माल्दिभ्समा नबबर्ष २०६४ को उपलक्ष्यमा बनभोज कार्यक्रम सम्पन्न
नेत्र प्रसाद शर्मा
भकुण्डे-६, बाग्लुङ
हाल माल्दिभ्सबाट
mailto:chapagain.netra@gmail.comm
माल्दिभ्स / १ बैशाख
२०६४
नेत्र प्रसाद शर्मा
भकुण्डे-६, बाग्लुङ
हाल माल्दिभ्सबाट
mailto:chapagain.netra@gmail.comm
माल्दिभ्स / १ बैशाख
रोजगारीको शिलशिलामा माल्दिभ्समा आइ यहाँका बिभिन्न कुना काप्चामा छरीयर रहेका नेपालीहरुले नव वर्ष २०६४ सालको पुनित उपलक्ष्यमा बनभोज कार्यक्रम गरि हर्षोल्लासका साथ धुमधामसगँ नववर्ष मनायको समाचार छ । सो बनभोज कार्यक्रमको आयोजना नेपाल-
मल्दिभ्स मैत्री समाजले गरेको थियो। सो बनभोज कार्यक्रम मल्दिभ्सको राजधानी मालेबाट नजिकैमा रहेको कुडा बान्डोस नामको टापुमा सम्पन्न भयको थियो।

सो बनभोज कार्यक्रममा झण्डै १६५ जना नेपालीहरु उपस्थित थिय। उक्त बनभोज कार्यक्रमका साथमा भलिबल प्रतियोगिता, घैटो फुटाउने, लठो तान्ने, छेलो फाल्ने र मनोरन्जनात्मक संस्कृतिक कार्यक्रम तथा शुभ-कामना आदान-प्रदान कार्यक्रमको पनि आयोजना गरियको थियो । कार्यक्रम श्री मेघनाथ भुसालको अध्यक्षतामा गरीयको थियो भने कार्यक्रमको सन्चालन समाजका सचिब श्री रघु प्रवासीले गर्नु भयको थियो। कार्यक्रममा हालसालै माल्दिभ्सको कियाधुफारु रिसोर्टमा ज्यान गुमाउन पुग्नुभयका स्वर्गिय जित बहादुर राना प्रती श्रद्दान्जली अर्पण गर्दै १ मिनेट मौन धारण गरीयको थियो।
भुसाल साथिहरुसगँ
समाजका सल्लाहकार श्री भुपेन्द्र गौचनले समितीको गतिबिधि प्रस्तुत गर्दै सो बनभोज कार्यक्रममा उपस्थित सबैलाइ धन्यबाद तथा शुभ कामना दिनु भयको थियो।
बिषेश गरी सो बनभोज कार्यक्रम सम्पन्न गर्नमा भुमिका खेल्नु हुने श्री मोहन थापा, तिलक रोका, रोहित गुरुङ, बिशाल थापा, अनु, तिलक गुरुङ्, तिल बहादुर गुरुङ र गौतम बमजनलाइ समितिको तर्फबाट बिषेश धन्यबाद दिइयको थियो।
बिषेश गरी सो बनभोज कार्यक्रम सम्पन्न गर्नमा भुमिका खेल्नु हुने श्री मोहन थापा, तिलक रोका, रोहित गुरुङ, बिशाल थापा, अनु, तिलक गुरुङ्, तिल बहादुर गुरुङ र गौतम बमजनलाइ समितिको तर्फबाट बिषेश धन्यबाद दिइयको थियो।
नेत्र , अनु र लोकेन्द्र
कार्यक्रमको अन्त्यमा बिजयी प्रतियोगीहरुलाइ समाजका सल्लाहकार श्री चित्र पौडेलले शिल्ड प्रदान गर्नु भयको थियो। कार्यक्रममा समाजका सचिब श्री रघु प्रबासीले उपस्थित सबैलाइ शुभ कामना दिनुभयको थियो भने अध्यक्ष श्री मेघनाथ भुसालले उपस्थित सबैलाइ धन्यबाद तथा शुभ कामना दिदै आगामी दिनमा हुने यस्तै कार्यक्रमामा पनि सबैको सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन गर्नु भयको थियो।
No comments:
Post a Comment