Monday, April 14, 2008

बजारको दुध पिउने बानी

लागेको छ रे तिमीलाई आज बजारको दुध पिउने बानी
त्यहि दुधको खोजिमा पर्खि बस्छउ रे तिमी।।

हुन त हुन्छ त्यो दुधको पनि रङ्ग एउटै
सोच्छउ रे तिमी त्यसलाई मनको देबता नै ।।

तिमीलाई चाहिदो रहेन छ कुनै गुणस्तर दुधमा
साच्चै तिमी पुग्दा रहेछौ भेट्दा वुधमा ।।

बजारमा पनि हुन्छ रे दुध धेरै किसिमको
प्रयोग गर्नु पर्ने थियो जाँच्नलाई तिमी मेशिनको ।।

कुनै दुध हुन्छ रे मख्खन निकाली सकेको
त्यो त हुनुपर्ने होइन र धेरै नै सस्तो ??

बिचार गर तिमी अझै मिसावट पनि हुन सक्दछ
त्यस्तो दुधले त हजुर सबैलाई रोगै निम्त्याउन सक्दछ

नेत्र प्र. शर्मा
माल्दिभ्स

माल्दिभ्समा हर्षोल्लासका साथ नब बर्ष मनाइयो

११ अप्रिल २००८ का दिन माल्दिभ्समा रोजगारीका लागि बिभिन्न स्थानमा छरिएर रहेका नेपालीहरुले हर्षोल्लासका साथ नब बर्ष २०६५ मनाएका छन । नेपाल-माल्दिभ्स मैत्री समाजले माल्दिभ्सको राजाधानी नजिकै अबस्थीत कुडाबान्डोस नामको टापुमा आयोजना गरेको बनभोज कार्यक्रममा झन्डै २०० जना नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरुको सहभागिता रहेको थियो । सो बनभोज कार्यक्रमको लागि मालेबाट उक्त कुडाबान्डोस टापुसम्म जान र फर्किनको लागि बिभिन्न ५-५ वटा डोनिहरुको ब्यबस्था गरिएको थियो भने उक्त यातायातको ब्यबस्था समाजका सल्लाहकार चित्र राज पौडेलले गर्नु भएको थियो।
कार्यक्रमको सन्चालन समाजका सचिब रघु भट्टराईले गर्नु भएको थियो भने कार्यक्रम समाजका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । खेलकुद कार्यक्रमको जिम्मा चित्र र कुलचन्द्र वस्तीले लिनु भएको थियो भने सांस्कृतिक कार्यक्रम शिव रेग्मी, सालीकराम र कोपिला पौडेलको नेत्रित्वमा सम्पन्न भएको थियो, त्यस्तै खान-पानको ब्यबस्थापन बमजन गौतम, देबेन्द्र, तिलक गुरुङ, अनुप, लक्ष्मण, युवराज, बिष्णु, श्याम लगायतका साथीहरुको नेत्रित्वमा सम्पन्न भएको थियो । बिजयी भलिबल खेलाडिहरुलाई अध्यक्ष अधिकारिले पुरस्कार बितरण गर्नु भएको थियो । भने सचिब रघु भट्टराई तथा उपाध्यक्ष बालाकृष्णले शुभ कामना मन्तब्य दिनु भएको थियो । नेपाली गीतमा एकजना साहभागि युरोपीयन नागरिक समेत नाचेर कार्यक्रमलाई झनै रोमान्टिक बनाएका थिए । अन्त्यमा अध्यक्ष अधिकारीले सम्पूर्ण उपस्थित सहभागिलाई शुभ-कामना तथा धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

नेत्र प्रशाद शर्मा
माल्दिभ्स
हेल्लो ००९६०-७६८७५८४