Monday, January 5, 2009

प्रदेशिको पत्र

श्री पुज्यनीय आमा नेपाल,
लोकतान्त्रीक् साष्टाङ्ग दन्डबत्
केहि दिन आगाडि मैले मिडिया मार्फत थाहा पाय अनुसार बिजुली बाहादुर अहिले साह्रै नै सिकिस्त बिरामी परेर दिनमा बल्ल बल्ल लौरो टेकेर ८-१० घन्टामात्र अडिन सक्ने भाको सुन्दा मलाइ साह्रै नै चिन्ता लागिरहेको छ। के गर्ने अहिले सम्म त्यस्तो अनुभबि डाक्टर देशमा नभयकोले हुनसक्छ बिमार अझै बढ्न सक्ने देखियको छ।
ठिकै छ छडिदिउ बिजुली बहादुरको बिमार जे सुकै हुन्थ्यो सन्चार प्रसादको खबर पनि उस्तैछ। उ पनि पागल नै भयर भौतारियको छ रे जति नै भेट्ने प्रयास गरे पनि सकिदैन रे? र भेटिहाले पनि फेरि भेट्ने सल्लाह दियर भागिहल्छ रे। यी दुबै जनाले उपचारको लागि राम्रो डाक्टरको पर्खाइमा आ-आफ्नो रोग पालेर बसिरहेका छन रे अझै।
तिम्रो यक मुख्य पहिचान बनेका पशुपति जिको पनि वास्ता गर्न छाडिसकियको छ रे आज भोलि त, सच्चिकै भन्दा तिम्रो अङ्ग रक्षकको भुमिका खेलिरहेका पशुपतिजिलाइ नै तिम्रो सुरक्षार्थ नराखि कतै उनिहरुले आफ्नो सुरक्षा मा प्रयोग गर्न खोजेका त होइनन? कित नेपाल नामलाइ बिस्वमा कसैले नसुनोस भन्ने हेतुले यहका पहिचान गराउने तत्व वा स्थानको अन्यत्रै स्थानान्तर गर्न खोजियको हो? यदि यस्तै सोचमा पुगियको हो भने सगरमाथा लाइ पनि कुनै देशलाइ हस्तान्तरण गर्दा हुन्छ।किनकि बिस्वमा हिन्डु रज्यको रुपमा चिनिने देश को उपमा हाराइसकेको छ, यसै गरि पशुपतिनाथलाइ पनि हिन्दुस्थान (भारत) मा स्थानान्तरण गरे कुनै पुजारि को झगडा पनि नहुने अनि त्यहा कुनै लिग वा दस्ता वा बृगेड राख्न सकिन्छ।
नेत्र प्रसाद चापागाई
बाग्लुंग नेपाल

No comments: