Thursday, December 18, 2008

अनुरित्त प्रश्न

उनलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहा देखे राम्री लाग्यो ,हाासे ,औपचारिकता निभाए मैले । राजेशको कोठामा गए ,गफ गरे ,तर जति गफ गरे ,आफैले विर्से ,उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो, उसको अफिसबाट घर तिर लागे ,मन नलागीकन ,उनको लिएर ।रातभर नै अनिदो भएर सोचे मलाई यो के भयो ,किन उ प्रति यस्तो सोच । केहि होइन भनेर आफैलाई सम्झाए । तर मन मानेन किन किन उ प्रति त्यसै आत्मीयता बढयो, अपरिचितमा । मनहरु त्यसै खुशी भए । के गरुा कसो गरु को अवस्थामा थिए म ,एक कप चिया बनाए , भ्fmयाल् निर बसेर बाहिर हेर्दै चिया पिउदैरहेको थिए । एक्कासी कोहि मेरो घर तिर आए जस्तो लाग्यो , विस्तारै विस्तारै । चिन्न सकिन मैले अलि नजिक आएपछि थाहा पाए त्यो राजेशको अफिसमा देखेको केटी नै रहिछ । कहाा जान लागेकी रहिछ भनेर हेरे मैले । उनी म वस्ने घर तिर नै लम्कीरहेकी थिइन । म अलमल्ल परे कतै मेरो घरमा त आउन लागेकी हो कि भनेर तर होइन रहेछ । उसको साथी मेरो घरको बगलमा बस्ने रहिछ । सायद उसलाई भेटन आएकी होला । म ढुक्क भए । त्यस दिन उ कति बेला त्यो कोठाबाट निस्कन्छे भनेर झयालमानै कुरेर बसे म । उनी लामौ मौनता पछि उनी साथीसाग फर्केर आइन ,मेरो घर तिर हेर्दै गइन् । मलाई देखि सायद उसले थाहा पाएको हुनपर्छ म त्यो घरमा वस्छु भनेर ।म त्यसै के के सोच्न थाले । बलुकीपख म तरकारी किन्न बजार गए । जादै गर्दा उनलाई पनि देखे ,सायद साथीसाग आएकी होला । बोल्न मन लाग्यो तर बोलिन । उसले हाासेर बोल्न संकेत गरिन । तर खासै बोलचाल भएन तर उनको साथी मसाग दाई के छ खबर भनेर बोल्न थालिन । ठिकै छ भनेर उत्तर दिए । एककिसिमको चिसो भयो मन । उनलाई देखेर मन हाास्यो । उसले साथीलाई जाने हैन भनेर संकेत गरिन ,म भने उ नगए हुन्थ्यो भने सोच्दथे । तर उनी हामी गयौ है भनेर गइन । मैले अवाक् हेररिहे उनको पदचाप । उसले केहि वहानामा नजर म तिर गरी ।उसले मलाई देखि ,हाासी । म मनमनै गद्गद भए ।अब के बहानामा राजेशको अफिसमा जाने भनेर सोच्न थाले । राजेशलाई म पनि तेरो अफिसमा जागीर खान्ा पर्‍यो भन्न गए । उसले अचम्म्ा मानेर म प्रति हेर्‍यो ,मैले मौन रुपमा हो भने ,सधै कति जागीर नखाने है राजेश तेरो अफिसमा म पनि जागीर खान्छु है ?उसले केहि भन्न सकेन ,मौन भयो ।उसले सोध्यो किन के कारण हो जागीर खाने भन न ?मैले भने यतिकै वस्दा दिक्क लाग्यो त्यसैले । राजेशले केहि सोचेको थिएन तर मेरो योजना उनी थिइन ,लक्ष्य बनिन उनी ,प्राप्ती का लागी ।राजेशले मेरो करा काटन् सकेन र मलाई आफनो अफिसमा एकाउन्ट हेर्न राख्यो । त्यसै वहानामा अफिसमा एउटा पार्टी पनि भयो ,म भने उनको आगमनको पर्खाइमा थिए । उनी धेरै अबेर आइ निलो कुर्ता सलवारको पहिरहनमा ,धेरै राम्री देखिएकी थिइन उनी ।उनको साथीलाई मैले छेडेर कस्ती राम्री तिम्री साथी भनेर जिस्काए ,नजिकै थिइन उनी ,लजाइन । गाजली ती आाखाहरु म्ाानौ मलाई हेर्न नै व्यस्त थिए , म पनि तिनका नयनहरुमा भिज्न व्यस्त थिए ।आज तिम्रो परिचय एकजना साग गराउनु छ भनेर राजेशले लग्यो । मैले सोधे को हो भन न ?उसले हेर्न भेटे पछि आफै थाहा पाउछास । उ मनमनै सोच्दै थियो कतै उही त होइन । के भनेर चिनाउने भयो अब यसले भनेर डरायो । उनीहरु तिनको नजिक गए ,भन्यो आभा उ मेरो साथी म अक्मक्क परे मलाई किन चिनाएको हो खै । आभा अब देखि उ पनि हाम्रो अफिसको एकाउन्टेन्ट केहि परे उसाग सहायता लिए है । म के गर्ने के नगर्ने मा परे । मैले पनि औपेचारिकता निभाउन बोले केहि शब्दहरु ।राजेशले केहि थाहा पाए जस्तो मेरो मनको विचार र उसले हामीलाई बोल्ने वातावरण बनाएर गयो ।म के बोल्ने भनेर सोच्न थाले , तर उनी अघि भएपछि मैले मेरो मनको धेरै भावनाहरु उनी सामु पोखे ,उनले पनि कति विचाहरुमा सहमती जनाइन ,ज्यादै शिष्ट थिइन ,म मनमनै धेरै हषर्ीत थिए । एक्कासी राजेश आयो म तिर भन्यो बियर नलिएका े? मैले अह Û भने । म लिन्न , सायद आभाले थाहा पाई । म उसाग उसको परिवारको बारेमा सोध्न्ा थाले वातावरण सहज बनाउनका लागी , नजिक रहनका लागी ,अपनत्वका लागी । हामी धेरै बेर बातचीत गरिरहयौ यसै बीच राजेश आयो मलाई व्यंग्य हान्न थाल्यो र भन्यो ,थाहा छ आभा जी हाम्रो साथीलाई पनि मन मिल्ने साथी खोजीदिनहोस् न आफु जस्तै राम्री । उनी अक्क न बक्क परि के भन्ने के नभन्ने । मैले हे राजेश के भनेको तिमीले ,होइन आभा जी त्यस्तो केहि होइन भन्न थाल्यो । आखीर पोल खोल्यो राजेशले भनेर उ मनमनै भन्न थाल्यो । आभाले पनि सायद सहमती जनाएकी होला त्यसैले उ मख्ख परिरही ,राजेशको कुरा सनेर । त्यस रात पार्टी पछि म घर फर्के र उनी पनि ।पर्सीपल्ट अफिसमा गए ,उनी आएको थिइन ,मन लागेन अफिसमा बस्न ,छटपटि भयो उनलाई हेर्न मन लाग्यो ।ढिलो आइन उनी अफिस ,मैले जिस्काएर यस्तो ढिलो अफिस आउन पाइएन नि भनेर भने ।उनी झस्कीन ,पछाडि म थिए उनले थाहा पाइनन् विस्तारै पछाडि हटिन् म निर ठोकिइन् ,झंसग भइन । आखाा हेर्न पनि सकिनन् उनले ,मैले सोधे यस्तो माया लाग्छ मेरो ,उनी लाजले भागीन् । केहि बोलिन म अफिसबाट उठेर हिडे ,रमाए । राजेश मलाई अफिसमा खोज्दै रहेछ त्यस दिन ।भोलिपल्ट सर हिजो कहाा भागेको भनेर जिस्कीयो ,मैल्ेा होइन अलि सञ्चो भएन भने ,उसले केहि बोलेन । दिनभर काम गरे ,साझा अफिसबाट हिडन् लागेको थिए आभाले सर म पनि जान्ो नि भनि , मैले ल आउ न त भने ।हामी बाटोमा गफ गर्दै गयौ ।थाहा नै भएन कति चाडो प्रेम गरिएछ भनेर ।घर आयो ,विछोडको समय आयो ,मन नरमाइलो लाग्यो ,उनले सर म गए ल भनी ,मैले केहि बोल्न सकिन ,निश्ब्द हेरे उनलाई । तरकारी किन्न जाने निधो गरे र जान मात्र लागेको थिए ,उनी मेरो कोठामा आइन ,ल कहाा जान लागेको तपााइ म तपााईलाई भेटन् आएको भन्दै आई । म ए आउ न त भने ,हामी बस्यौ गफ गर्न लाग्यौ ।समय वितेको थाहा भएन ,रात परेछ ,म उसको घर सम्म छोडन गए ,भोली भेटने वाचाका साथ ।भ्ाोलीपल्ट उनी अफिस आइनन् ,मन नरमाइलो लाग्यो । काम गरेपछि उनको घर तिर गए सरासर ,उनी एक्लै बसीरहेकी थिइन् । म उनको ढोकामा जाादा उनी छक्क परि । सर याहा ?तिमी अफिस आइनौ किन रहेछ भनेर हेर्न आएको के भयो ?होइन केहि होइन ?मन लागेन अनि त्यसैले भनी उनी उठिन ,सर बस्नुहोस् न ठिकै छ भनेर उ उठयो । केहि भए मलाई भन न त भनेर मैले भने ,खास केहि छैन भन्दै उनी म नजिक आई र भनी मलाई विहा गर्नुहोस् न । म स्तब्ध भए , म खबर गर्छुनी भनेर उ उठयो त्याहाबाट र गयो ,जाने बेलामा उनले हात समाएर मलाई एक्लो नबनाउनु है भनि रोएर । मौनता छायो त्यसबेला ,तर उसले चाहेको जस्तो भयो त्यसबेला । उ मख्ख भयो । भोलिपल्ट अफिस गएर काम गर्दा प्रशन्न थियो ,राजेशले किन यस्तो हर्ष नि भन्यो ,उसले मैले विहा गर्न लागे भनेर आभाले सुन्ने गरि भन्यो । हो र को हो त्यो भाग्यमानी ह ?उसले उत्तर मा भन्यो छे एउटी परी मेरो सपनाको ,जीवनको । राजेशले ल पार्टी कसले दिने भन्न थाल्यो ,मैले पार्टी नदिइ भएन ,अफिसमा पार्टी दिए र सबैको अघि मैले आभालाई विहा गर्ने प्रस्ताव राखे ,उनी छक्क परिन् र सहमत भइन । हामी सबै प्रशन्न्ा थियौ ।त्यस पार्टी पछि केहि दिन राजेश अफिस आएन ,किन रहेछ भनेर म उसको कोठामा गए । उ थिएन ,कहाा गएछ भनेर खोजे । रात भरी नै कोठामा आएन ,डर लाग्यो कहाा गयो भनेर । रात भर उसको कोठामा नै बसे । भोलीपल्ट अफिसमा आयो राजेश । हिजो काहा गएको त भनेर सोधे ? ए एक्लो भए भनेर हिडेको ।कस्तो नमज्ज्ाा लाग्यो म थिए नि किन एक्लो भइस् ?त अब विहा गर्ने मान्छे साग के हिडने भनेर नि ।उसले केहि कुरा लुकाएको थियो भन्ने लाग्यो मलाई । मैले सोधे उसले भनेन । मलाई शंका लाग्यो के आभा उसको प्रेमिका त होइन ?उसले राजेशलाई भन्यो त पनि विहा गर न है ?राजेशले को साग ? भन्यो । मैले आभासाग भने । उ झसाग भयो कहाा म विहा गर्ने तैले मनपराएको केटि ।मैले तेरो निम्ति यति गर्न सक्दिन न त ,तैलेे मेरो लागी यति गरिस् मलाई पनि केहि गर्न दे न अब है?मनभरी पीडा बोकेर मैले राजेशलाई आभाको जिम्म्ाा लाए । आभा छक्क परिन र भनिन यो के गरेको तिमीले ? प्रश्न अनुरित्त नै रहयो ,मौनता छायो ।

~ ऋचा शर्मा 'अभिब्यञ्जना'

Wednesday, December 17, 2008

जिवन र सङ्घर्ष

नसोच जिवन ब्यर्थ छ भनेर,
त्यो त प्रकृतिको प्रसाद हो ।।
नगर तुलना दुख अनि धोखासङ्ग मात्रै,
त्यो त केबल बर्षात हो ।।
बर्षात बन्छ कालो बादलको गोधबाट तर,
बर्षात पछि आकास अबस्य खुल्छ।।
सत्कर्ममा बिस्वास राख्दै अघी जो बढ्न सक्छ,
त्यसले त्यो कालो इतिहास अबस्य भुल्छ ।।
नसोच म जन्मेको केबल आफ्नो लागि मात्रै भनेर,
तिमिसङ्ग अर्को पाटो पनि त गासियको छ ।।
के भो त तिम्रा केहि खुसीहरु लुटिय पनि,
रित्तियको त छैन नि कहि कतै साचियको छ ।।
नडुलाउ मन अतितलाइ सम्झेर,
त्यो त बितेर गैसक्यो ।।
सोच्नु छ भबिस्य अनि रमाउनु छ बर्तमानमा,
सङ्हर्ष त हाम्रो नियति नै भैसक्यो।।
~ टिकाराम रेग्मि "सङ्घर्ष सहयात्री"
जुम्ला सिन्जा
हाल माल्दिभ्सबाट

तिम्रो जन्म

हिजो राती सपनिमा
तिम्रो जन्म
भाको मैले देख्दै थिय ।।
त्यहि बेला
मैले दुइटा
शब्दहरु लेख्दै थिय ।।

त्यो बेलामा कैयौ मान्छे
तिमिलाइ नै भेट्दै थिय
सबै जना तिमिलाइ नै
शुभ कामना बाड्दै थिय ।।
तिम्रो जन्म भाको सुनि
इश्वर पनि खुशि थिय
तिमिलाइ नै हेर्न भनि
टुप्लुक त्यहि आइ पुगे।।

जन्म भय यो धर्तिमा
अभिभाबकले हुर्काइ दिन्थे
भबिश्यलाइ कता मोड्ने
त्यो त आफ्नै हातमा छ रे।।
आउछन सबलाइ अबसरहरु
नमरेर बाच्न सके
दुइ दिनको जिन्दगिमा
हरेश कहिल्यै नखानु रे?

मेरो मृत्यु

आज राती सपानामा
मेरो जीवनको
मृत्यु भएको
म देख्दै छु ।
न कात्रो छ
लाश छोप्न
न कोहि छ वरिपरी
कस्तो वेवारिसे मृत्यु
लाग्यो यो एउटा
अभाबको मृत्यु हों
की मेरो शरिरको ।
म आफनो मृत्यु
आफै महसुस गदैछु
कस्तो विडम्बना
आफनो जीवनको
मृत्यु महसुस गर्नु ।
म बांच्दा सम्म
सबै संगै थिए
खुशीका पलपलमा
तर
पीडामा मेरो मृत्युको
रुने पनि कोहि रहेनछ ।
त्यसैले मेरो मृत्यु
मेरो सपनामा
वेवारिसे बनेको
अभावयुक्त बनेको छ ।

Monday, November 17, 2008

स्टाफ पार्टी ओल्हुवेली रिसॉर्ट माल्दिभ्स

ओल्हुवेली बिच & स्पा रिसोर्ट माल्दिभ्समाँ १६ नोभेम्बर २००८ माँ आयोजना गरियको स्टाफ पार्टीका कहीझलकहरु

पार्टीको लागी सेफहरू
उत्कृष्ठ इम्प्लोई ओक्टोम्बर को अवार्ड र प्रमाण-पत्र बितरण गर्दै नेत्र
वार्वक्यु ग्रिलमाँ श्रीलंकन फ़ूड कुतो रोसी बनाउदै नेत्र & सेफ डीडी

Friday, November 14, 2008


माल्दिभ्सको समुन्द्रमा फिसिंग

माल्दिभ्स को राजधानी माले

Tuesday, October 28, 2008

तिहार

तिहारको बेला रमाइलो होला म भय परदेशमा
रमाउन पाइन यो साल पनि नेपाली माटोमा ।।

मखमली फुल फुलेर गाउँ नै धकमक्क भाछ रे
धानको बाली पाकेर खेतमा पहेली छाछ रे ।।

छैन रे कतै हिलो र मैलो सफा छ सन्सार
घरहरु सबै भाछन रे दुलही सिँगारी चौपट्ट ।।

सबैको घरमा शुखको आभास शान्तिको कामना
सबैले पुज्छन काग र कुकुर आ- आफ्नै रितमा ।।

गाइको पूजा गरेर फेरी लक्ष्मीलाई पुजेका
धनकी देवी लक्ष्मी हुन भन्ने सबैले बुझेका ।।

देउसी र भैलो खेलेर गाउ अती छ रमाइलो
पिङको रनक छुट्टै छ फेरी सरर मच्चेको ।।

सयपत्री अनी मखमली गासी बुनेको त्यो माला
दिदिको हातको टिका लगाइ जन्थ्यौ नि पिङ मेला ।।

नेत्र प्रसाद शर्मा "नबनेत्र"
भकुन्डे -६, बाग्लुङ
हाल मल्दिभ्स

Sunday, October 26, 2008

तिहारको उपलक्ष्यमा हार्दिक शुभ-कामना

शुभ दीपावली २०६५ को शुखद उपलक्ष्यमा देश बिदेशमाँ रहनु भयका संपूर्ण नेपाली तथा हिन्दूजन हरुमा धन धन्य की देवी लक्ष्मीले कल्याण गरुन , जे लक्ष्य लियर बिदेशमाँ आफ्नो अमूल्य जीबन खर्चेका छौ त्यों सोचेभन्दा पनि बढ़ी र छोटो समयमा पुरा होस साथै स्वास्थमा कुनै खराबी नहोस यही छ मेरो दीपावलीको शुभ कामना!!
नेत्र प्रसाद शर्मा
भकुंडे -६ , बाग्लुंग
हाल माल्दिभ्स
हेल्लो : +९६०-७६८७५८४

Thursday, October 16, 2008

पत्याउनुस या नपत्याउनुस अचम्मैको केरा


Source: benionline.com.np
बागलुङ नगरपालिका-१, रामरेखाका महेन्द्र आचार्यले लगाएको यउटै केराको बोटमा २२५० बटा कोसा लागिसकेको छ भने केराको घारी अझै बढ्न सक्ने कृषी प्राविधिकहरुले बताएका छन‍। यो अनौठो केराको घारी हेर्न बागलुङ बजार र आसपासका स्थानबाट मानिसहरुको ओइरो लागेको छ ।

Sunday, October 12, 2008

फुल


फुलबारी भित्र फुल्छन रे फुल हजारौ थरिका
ति फूलको पनि हुन्छ रे फेरी फक्रिने तरीका ॥
कुनै चाहि फुल हुन्छ रे हेर अति नै उपयोगी
कुनैले भने लगिदिन्छ रे होसै बनाउछ बियोगी
कुनैले दिन्छ सुगंध त्यसै मोहनी लगाउने
कुनैले छाड्छ दुर्गन्ध अति सबैलाई भगाउने ॥
परागसेचन हुनको लागी चाहिन्छ रे भमरा
बिषाक्त फुल रहिछ भने मर्छ रे भमरा ॥

Saturday, October 11, 2008

मेरो भावना

-ऋचा शर्मा तिवारी
तिम्रो खुशीहरुमा रम्न चाहने मनहरु
आज एक्लोपनमा पनि रम्न सकेनन
तिम्रो खुशीहरु सँग बाच्ने सपनाहरु
आज तिमी विना पुरा हुन सकेनन् ।
मनहरु वग्छन् नदि झैं सलल
र अनि आँखाहरु रसाँउछन्
गला अवरुद्ध हुन्छन्
तिम्रो माया, स्नेह सम्झंदा
तिमी यतै कतै छौं ।
मेरो खुशीका निम्ति आफनो
जीवनका सपनाहरु विर्सेर
कति तिमी मेरो लागी बाँचेका छौं
आखीर किन ?

केवल
मेरो लागी
मेरो खुशीहरुमा , मेरा आँखाहरुमा
एउटा भीखारी समानको जीवन मेरो
तिमीसँग सधैं भीख माग्दैछु ।
केवल भीख
कहिले प्रेमको त कहिले खुशीको
अनी आफनो जीवनको निम्ती
जीवनकै भीख ।

सधै तिमी सँग माग्दैछु
अनगिन्ती वहानामा
अनगिन्ती भीखहरु
जीवनकोको मोडहरुमा ।

Thursday, October 9, 2008

माल्दिभ्समा पहिलो पटक बहुदलीय पद्दतिको राष्ट्रपतिय चुनाब

माउमूम अब्दुल गयूम ले माल्दिभ्समा बिगत ३० बर्ष देखि लगातार शासन चलाउदै आउनु भयको छ। अहिले उहाको प्रतिदोन्दिमा अन्य ५ जना उम्मेदबारहरूले हिजो भयको चुनाबमा प्रतिस्पर्दा गरेका थिय। अहिले सम्मको परिणाम हेर्दा गयुमको प्रमुख प्रतिदोन्दिमा माल्दिभ्स डेमोक्रेसी पार्टी का महम्मद नासीद रहेका छान । अहिले सम्मको परिणाम अनुसार गयूम ले ३९.८१% अथवा ५७४९५ भोट र महम्मद नासीदले २५.४२% अथवा 36709 भोट प्राप्त गरेका छान मत गणना जरी छ। अहिले सम्म ३११ भोट बक्सहरु गनिसकियको छ भने जम्मा ८४ भोट बक्सहरु गन्न बाकि रहेको यहाको मतदान कार्यालयले जनायको छ । तर यहाँ को नियम अनुसार यदि कुनै पनी उम्मेदबारले ५०% भोट प्राप्त नगरे पुन निर्बाचन गर्ने प्राबधान छ।
update:
Total Valid Votes Counted: 177008
Boxes counted: 395
Boxes not counted yet: 0
Maumoon Abdul Gayyoom 40.63%
71927 votes
Mohamed Nasheed (Anni) 25.05%
44342 votes
Dr. Hassan Saeed 16.86%
29840 votes
Gasim Ibrahim 15.24%
26978 votes
Umar Naseer 1.40%
2470 votes
Ibrahim Ismail 0.82%
1458 votes

सा: http://www।haveeru।com.mv

यो दशै होइन रहेछ मेरो लागि

हाम्रा चाड पर्बहरुले आ-आफ्नै परम्परा र सस्कृति बोकेर हामि माझमा आउने गर्छन तर यस्ता चाड पर्बहरुले कसैलाइ हसाउछन् त कसैलाइ रुवाउछन्। कसैको लागि दशै तिहार जस्ता महान चाडहरु मिलनका मुख्य बाहक बन्ने गर्छन त कसैका लागि मिलन हुन नसकेर निरासको दिन बिताउन बिबस हुने गर्छन। यस्ता महान चाडहरुले प्राय: बिदेशमा प्रबासि जिबन बिताइरहेका हजारौ नेपालीहरुलाइ स्वदेशमा फर्केर दुइ चार दिन भयपनि आ-आफ्नो परिबार तथा समाज सँग रमायर बस्नको लागि सन्देश लियर आउने गर्छन। तर बिबसता या बाध्यता भनौ यो सालको दशै र तिहार बिदेशी भुमिमा नै बित्ने भयो मात्रै मोबाइल र इमेल बाट शुभ-कामना बाडेर।
तर मलाइ यौटा कुरा झर्ल्यास्स याद आयो कि प्राय बस ट्रक जस्ता यातयातका साधनहरुमा लेखियको हुन्छ "पर्खि बस फर्कि आउने छु" यो उखान पक्कै लागु हुने छ आगामि बर्षहरुमा अनि म पक्कै पुग्ने छु बाबा-आमाको हातबाट टिका जमरा थाप्न र आशिर्बाद लिन भन्दै यो सालको दशैलाइ अन्य दिन भन्दा पनि उपयोगबिहिन तरिकाले ब्यतित गर्न पुगे। हिन्दुहरुको शक्ति स्वरुपेणि देवि भगवतिको पुजा आराधना गर्ने समयमा मुस्लिम सस्कृतीमा रम्न बाध्य भय।

Tuesday, October 7, 2008

दुरी बढ्यो की
आज किन आफंतले चिन्न छाडे कतै दुरी पो बढ़यो की
मलाइ बुझ्नै गाह्रो भो हिड्दा हिड्दै बाटोमाँ कतै गल्ती पो गरे की ॥

खै कतै उनिहरु नै बसाई सरेर धेरै टाढा पुगिसके की
म अचम्मै परे कतै सड़कमाँ चक्काजाम भैदियो की ॥

अझै पनी म खोज्दै छू उनीहरुलाई कतै बाटो बिर्सियकी भनेर
तर लुक्दैछन उनिहरु हुन सक्छ यो अभागिलाई साथ नदिऊ भनेर

कता कता मुटु जल्छ मनमा ब्यथा बढे जस्तो
अब खोज्न छाडी दिन्छु मेरो मन नि छैन सस्तो॥
नेत्र प्रसाद शर्मा
बागलुंग
हाल माल्दिभ्स

Saturday, October 4, 2008

Monday, September 29, 2008

बिजया दशमी तथा शुभ दीपावली २०६५ को शुखद उपलक्ष्यमा संपूर्ण देश बिदेशमाँ रहनु भयका नेपाली तथा हिन्दूजन हरुमा श्री दुर्गा भवानी तथा धन धन्य की देवी लक्ष्मीले कल्याण गरुन , जे लक्ष्य लियर बिदेश माँ आफ्नो अमूल्य जीबन खर्चेका छौ त्यों सोचेभन्दा पनि बढ़ी र छोटो समयमा पुरा होस साथै स्वास्थमा कुनै खराबी नहोस यही छ मेरो दशैं तथा दीपावलीको शुभ कामना!!
नेत्र प्र शर्मा (चापागाई)
भाकुंडे - ६ बाग्लुंग
हाल माल्दिभ्स

Thursday, September 25, 2008

थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!
- नेत्र प्र शर्मा
थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!
उसैसँग घरजम गर्ने बाचा बाधीछेउ रे!
साथीसंगीले आज यथार्थ कुरा गर्दा मरी मरी हासिछेउ रे!
थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!!
थाहा भो उतै नजिकैमा एउटा केटा रोजीछेउ रे!
प्रेमलाई आज बजारमा बेचिछेउ रे!
सम्झनाको लहरलाई धेरैं ठाउमा भाचिछेउ रे !
थाहा भो नयाँ प्रेमी रोजिछेउ रे! थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!!
<<>><<<>>
थाहा भो मलाई उसैसँग बिहे तिम्रो हुँदै छ रे !
उस्कै तस्बिर मन भित्र सजाएर राखिछेउ रे!
तिम्रो पुरानो प्रेमिले सम्झाउदा मरी मरी हासिछेउ रे,
झुटो कुरा गरिछेउ रे! थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!!
<<>><<<>>
बुझे मैले फेरी आज राम्रो कुरो पच्दैन रे!
केटा पनि तिमी बिना यो संसारमा बाच्दैन रे!
राम्रो कुरा गर्दा खेरी नाना थरी सोचिछेउ रे!
थाहा भो नयाँ प्रेमी रोजिछेउ रे! थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!!
<<>><<<>>
थाहा भो घर छाडेको दुई -चार दिन मै नयाँ प्रेमी बनाईछेउ रे
धोका खादा पछी बल्ल तिमी कुरा बुझ्ने छेउ रे!
साथी संगीले पुरानो कुरा सम्झाउदा भोली बल्ल घुक्क घुक्क रुनेछेउ रे!!
थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!!
<<>><<<>>
तिमीले पक्कै यो कबिता यक पटक पढ्ने छेउरे!
कमजोरीले हिडदा हिडदै बाटैमा तिमी लड्नेछेउ रे!
त्यो बेलामा बल्ल तिमी मेरो कुरो बुझ्ने छेउ रे !
थाहा भो नयाँ प्रेमी रोजिछेउ रे! थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!!
<<>><<<>>
थाहा भो छुट्टीमा तिमी उसै सँग बाजार आउछेउ रे!
उसैसँगै जिउने कसम तिमी खान्छेउ रे!
सुन्दै छु तिमी उसै सँग घर जादै छेउरे!
थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!
थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!!
<>><<<>>
थाहा भो दुई चार पटक फोनमा कुरा गरिछेउ रे!
उसको बिजोग भाको सुन्दा मरी मरी हासिछेउ रे!
सबै कुरा झुटा गरी उसलाई धोका दिदै छेउ रे!
थाहा भो नयाँ प्रेमी रोजिछेउ रे! थाहा भो नयाँ प्रेमी रोजिछेउ रे!!
<<>><<<>>
(यो कबिता कसैको प्रत्यक्ष जीवनमा घटकों र घट्नसक्ने घटनाको आधारमा तयार पारीयको हो, यसबाट कसैमा चोट पर्न गयमा क्षमा प्रार्थी छु।) लेखक
शुभ-कामना
-नेत्र प्र. चापागाई
सदा हर्श उमंग छाओस हामी नेपालीजनमा
दु:ख र चिन्ता होइन कसैलाई सुखको आभास मनमा
दानबको बास नहोस् है घरमा देवी कै बास घरमा
देशमा पनि होस् है शान्ती सबको मन बुध्दमा
बिर्सियर पनि नहोमिउन कोही फेरी उही युध्दमा
राम्ररी पुगोस मल र जल गणतन्त्रको बिरुवामा
नलडुन जनता प्रान्त,धर्म,जात र भातमा
दशैले पनि दिओस है सन्देश मेलमिलापको बाटोमा
म के दिन सक्छु र यहाँहरुलाई खुसियालिको यो क्षणमाँ
मात्र ५ अक्षर मिलायर सानो शब्द शुभ-कामना

Tuesday, September 16, 2008

बिहेमा बजाइदै गरेको पंचे बाजा -यस्तो बाजा प्राय धौलागिरी तीर प्रचलित छ।

Monday, September 15, 2008

तासले भयो स्वर्गबास

माल्दिभ्सको लोनादु हुट्टा रिसोर्ट प्रोजेक्टमाँ कार्यरत १ जना बंगालादेशी कामदार ले झुण्डीयर आत्महत्या गरेका छान । प्राप्त जानकारी अनुसार १४ सेप्टेम्बर का दिन जुवामाँ कही रकम हार्न पुगेका उनी सामान्य झगडा पछि कार्यालय प्रशासन र अन्य कामदारको आखा छली १५ सेप्टेम्बर का दिन बिहान बन्दै गरेको मसाज सेंटर भित्र प्रोजेक्ट्मा प्रयोग गरियको जिआई पाईपमाँ झुण्डीयर आत्महत्या गरेका थीय।

Friday, September 12, 2008

माल्दिभ्समा १ नेपाली कामदारको मृत्‍यु
नेत्र प्र शर्मा/माल्दिभ्स
मानबको जन्म सङ्गै मरण पनि आइरहेको हुन्छ तर बिधिको बिधान नै यस्तै नै छ मानबले सोचे जस्तो, के हुनु पर्ने हो र के नहुनुपर्ने हो ठिक बिपरित घटनाहरु घट्ने भैरहेको हुन्छ। यस्तै घटना घट्न पुग्यो यहा मल्दिभ्समा; पनि यहि सेप्टेम्बर ११ तारिकका दिन मोरङ घर भई हाल माल्दिभ्सको माधूगली रिसॉर्टमाँ कार्यरत श्री राज राइले हामी सबैबाट बिदा लियर यो सन्सारबाट बाहिरिन पुगे। सेप्टेम्बर ११ तारिकका दिन पौडी खेल्न गयका स्वर्गीय राइको समुन्द्रमाँ डुबेर मृत्यु भयको थियो । यो शोकको घडिमा उहाको मृत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार प्रति श्री पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति दिउन।

Wednesday, September 3, 2008

प्रधानमंत्री पुष्पकमल दाहाल (प्रचंड) ले बी बी सी संग दीयको पहिलो अन्तर्बार्ता सुन्न यहाँ क्लीक गर्नुहोस :
http://www.bbc.co.uk/mediaselector/ondemand/nepali/meta/dps/2008/09/080902_prachanda_pm_iv?bgc=003399&lang=ne&nbram=1&nbwm=1&ms3=6&ms_javascript=true&bbcws=1&size=au

Tuesday, September 2, 2008

माल्दिभ्स र नेत्र


रेलको यात्रा

सफरी बोट

मल्दिबियंन बोट को यात्रा

सफरी बोट

नेत्र र टिकाराम

Saturday, August 30, 2008

२०६५ सालको हरितालीका तीजको उपलक्ष्यमा समस्त दीदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
http://www।mefeedia।com/entry/teej-ko-geet-i/4947109/

नेत्र प्रसाद शर्मा
बागलुंग
हाल माल्दिभ्स

Thursday, August 21, 2008

बैदेशिक रोजगारीका लागि माल्दिभ्स नेपाल, नेपाली; समस्या र चुनौतिहरु:

बैदेशिक रोजगारीका लागि माल्दिभ्स नेपाल, नेपाली; समस्या र चुनौतिहरु:
"घर नखायको छोरी र प्रदेश नपसेको छोरालाई के थाहा" यो नेपाली उखान लगभग नसुनेको कोही पनि नेपाली पाइन्न होला; त्यती मात्र नभयर घर नखायको छोरी पाउन त सकियला तर प्रदेश नपसेको छोरा पाउन गाह्रो नै पर्ने भईसकेको छ अहिले नेपालमा ।। यसरी बिदेशिने क्रममा नेपालीहरु युरोप अमेरिका, खाडी मुलुकहरु साथै सार्कका केही देशहरुमा पनि रोजगारिको शिलशिलामा जाने गरेको पाईन्छ। सार्क देश मध्यको सानो देश माल्दिभ्समा अहिले आयर झन्डै चार हजारको हाराहारीमा नेपालीहरु भयको अनुमान छ। बिगत यक -दुइ बर्ष यता नेपाली यहाँ आउने क्रम ह्वात्तै बढेको पाईन्छ । तर अहिले आयर दिनानुदिन महिलाहरुको माल्दिभ्स आगमन पनि बढी उत्साहजनक देखियको छ, यहाँको राजधानी मालेका धेरै जसो घरहरुमा हाउस मेड र केही ब्युटी पार्लरहरुमा मनग्य नेपाली महिलाहरु भयको पाईन्छ।
प्राप्त श्रोतहरुका अनुसार माल्दिभ्समा नेपालीहरुको प्रवेश सन १९९२ तिरबाट सुरु भएको र पछी आयर सन २००० तिरबाट यो क्रममा बृद्धि हुँदै गएको पाईन्छ । यहाँ रोजगारीको अवसर सबैलाई समान रुपमा उपलब्ध भएकाले नेपालीहरु स-साना काम देखी लियर ठूला काममा कार्यरत भयको पाईन्छ । केही अनुभब बटुलेका तथा राम्रो शिक्षा हुनेहरु होटेल तथा रिसोर्टहरुमा संलग्न छन भने थोरैको संख्यामा भय पनि कोही डाक्टर, इञ्जिनियर र मेनेजर पनि भयको पाईन्छ।
यहाँ समस्या र चुनौतीको कुरा गर्दा नेपालीहरुले आफ्‍नो दक्षता र सीपलाई सही सदुपयोग र क्षेत्रमा उपयोग गर्न सकिरहेका छैनन त्यसैले गर्दा आफ्नो कामलाई उचित मूल्यमा बेच्न सकेका छैनन । मुख्य रुपमा शिक्षाको कमिले गर्दा भाषामा दक्ष नहुनु र आफूले जानेको दक्षता र सीप यहाँको श्रम बजारमा निश्चित मापदण्डमा नपुग्नु नै मुख्य समस्या रहेको छ ।। यसरी हेर्दा यहाँ रहेका नेपालीहरुलाई भाषा, ज्ञानसम्बन्धी कार्य क्षेत्रको न्यूनतम आधार नहुनु जस्ता चुनौतीहरु देखिन्छन भने दलालबाट झुटा आश्र्वासन दिने र तिनै आश्र्वासनको भरमा नेपाली युवा युवतिहरु हामफल्ने क्रम जारी रहनु हो। भारतको केरलामा हेर्दा त्यहा ३-४ वटा गेस्ट हाउसहरु नेपाली युवा युवतिहरु जो माल्दिभ्सको कुनै राम्रो कम्पनिमा गयर मनग्य धन कमाउने सपना मनमा बोकेर बसिरहेको पाईन्छ । नेत्र प्र शर्मा
बाग्लुङ
हाल माल्दिभ्स

Monday, April 14, 2008

बजारको दुध पिउने बानी

लागेको छ रे तिमीलाई आज बजारको दुध पिउने बानी
त्यहि दुधको खोजिमा पर्खि बस्छउ रे तिमी।।

हुन त हुन्छ त्यो दुधको पनि रङ्ग एउटै
सोच्छउ रे तिमी त्यसलाई मनको देबता नै ।।

तिमीलाई चाहिदो रहेन छ कुनै गुणस्तर दुधमा
साच्चै तिमी पुग्दा रहेछौ भेट्दा वुधमा ।।

बजारमा पनि हुन्छ रे दुध धेरै किसिमको
प्रयोग गर्नु पर्ने थियो जाँच्नलाई तिमी मेशिनको ।।

कुनै दुध हुन्छ रे मख्खन निकाली सकेको
त्यो त हुनुपर्ने होइन र धेरै नै सस्तो ??

बिचार गर तिमी अझै मिसावट पनि हुन सक्दछ
त्यस्तो दुधले त हजुर सबैलाई रोगै निम्त्याउन सक्दछ

नेत्र प्र. शर्मा
माल्दिभ्स

माल्दिभ्समा हर्षोल्लासका साथ नब बर्ष मनाइयो

११ अप्रिल २००८ का दिन माल्दिभ्समा रोजगारीका लागि बिभिन्न स्थानमा छरिएर रहेका नेपालीहरुले हर्षोल्लासका साथ नब बर्ष २०६५ मनाएका छन । नेपाल-माल्दिभ्स मैत्री समाजले माल्दिभ्सको राजाधानी नजिकै अबस्थीत कुडाबान्डोस नामको टापुमा आयोजना गरेको बनभोज कार्यक्रममा झन्डै २०० जना नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरुको सहभागिता रहेको थियो । सो बनभोज कार्यक्रमको लागि मालेबाट उक्त कुडाबान्डोस टापुसम्म जान र फर्किनको लागि बिभिन्न ५-५ वटा डोनिहरुको ब्यबस्था गरिएको थियो भने उक्त यातायातको ब्यबस्था समाजका सल्लाहकार चित्र राज पौडेलले गर्नु भएको थियो।
कार्यक्रमको सन्चालन समाजका सचिब रघु भट्टराईले गर्नु भएको थियो भने कार्यक्रम समाजका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । खेलकुद कार्यक्रमको जिम्मा चित्र र कुलचन्द्र वस्तीले लिनु भएको थियो भने सांस्कृतिक कार्यक्रम शिव रेग्मी, सालीकराम र कोपिला पौडेलको नेत्रित्वमा सम्पन्न भएको थियो, त्यस्तै खान-पानको ब्यबस्थापन बमजन गौतम, देबेन्द्र, तिलक गुरुङ, अनुप, लक्ष्मण, युवराज, बिष्णु, श्याम लगायतका साथीहरुको नेत्रित्वमा सम्पन्न भएको थियो । बिजयी भलिबल खेलाडिहरुलाई अध्यक्ष अधिकारिले पुरस्कार बितरण गर्नु भएको थियो । भने सचिब रघु भट्टराई तथा उपाध्यक्ष बालाकृष्णले शुभ कामना मन्तब्य दिनु भएको थियो । नेपाली गीतमा एकजना साहभागि युरोपीयन नागरिक समेत नाचेर कार्यक्रमलाई झनै रोमान्टिक बनाएका थिए । अन्त्यमा अध्यक्ष अधिकारीले सम्पूर्ण उपस्थित सहभागिलाई शुभ-कामना तथा धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

नेत्र प्रशाद शर्मा
माल्दिभ्स
हेल्लो ००९६०-७६८७५८४

Tuesday, February 26, 2008

आजको मान्‍छे

ऊपदेश दियो - मुन्‍टो बटार्छ

आश्रय दियो - टाउकोमा टेक्‍छ

प्रेम गर्यो - धोका दिन्‍छ

बिश्‍वाश गर्यो - घात गर्छ

आफन्‍त सम्‍झ्‍यो- पराइ ठान्‍छ

अमृत दियो -- बिष ठान्‍छ

सम्‍मान दियो - घमण्ड गर्छ

देबता मान्‍यो - दानब बन्‍छ

इज्‍जत दियो- बेइज्‍जत गर्छ


नेत्र प्रसाद शर्मा
भकुन्डे-६, बाग्लुङ
हाल माल्दिभ्स
हेल्लो:
००९६०-७६८७५८४

Friday, February 22, 2008

माल्दिभ्स

पर्यटनको मुख्य खानी देख्दा सानी सानी
साना साना टापु मात्रै वरिपरी पानी।।

हराबरा टापुहरु आकर्षणका खानी
गेष्टहरु बस्छन यहाँ स्वर्ग जस्तै ठानी।।

यातायातका साधन पनि हुन्छन थरिथरी
इयर टेक्सी, डोनी, वोट चल्छन वरीपरी।।

संसारका सबै ठाउका मान्छे यहाँ आउछन
यहाँ बस्दा सबै जना छुट्टै संसार पाउछन।।

कैयौ जना यहाँ आइ प्रेम जोडी रोज्छन
कतिले त यही आइ बिहेबारी गर्छन।।

हनिमुनर जोडीहरु झनै रम्ने यहाँ
न त धेरै गर्मी हुन्छ न त जाडो जहाँ।।

टापुहरु पानीबाट छैन त्यती माथी
जमिनको उचाइ जम्मा २-३ मिटर जती।।
नेत्र प्रसाद शर्मा
भकुन्डे-६, बाग्लुङ
हाल माल्दिभ्स
हेल्लो: ००९६०-७६८७५८४

Friday, February 15, 2008

फूलको थुङ्गा

फुलबरी भित्र फूलको थुङ्गा ओइलेर झरेछ,
देख्न नै नपाई त्यो थुङ्गा पनि सडेरै गयछ।।

त्यो थुङ्गा माथि भमराहरु रिग्दै थिय छन त,
सकिन मैले भमराहरु कती थिय गन्न त ।।

छन त थियन रसको थोपा पराग मात्रै हो,
तै पनि पराग सेचन गर्न भमरा चाहिने भो।।

भमरा पनि गतिलो भय रस खोज्न जाने थियो,
बिचरा जान सकेन टाढा त्यसैमा कसियो।।

जे भय पनि भमरा चाँही चाहियकै थियो रे,
खुशी को कुरा अब त भने सेचन हुने भो।।
मल्दिभ्समा नेपाली कामदारहरुको प्रवेश, अवस्था, रोजगारीको अवसर, समस्या र चुनौतीहरु:



प्राप्त जानकारी अनुसार माल्दिभ्समा नेपालीहरुको प्रवेश सन १९९२ तिरबाट सुरु भएको र पछी गयर सन २००० तिरबाट यो क्रममा बृद्धि हुँदै गएको पाईन्छ । अहिले नेपालीहरु भित्रिने क्रम चरम-चुलिमा पुगेर अनुमानित करिब ४-५ हजार नेपाली माल्दिभ्समा विभिन्न पेशामा कार्यरत रहेको पाइन्छ । यहाँ रोजगारीको अवसर सबैलाई समान रुपमा उपलब्ध भएकाले नेपालीहरु स-साना काम देखी लियर ठूला काममा कार्यरत भयको पाईन्छ । केही अनुभब बटुलेका तथा राम्रो शिक्षा हुनेहरु होटेल तथा रिसोर्टहरुमा अफिस सेक्रेटरी, सेक्यूरिटी पेशामा संलग्न छन भने अलिक बढी दक्षता हुनेहरु डाक्टर, इञ्जिनियर, मेनेजर जस्ता पेशामा रहेका छन भने मस्ट अफ द लेडिजहरु हाउस-मेड र कही कतै रेस्टुरेन्ट परिचालिका र फिश प्रोडुक्सन कम्पनीहरुमा हेल्परको रुपमा रहेको पाईन्छ। यहाँ समस्या र चुनौतीको कुरा गर्दा नेपालीहरुले आफ्‍नो दक्षता र सीपलाई सही सदुपयोग र क्षेत्रमा उपयोग गर्न सकिरहेका छैनन त्यसैले गर्दा आफ्नो कामलाई उचित मूल्यमा बेच्न सकेका छैनन । मुख्य रुपमा शिक्षाको कमिले गर्दा भाषामा दक्ष नहुनु र आफूले जानेको दक्षता र सीप यहाँको श्रम बजारमा निश्चित मापदण्डमा नपुग्नु नै मुख्य समस्या रहेको छ । । यसरी हेर्दा यहाँ रहेका नेपालीहरुलाई भाषा, ज्ञानसम्बन्धी कार्य क्षेत्रको न्यूनतम आधार नहुनु जस्ता चुनौतीहरु देखिन्छन भने दलालबाट झुटा आश्र्वासन दिने र तिनै आश्र्वासनको भरमा नेपाली युवा युवतिहरु हामफल्ने क्रम जारी रहनु हो। भारतको केरलामा हेर्दा त्यहा ३-४ वटा गेस्ट हाउसहरु नेपाली युवा युवतिहरु जो माल्दिभ्सको कुनै राम्रो कम्पनिमा गयर मनग्य धन कमाउने सपना मनमा बोकेर बसिरहेको पाईन्छ ।

हाल माल्दिभ्समा सामाजिक सस्थाको रुपमा यक नेपाल- माल्दिभ्स मैत्री समाज को स्थापना भयको छ। जुन सस्थाले अरु नभयपनी प्रत्यक नेपाली नयाँ बर्ष तथा बिजया दशमीमा पिकनिक कार्यक्रमको आयोजना गर्ने गरेको छ जसले गर्दा केही मात्रामा भय पनि नेपाली दाजु-भाइ तथा दिदि-बहिनिहरुको जमघट तथा परिचय हुने हुन्छ। यसका साथै यहाँ कामगर्ने क्रममा ज्यान गुमाउन पुगेका २ जना नेपालीहरुको परिवारको सहयोगार्थ पैसा सन्कलन गरी घर सम्म पुर्याउने काम गरेको छ। यि त भय यस समाजका साकारात्मक पक्ष भने अर्को तिर बाहिरबाट हेर्दा यहाँको यो सस्था अगाडि बड्नमा केही बाधा अड्चल हरु भयको देखिन्छ जसमा समाजका पदाधिकारीहरुमा आपसी मुटभेद हुनु र आपसी अहमबधी र संकोचको भाबना हुनु हो। त्यसैले यदी यो सस्थाले भोली भबिष्यमा केही गर्नु छ भन्ने धारणा राख्ने हो भने हामी सबै आज भौतिक रुपमा नेपाल बाहिर रहे पनि हाम्रो पूर्ण आत्मा र मन सदैव नेपालमा नै छ र रहने छ भन्ने सोच बनायर जो जहाँ जसरी जस्तो काम गरे पनि हामी नेपाली हौ र सबैको मर्का हाम्रो मर्का हो भन्ने सोच बनाएर कार्य गर्नु पर्ने हुन्छ। यदी त्यसो हुन सके मात्र यो सस्था हामी सबै नेपालीको साझा सस्था बन्न सक्छ।