तिहारको बेला रमाइलो होला म भय परदेशमा
रमाउन पाइन यो साल पनि नेपाली माटोमा ।।
मखमली फुल फुलेर गाउँ नै धकमक्क भाछ रे
धानको बाली पाकेर खेतमा पहेली छाछ रे ।।
छैन रे कतै हिलो र मैलो सफा छ सन्सार
घरहरु सबै भाछन रे दुलही सिँगारी चौपट्ट ।।
सबैको घरमा शुखको आभास शान्तिको कामना
सबैले पुज्छन काग र कुकुर आ- आफ्नै रितमा ।।
गाइको पूजा गरेर फेरी लक्ष्मीलाई पुजेका
धनकी देवी लक्ष्मी हुन भन्ने सबैले बुझेका ।।
देउसी र भैलो खेलेर गाउ अती छ रमाइलो
पिङको रनक छुट्टै छ फेरी सरर मच्चेको ।।
सयपत्री अनी मखमली गासी बुनेको त्यो माला
दिदिको हातको टिका लगाइ जन्थ्यौ नि पिङ मेला ।।
नेत्र प्रसाद शर्मा "नबनेत्र"
भकुन्डे -६, बाग्लुङ
हाल मल्दिभ्स
Tuesday, October 28, 2008
Sunday, October 26, 2008
तिहारको उपलक्ष्यमा हार्दिक शुभ-कामना
शुभ दीपावली २०६५ को शुखद उपलक्ष्यमा देश बिदेशमाँ रहनु भयका संपूर्ण नेपाली तथा हिन्दूजन हरुमा धन धन्य की देवी लक्ष्मीले कल्याण गरुन , जे लक्ष्य लियर बिदेशमाँ आफ्नो अमूल्य जीबन खर्चेका छौ त्यों सोचेभन्दा पनि बढ़ी र छोटो समयमा पुरा होस साथै स्वास्थमा कुनै खराबी नहोस यही छ मेरो दीपावलीको शुभ कामना!!
नेत्र प्रसाद शर्मा
भकुंडे -६ , बाग्लुंग
भकुंडे -६ , बाग्लुंग
हाल माल्दिभ्स
हेल्लो : +९६०-७६८७५८४
Thursday, October 16, 2008
पत्याउनुस या नपत्याउनुस अचम्मैको केरा
Sunday, October 12, 2008
फुल
फुलबारी भित्र फुल्छन रे फुल हजारौ थरिका
ति फूलको पनि हुन्छ रे फेरी फक्रिने तरीका ॥
कुनै चाहि फुल हुन्छ रे हेर अति नै उपयोगी
कुनैले भने लगिदिन्छ रे होसै बनाउछ बियोगी ॥
कुनैले दिन्छ सुगंध त्यसै मोहनी लगाउने
कुनैले छाड्छ दुर्गन्ध अति सबैलाई भगाउने ॥
परागसेचन हुनको लागी चाहिन्छ रे भमरा
बिषाक्त फुल रहिछ भने मर्छ रे भमरा ॥
Saturday, October 11, 2008
मेरो भावना
-ऋचा शर्मा तिवारी
तिम्रो खुशीहरुमा रम्न चाहने मनहरु
केवल मेरो लागी
मेरो खुशीहरुमा , मेरा आँखाहरुमा
एउटा भीखारी समानको जीवन मेरो
तिमीसँग सधैं भीख माग्दैछु ।
तिम्रो खुशीहरुमा रम्न चाहने मनहरु
आज एक्लोपनमा पनि रम्न सकेनन
तिम्रो खुशीहरु सँग बाच्ने सपनाहरु
आज तिमी विना पुरा हुन सकेनन् ।
तिम्रो खुशीहरु सँग बाच्ने सपनाहरु
आज तिमी विना पुरा हुन सकेनन् ।
मनहरु वग्छन् नदि झैं सलल
र अनि आँखाहरु रसाँउछन्
गला अवरुद्ध हुन्छन्
तिम्रो माया, स्नेह सम्झंदा
तिमी यतै कतै छौं ।
र अनि आँखाहरु रसाँउछन्
गला अवरुद्ध हुन्छन्
तिम्रो माया, स्नेह सम्झंदा
तिमी यतै कतै छौं ।
मेरो खुशीका निम्ति आफनो
जीवनका सपनाहरु विर्सेर
कति तिमी मेरो लागी बाँचेका छौं
आखीर किन ?
जीवनका सपनाहरु विर्सेर
कति तिमी मेरो लागी बाँचेका छौं
आखीर किन ?
केवल मेरो लागी
मेरो खुशीहरुमा , मेरा आँखाहरुमा
एउटा भीखारी समानको जीवन मेरो
तिमीसँग सधैं भीख माग्दैछु ।
केवल भीख
कहिले प्रेमको त कहिले खुशीको
अनी आफनो जीवनको निम्ती
जीवनकै भीख ।
सधै तिमी सँग माग्दैछु
अनगिन्ती वहानामा
अनगिन्ती भीखहरु
जीवनकोको मोडहरुमा ।
कहिले प्रेमको त कहिले खुशीको
अनी आफनो जीवनको निम्ती
जीवनकै भीख ।
सधै तिमी सँग माग्दैछु
अनगिन्ती वहानामा
अनगिन्ती भीखहरु
जीवनकोको मोडहरुमा ।
Thursday, October 9, 2008
माल्दिभ्समा पहिलो पटक बहुदलीय पद्दतिको राष्ट्रपतिय चुनाब
.jpg)
update:
Total Valid Votes Counted: 177008
Boxes counted: 395
Boxes not counted yet: 0
Maumoon Abdul Gayyoom 40.63%
71927 votes
Mohamed Nasheed (Anni) 25.05%
44342 votes
Dr. Hassan Saeed 16.86%
29840 votes
Gasim Ibrahim 15.24%
26978 votes
Umar Naseer 1.40%
2470 votes
Ibrahim Ismail 0.82%
1458 votes
सा: http://www।haveeru।com.mv
यो दशै होइन रहेछ मेरो लागि
हाम्रा चाड पर्बहरुले आ-आफ्नै परम्परा र सस्कृति बोकेर हामि माझमा आउने गर्छन तर यस्ता चाड पर्बहरुले कसैलाइ हसाउछन् त कसैलाइ रुवाउछन्। कसैको लागि दशै तिहार जस्ता महान चाडहरु मिलनका मुख्य बाहक बन्ने गर्छन त कसैका लागि मिलन हुन नसकेर निरासको दिन बिताउन बिबस हुने गर्छन। यस्ता महान चाडहरुले प्राय: बिदेशमा प्रबासि जिबन बिताइरहेका हजारौ नेपालीहरुलाइ स्वदेशमा फर्केर दुइ चार दिन भयपनि आ-आफ्नो परिबार तथा समाज सँग रमायर बस्नको लागि सन्देश लियर आउने गर्छन। तर बिबसता या बाध्यता भनौ यो सालको दशै र तिहार बिदेशी भुमिमा नै बित्ने भयो मात्रै मोबाइल र इमेल बाट शुभ-कामना बाडेर।
तर मलाइ यौटा कुरा झर्ल्यास्स याद आयो कि प्राय बस ट्रक जस्ता यातयातका साधनहरुमा लेखियको हुन्छ "पर्खि बस फर्कि आउने छु" यो उखान पक्कै लागु हुने छ आगामि बर्षहरुमा अनि म पक्कै पुग्ने छु बाबा-आमाको हातबाट टिका जमरा थाप्न र आशिर्बाद लिन भन्दै यो सालको दशैलाइ अन्य दिन भन्दा पनि उपयोगबिहिन तरिकाले ब्यतित गर्न पुगे। हिन्दुहरुको शक्ति स्वरुपेणि देवि भगवतिको पुजा आराधना गर्ने समयमा मुस्लिम सस्कृतीमा रम्न बाध्य भय।
तर मलाइ यौटा कुरा झर्ल्यास्स याद आयो कि प्राय बस ट्रक जस्ता यातयातका साधनहरुमा लेखियको हुन्छ "पर्खि बस फर्कि आउने छु" यो उखान पक्कै लागु हुने छ आगामि बर्षहरुमा अनि म पक्कै पुग्ने छु बाबा-आमाको हातबाट टिका जमरा थाप्न र आशिर्बाद लिन भन्दै यो सालको दशैलाइ अन्य दिन भन्दा पनि उपयोगबिहिन तरिकाले ब्यतित गर्न पुगे। हिन्दुहरुको शक्ति स्वरुपेणि देवि भगवतिको पुजा आराधना गर्ने समयमा मुस्लिम सस्कृतीमा रम्न बाध्य भय।
Tuesday, October 7, 2008
दुरी बढ्यो की
आज किन आफंतले चिन्न छाडे कतै दुरी पो बढ़यो की
मलाइ बुझ्नै गाह्रो भो हिड्दा हिड्दै बाटोमाँ कतै गल्ती पो गरे की ॥
खै कतै उनिहरु नै बसाई सरेर धेरै टाढा पुगिसके की
म अचम्मै परे कतै सड़कमाँ चक्काजाम भैदियो की ॥
अझै पनी म खोज्दै छू उनीहरुलाई कतै बाटो बिर्सियकी भनेर
तर लुक्दैछन उनिहरु हुन सक्छ यो अभागिलाई साथ नदिऊ भनेर
कता कता मुटु जल्छ मनमा ब्यथा बढे जस्तो
अब खोज्न छाडी दिन्छु मेरो मन नि छैन सस्तो॥
नेत्र प्रसाद शर्मा
बागलुंग
हाल माल्दिभ्स
आज किन आफंतले चिन्न छाडे कतै दुरी पो बढ़यो की
मलाइ बुझ्नै गाह्रो भो हिड्दा हिड्दै बाटोमाँ कतै गल्ती पो गरे की ॥
खै कतै उनिहरु नै बसाई सरेर धेरै टाढा पुगिसके की
म अचम्मै परे कतै सड़कमाँ चक्काजाम भैदियो की ॥
अझै पनी म खोज्दै छू उनीहरुलाई कतै बाटो बिर्सियकी भनेर
तर लुक्दैछन उनिहरु हुन सक्छ यो अभागिलाई साथ नदिऊ भनेर
कता कता मुटु जल्छ मनमा ब्यथा बढे जस्तो
अब खोज्न छाडी दिन्छु मेरो मन नि छैन सस्तो॥
नेत्र प्रसाद शर्मा
बागलुंग
हाल माल्दिभ्स
Saturday, October 4, 2008
Subscribe to:
Posts (Atom)