Wednesday, December 17, 2008

मेरो मृत्यु

आज राती सपानामा
मेरो जीवनको
मृत्यु भएको
म देख्दै छु ।
न कात्रो छ
लाश छोप्न
न कोहि छ वरिपरी
कस्तो वेवारिसे मृत्यु
लाग्यो यो एउटा
अभाबको मृत्यु हों
की मेरो शरिरको ।
म आफनो मृत्यु
आफै महसुस गदैछु
कस्तो विडम्बना
आफनो जीवनको
मृत्यु महसुस गर्नु ।
म बांच्दा सम्म
सबै संगै थिए
खुशीका पलपलमा
तर
पीडामा मेरो मृत्युको
रुने पनि कोहि रहेनछ ।
त्यसैले मेरो मृत्यु
मेरो सपनामा
वेवारिसे बनेको
अभावयुक्त बनेको छ ।

No comments: