Saturday, August 30, 2008

२०६५ सालको हरितालीका तीजको उपलक्ष्यमा समस्त दीदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
http://www।mefeedia।com/entry/teej-ko-geet-i/4947109/

नेत्र प्रसाद शर्मा
बागलुंग
हाल माल्दिभ्स

Thursday, August 21, 2008

बैदेशिक रोजगारीका लागि माल्दिभ्स नेपाल, नेपाली; समस्या र चुनौतिहरु:

बैदेशिक रोजगारीका लागि माल्दिभ्स नेपाल, नेपाली; समस्या र चुनौतिहरु:
"घर नखायको छोरी र प्रदेश नपसेको छोरालाई के थाहा" यो नेपाली उखान लगभग नसुनेको कोही पनि नेपाली पाइन्न होला; त्यती मात्र नभयर घर नखायको छोरी पाउन त सकियला तर प्रदेश नपसेको छोरा पाउन गाह्रो नै पर्ने भईसकेको छ अहिले नेपालमा ।। यसरी बिदेशिने क्रममा नेपालीहरु युरोप अमेरिका, खाडी मुलुकहरु साथै सार्कका केही देशहरुमा पनि रोजगारिको शिलशिलामा जाने गरेको पाईन्छ। सार्क देश मध्यको सानो देश माल्दिभ्समा अहिले आयर झन्डै चार हजारको हाराहारीमा नेपालीहरु भयको अनुमान छ। बिगत यक -दुइ बर्ष यता नेपाली यहाँ आउने क्रम ह्वात्तै बढेको पाईन्छ । तर अहिले आयर दिनानुदिन महिलाहरुको माल्दिभ्स आगमन पनि बढी उत्साहजनक देखियको छ, यहाँको राजधानी मालेका धेरै जसो घरहरुमा हाउस मेड र केही ब्युटी पार्लरहरुमा मनग्य नेपाली महिलाहरु भयको पाईन्छ।
प्राप्त श्रोतहरुका अनुसार माल्दिभ्समा नेपालीहरुको प्रवेश सन १९९२ तिरबाट सुरु भएको र पछी आयर सन २००० तिरबाट यो क्रममा बृद्धि हुँदै गएको पाईन्छ । यहाँ रोजगारीको अवसर सबैलाई समान रुपमा उपलब्ध भएकाले नेपालीहरु स-साना काम देखी लियर ठूला काममा कार्यरत भयको पाईन्छ । केही अनुभब बटुलेका तथा राम्रो शिक्षा हुनेहरु होटेल तथा रिसोर्टहरुमा संलग्न छन भने थोरैको संख्यामा भय पनि कोही डाक्टर, इञ्जिनियर र मेनेजर पनि भयको पाईन्छ।
यहाँ समस्या र चुनौतीको कुरा गर्दा नेपालीहरुले आफ्‍नो दक्षता र सीपलाई सही सदुपयोग र क्षेत्रमा उपयोग गर्न सकिरहेका छैनन त्यसैले गर्दा आफ्नो कामलाई उचित मूल्यमा बेच्न सकेका छैनन । मुख्य रुपमा शिक्षाको कमिले गर्दा भाषामा दक्ष नहुनु र आफूले जानेको दक्षता र सीप यहाँको श्रम बजारमा निश्चित मापदण्डमा नपुग्नु नै मुख्य समस्या रहेको छ ।। यसरी हेर्दा यहाँ रहेका नेपालीहरुलाई भाषा, ज्ञानसम्बन्धी कार्य क्षेत्रको न्यूनतम आधार नहुनु जस्ता चुनौतीहरु देखिन्छन भने दलालबाट झुटा आश्र्वासन दिने र तिनै आश्र्वासनको भरमा नेपाली युवा युवतिहरु हामफल्ने क्रम जारी रहनु हो। भारतको केरलामा हेर्दा त्यहा ३-४ वटा गेस्ट हाउसहरु नेपाली युवा युवतिहरु जो माल्दिभ्सको कुनै राम्रो कम्पनिमा गयर मनग्य धन कमाउने सपना मनमा बोकेर बसिरहेको पाईन्छ । नेत्र प्र शर्मा
बाग्लुङ
हाल माल्दिभ्स