
कडाभन्दा-कडा कार्बाहिको माग गर्दछु।
आक्रमणमा घाइते पत्रकारको मृत्यु, विरोधमा आन्दोलन घोषणा
अज्ञात समूहको आक्रमणबाट घाइते भएकी धनुषाकी पत्रकार उमा सिंहको आइतबार राति मुत्यु भएको छ । सिंहलाई आइतबार १५-१६ जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थियो ।स्थानीय 'रेडियो टुडे' मा कार्यरत पत्रकार सिंहको उपचारका लागि राजधानी लैजाँदै गर्दा आइतबार राति करिब १२ बजे बर्दिबासमा मृत्यु भएको हो ।सिंहलाई सो समूहले उनको निवासमा गएर आक्रमण गरेको थिए ।यसैबीच पत्रकार महासंघ धनुषा शाखाले आन्दोलनको घोषणा गरेको छ । हत्याको विरोधमा बिहान बसेको शाखाको बैठकले शवसहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, त्यहाँबाट प्रसारण र प्रकाशित हुने रेडियो, पत्रपत्रिकामा उमा सिंहको समाचारबाहेक अरु बहिष्कार गर्ने निर्णय गरेको छ । शाखाले संचारकर्मीको सुरक्षा दिन नसकेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र संचारमन्त्रीको राजिनामासमेत माग गरेको छ ।हत्याको विरोधमा सिंहको शवलाई नगरपरिक्रमा गराउँदै जनकपुरमा जुलुस निकालिएको छ । सिंहको शवसहित पत्रकार र नागरिक समाजका सदस्यहरू जिल्ला प्रशासन कार्यालयअडाडि धर्नामा बसेका छन् । पारिवारिक स्रोतका अनुसार सिंहको अन्त्येष्टि आजै गरिने कार्यक्रम रहेको छ ।राजधानीबाट महासंघका सभापतिको नेतृत्वमा केन्द्रीय पदाधिकारीहरूको एक टोली पत्रकार सिंहको अन्त्येष्टिमा भाग लिन एवम् घटनाबारे बुझ्न आज मध्याह्ण जनकपुर प्रस्थान गरेको छ ।यसैबीच पत्रकार हत्याको विरोधमा कैलालीमा पत्रकारहरुले सोमबार बिहान प्रदर्शन गरेका छन् ।कान्तिपुरकर्मीलाई ज्यानको धम्कीसोमबार रातिनै अज्ञात समूहले कान्तिपुरकी धनुषा संवाददाता मनिका झालाई ज्यानमार्ने धम्की दिएको छ ।मध्यरातमा उनको जनकपुर नगरपालिका-४ स्थित निवास पुगेको तीनचारजनाको समूहले झालाई यस्तो धम्की दिएको हो ।सुतिरहेको बेला पुगेको सो समूहले उनको झ्यालसमेत फुटाइदिएको थियो । ढोकामा माटोले क्रस्चिन्ह बनाएर उनीहरू अब तेरो पालो भनेर भागेका थिए ।झालाई पनि पत्रकार सिंहमाथि सांघातिक आक्रमण गर्ने समूहले धम्क्याएको आशंका गरिएको छ ।राति नै नेत्र झाले प्रहरी र आफन्तलाई खबर गरेकी थिइन् । त्यसपछि पुगेको प्रहरी टोलीले रातभर उनको घरबाहिर सुरक्षा दिएको थियो । धनुषा प्रहरीले धम्की दिनेको खोजी भइरहेको जनाएको छ । (स्रोत: इकान्तिपुर डट कम)
No comments:
Post a Comment