नसोच जिवन ब्यर्थ छ भनेर, 
त्यो त प्रकृतिको प्रसाद हो ।। 
नगर तुलना दुख अनि धोखासङ्ग मात्रै, 
त्यो त केबल बर्षात हो ।। 
बर्षात बन्छ कालो बादलको गोधबाट तर, 
बर्षात पछि आकास अबस्य खुल्छ।।
सत्कर्ममा बिस्वास राख्दै अघी जो बढ्न सक्छ, 
त्यसले त्यो कालो इतिहास अबस्य भुल्छ ।।
नसोच म जन्मेको केबल आफ्नो लागि मात्रै भनेर, 
तिमिसङ्ग अर्को पाटो पनि त गासियको छ ।।
के भो त तिम्रा केहि खुसीहरु लुटिय पनि,
रित्तियको त छैन नि कहि कतै साचियको छ ।।
नडुलाउ मन अतितलाइ सम्झेर, 
त्यो त बितेर गैसक्यो ।। 
सोच्नु छ भबिस्य अनि रमाउनु छ बर्तमानमा, 
सङ्हर्ष त हाम्रो नियति नै भैसक्यो।। 
~ टिकाराम रेग्मि "सङ्घर्ष सहयात्री" 
जुम्ला सिन्जा 
हाल माल्दिभ्सबाट 

No comments:
Post a Comment