Monday, April 14, 2008

माल्दिभ्समा हर्षोल्लासका साथ नब बर्ष मनाइयो

११ अप्रिल २००८ का दिन माल्दिभ्समा रोजगारीका लागि बिभिन्न स्थानमा छरिएर रहेका नेपालीहरुले हर्षोल्लासका साथ नब बर्ष २०६५ मनाएका छन । नेपाल-माल्दिभ्स मैत्री समाजले माल्दिभ्सको राजाधानी नजिकै अबस्थीत कुडाबान्डोस नामको टापुमा आयोजना गरेको बनभोज कार्यक्रममा झन्डै २०० जना नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरुको सहभागिता रहेको थियो । सो बनभोज कार्यक्रमको लागि मालेबाट उक्त कुडाबान्डोस टापुसम्म जान र फर्किनको लागि बिभिन्न ५-५ वटा डोनिहरुको ब्यबस्था गरिएको थियो भने उक्त यातायातको ब्यबस्था समाजका सल्लाहकार चित्र राज पौडेलले गर्नु भएको थियो।
कार्यक्रमको सन्चालन समाजका सचिब रघु भट्टराईले गर्नु भएको थियो भने कार्यक्रम समाजका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । खेलकुद कार्यक्रमको जिम्मा चित्र र कुलचन्द्र वस्तीले लिनु भएको थियो भने सांस्कृतिक कार्यक्रम शिव रेग्मी, सालीकराम र कोपिला पौडेलको नेत्रित्वमा सम्पन्न भएको थियो, त्यस्तै खान-पानको ब्यबस्थापन बमजन गौतम, देबेन्द्र, तिलक गुरुङ, अनुप, लक्ष्मण, युवराज, बिष्णु, श्याम लगायतका साथीहरुको नेत्रित्वमा सम्पन्न भएको थियो । बिजयी भलिबल खेलाडिहरुलाई अध्यक्ष अधिकारिले पुरस्कार बितरण गर्नु भएको थियो । भने सचिब रघु भट्टराई तथा उपाध्यक्ष बालाकृष्णले शुभ कामना मन्तब्य दिनु भएको थियो । नेपाली गीतमा एकजना साहभागि युरोपीयन नागरिक समेत नाचेर कार्यक्रमलाई झनै रोमान्टिक बनाएका थिए । अन्त्यमा अध्यक्ष अधिकारीले सम्पूर्ण उपस्थित सहभागिलाई शुभ-कामना तथा धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

नेत्र प्रशाद शर्मा
माल्दिभ्स
हेल्लो ००९६०-७६८७५८४

No comments: