तिहारको बेला रमाइलो होला म भय परदेशमा 
रमाउन पाइन यो साल पनि नेपाली माटोमा ।। 
मखमली फुल फुलेर गाउँ नै धकमक्क भाछ रे 
धानको बाली पाकेर खेतमा पहेली छाछ रे ।। 
छैन रे कतै हिलो र मैलो सफा छ सन्सार   
घरहरु सबै भाछन रे दुलही सिँगारी चौपट्ट ।। 
सबैको घरमा शुखको आभास शान्तिको कामना 
सबैले पुज्छन काग र कुकुर आ- आफ्नै रितमा ।। 
गाइको पूजा गरेर फेरी लक्ष्मीलाई पुजेका 
धनकी देवी लक्ष्मी हुन भन्ने सबैले बुझेका ।। 
देउसी र भैलो खेलेर गाउ अती छ रमाइलो 
पिङको रनक छुट्टै छ फेरी सरर मच्चेको ।। 
सयपत्री अनी मखमली गासी बुनेको त्यो माला 
दिदिको हातको टिका लगाइ जन्थ्यौ नि पिङ मेला ।। 
नेत्र प्रसाद शर्मा "नबनेत्र"
भकुन्डे -६, बाग्लुङ 
हाल मल्दिभ्स
Tuesday, October 28, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment