माल्दिभ्स/16-01-2009/ नेपाल-माल्दिभ्स मैत्री समाजद्वारा समाजका सल्लाहकार श्री भनुभक्त निरौलाको बिदाइमा यक बिशेष कार्यक्रमको आयोजना गरी उहाले समाज प्रती गरेको कामको प्रशंसा गर्दै बिदाइको चिनो प्रदान गर्नुका साथै उहाको उत्तरोत्तर प्रगतिको कामना गरियको थियो।
कार्यक्रमको अध्यक्षता समाजका उपाध्यक्ष श्री बि के अधिकारिको अध्यक्षतामा भयको थियो भने सन्चालन समाजका सचिब श्री रघु भट्टराईले गर्नु भयको थियो।
कार्यक्रममा उपाध्यक्षले सल्लाहकार निरौलाले देखायको बाटोलाई मार्ग निर्देसन गर्दै आफुहरुले समाजलाइ सदा यहाँ रहेका नेपालीहरुको पक्षमा डोहोर्याउने प्रतिबद्दता प्रकट गर्नु भयको थियो। साथै उहाले सम्पूर्ण समाजका पदाधिकारीहरुलाई सदा यक आपसमा भयका कटुक्ष्यताहरुलाई टाढै फ्याकेर स्वच्छ र सफा, पवित्र मनले अगाडि बढन निर्देशन दिनुभयको थियो। भने समाजका सचिब श्री भट्टराईले आफुहरुले एउटा आफ्ना अभिभाबकको रुपमा रही आउनु भयका श्री निरौलालाई बिदाइ गर्नु पर्दा आफुहरुलाई अफ्ठ्यारो लागेको बताउनु भयो।
नेत्र प्रसाद शर्मा
माल्दिभ्स
No comments:
Post a Comment