याम्पियन टिमलाई समाजकी उपाध्यक्ष्य श्री कुमारी जिसी ले रफस्ट रनर टिमलाइ सदस्य श्री सुमित्रा पराजुलीले पुरस्कार वितरण गर्नुभयको थियो। कार्यक्रम स्थल तिजी गीतले गुन्जायमान भयको थियो भने सबै जसो दिदि-बहिनि र दाजु-भाइहरु गीतको तालसंगै आफ्नो कम्मर मर्काउनमै ब्यस्त थिय ।

Wednesday, August 10, 2011

बिरामी भै बेखर्ची भयका रमेशलाइ सहयोग हस्तान्तरण

६ अगष्ट २०११ / नेत्र प्रसाद शर्मा, माल्दिभ्स
माल्दिभ्सको कोष्टलाइन कम्पनि टिलाफुशि मालेमा सेक्युरिटि पेशामा कार्यरत भोजपुर चौकिडांडा-४ का श्री गङ्गा बिश्वकर्माका छोरा श्री रमेश बिश्वकर्मा (ना प्र नं ३७८८) आकास्मिक रुपमा बिरामी भै मालेको ADK हस्पिटलमा चेक जाच गर्दा डक्टरले उहाको उपचार यहा नहुने सल्लाह दियको र उहालाइ कम्पनिले भारतको केरला सम्मको जहाज टिकट दिने भयको र उहा घरसम्म जानको लागि बेखर्चि भयको गुनासो नेपाल माल्दिभ्स मैत्री समाजका पदाधिकारीहरु सङ्ग गरे पछि समाजका सह-सचिब श्री नेत्र शर्मा, उपाध्यक्ष श्री कुमारी जि सी, कोषाध्यक्ष श्री रमेश सुबेदि र लक्ष्मण पाण्डेको सकृयतामा यहा कार्यरत नेपालीहरुसङ्ग सहयोग संकलन गरि जम्मा अमेरिकन डलर १,७१ र नेपाली रुपैया १,००० उहाको सफल उपचारको लागि कामना सहित हस्तान्तरण गरियो।

Wednesday, May 18, 2011

प्रभु यो नेपाल लाइ बचाउनु नै परेको छ

जसरी भय पनि प्रभु यो नेपाललाइ बचाउनु नै परेको छ,
कसैलाई के को चिन्ता, कसैलाई के को चिन्ता
मलाई त कतै राष्ट्रीयता नै नरहने पो होकी शंका बढेको छ ।।
दुई बर्षमा संबिधान लेखन पठायका सभासद तिन बर्षेमा परेको छ,
देशको अर्थतंत्र त हजूर दिन दिन ताल गयको छ ।।
पहिले थीय २०५ मात्र अहिले त ६०१ साढ़ेलाई पाल्नु परेको
छ तिनै साढ़ेहरुको जुधाईले हजूर देश नै भित्र भित्रै गलेको छ।।
महंगीको त कुरै नगरौ, आज सगरमाथा चुमेको छ,
सारा नेताहरूलाई त हजूर त्यही बालुवाटार रुचेको छ।।
के छ त्यों कुर्चिमा त्यस्तो सुगंध सबैलाइ बस्नै पर्ने अरे,
भोट हाल्ने बेलामा पो जनता अहिले त सबै बिराना भैसके रे।।
बालुवाटार प्रबेश गर्न कै लागी कैयौ बिदेशीलाइ भेटीसके अरे
अनी आफ्नै सहयात्रीलाइ समेत लगाम लगाईं सके अरे।।
प्रधानमंत्री रोज्दा रोज्दै आज धेरै नेता थाकीसके
अरे की प्रधानमन्त्री बन्ने नेता छैन यहा जनताले सोच्न थालिसके रे।।
त्यसैले अब नेताहरु यो देशलाई पशुपतिको जिम्मा लगाइदेउ
अनी त्यों बलुवाटारको कुर्चिलाई हजूर बागमतिमा बगाइदेउ।।
-नेत्र प्रसाद शर्मा "नबनेत्र"

हजूर म त आज अचम्मित भैरहेको छू

हजूर म त आज अचम्मित भैरहेको छू
आफुले आफैलाई कहिले कही त सोध्दै छू।
यो कुन जमना अनी म कहा भुल्दै छू
आज कुरो अचम्मैको सुन्दै छू

आज बाहुनहरुलाई डाउन हुनै पर्ने अरे
गाउको मनोज आज माइकल भयको छ रे
ब्वाई फ्रेण्ड र गल फ्रेण्ड हुनै पर्ने अरे
सुन्तलीको नाम आज मिसेल भयको छ रे
पाच कक्षा पढ्ने केटाको आज मिससंग लब पर्यो अरे
स्कुल पढ्ने केटीको नोटबुक सबै प्रेम-पत्रले भरियको छ रे
बिरामी हेर्न बसेको डाक्टर नर्सको दिलमा पसेको छ रे
आज नर्सको जिन्दगी हजूर डाक्टरको जालमा फसेको छ रे
उपचार त के को गर्थ्यो र हजूर नर्सलाइ फसाउन मै उसको दिमाग गयको छ
रे केटा देख्यो की रिसाई हाल्नेतर केटिको त सबै उपचार जानेको छ रे
कलाकार पनि त्यस्तै हजूर केटी बिना गीत गाउदैनन अरे
त्यसैले होला कही कतै केटीकै लागी रेस्टुरेंट फोर्छन अरे
नेता पनि उस्तै हजूर दुई जिब्रोले धनि छन रे
जनतासंग यक थोक बोल्ने भित्री कुरो खोल्दैनन रे
सबै जाती धर्म यकै भाषणमा भन्छन अरे
भित्र भित्रै जातियतामा देशलाई टुक्रा पर्दे छन रे
देशलाई टुक्रा पर्दे छन रे
-नेत्र प्रसाद शर्मा "नबनेत्र"

चुलबुले रहिछेऊ तिमी नेपालकी नानी

चुलबुले रहिछेऊ तिमी नेपालकी नानी
हेर्दा सानी रहिछेऊ नानी माया लाग्दो बानी
सुन्दरताले भरिपूर्ण सौन्दर्यकी खानी
सोच बिचार गरी हिड यो उमेरमा तिमी
चुलबुले रहिछेऊ तिमी नेपालकी नानी
पुतलीको जस्तो रहिछ डुली हिड्ने बानी
बत्ती नजिक नजाऊ नानी चमक रहिछ भनी
पखेटा तिम्रा जल्लान अनी बसौली अपांग बनी
चिरचिर बोल्ने रहिछेऊ तिमी नेपालकी नानी
भमराको जस्तो स्वभाब स्वाद चाख्दै हिड्नी
साझ पख बन्द हुने कमल फुलको बानी
नजानु नि कमल फूलमा सूर्यास्त पारी
चन्चले स्वभाबकी नेपालकी नानी
सोच्दिरहिछेउ तिमी चलाख काग जस्तै बनी
चलाख बन्दा कागले सधै खान्छ रछान पनि
बन्दा चलाख खान्छ उसले बिष कहिले काही
अति चलाख सोच्दी रहिछेऊ नेपालकी नानी
चुलबुले रहिछेऊ तिमी नेपालकी नानी
-नेत्र प्रसाद शर्मा "नबनेत्र"

तीजी गीत

पुरुष महिला भेदभाब छैन सबै जना समान
आफुले नै आफुलाई कमजोर नठान
सत्मार्गमा हिड चेली हामी साथ दिने छौ
तिमलाई केहि दाग लागे हामी धुनें छौ
नारीहरु देबता हुन यिनको इज्जत राख्नु छ
नारी पुरुष मिलेर नै सृष्टी रचिन्छ
हिजो थियो ठुलो खाडल पुरुष र नारी बिच
यस्तो खाडल रहून्जेल हुन्न कसैको हित
जागौ नारी पुरुष अब काधमा काध
जोडेर अन्धकारको खाडललाई आफै पुरेर
महिला पनि सक्छन आज प्रधानमन्त्री बन्नलाई
पुरुषलेनी सक्छन फेरी घर धान्नलाई
-नेत्र प्रसाद शर्मा "नबनेत्र"