Thursday, October 9, 2008

यो दशै होइन रहेछ मेरो लागि

हाम्रा चाड पर्बहरुले आ-आफ्नै परम्परा र सस्कृति बोकेर हामि माझमा आउने गर्छन तर यस्ता चाड पर्बहरुले कसैलाइ हसाउछन् त कसैलाइ रुवाउछन्। कसैको लागि दशै तिहार जस्ता महान चाडहरु मिलनका मुख्य बाहक बन्ने गर्छन त कसैका लागि मिलन हुन नसकेर निरासको दिन बिताउन बिबस हुने गर्छन। यस्ता महान चाडहरुले प्राय: बिदेशमा प्रबासि जिबन बिताइरहेका हजारौ नेपालीहरुलाइ स्वदेशमा फर्केर दुइ चार दिन भयपनि आ-आफ्नो परिबार तथा समाज सँग रमायर बस्नको लागि सन्देश लियर आउने गर्छन। तर बिबसता या बाध्यता भनौ यो सालको दशै र तिहार बिदेशी भुमिमा नै बित्ने भयो मात्रै मोबाइल र इमेल बाट शुभ-कामना बाडेर।
तर मलाइ यौटा कुरा झर्ल्यास्स याद आयो कि प्राय बस ट्रक जस्ता यातयातका साधनहरुमा लेखियको हुन्छ "पर्खि बस फर्कि आउने छु" यो उखान पक्कै लागु हुने छ आगामि बर्षहरुमा अनि म पक्कै पुग्ने छु बाबा-आमाको हातबाट टिका जमरा थाप्न र आशिर्बाद लिन भन्दै यो सालको दशैलाइ अन्य दिन भन्दा पनि उपयोगबिहिन तरिकाले ब्यतित गर्न पुगे। हिन्दुहरुको शक्ति स्वरुपेणि देवि भगवतिको पुजा आराधना गर्ने समयमा मुस्लिम सस्कृतीमा रम्न बाध्य भय।

No comments: