Tuesday, February 13, 2007

गजल
सकिन तिमि सङ्ग हिजो मैले प्रस्ताब कुनै राख्नलाइ
भयो पछुतो आज तिमिबाट टाढा भयर बस्दा मलाइ।।
छन त छदै छ तिम्रो सम्झना पल पल मेरो मनमा
के गर्ने टाढा भयर देखाउन नमिल्ने तिम्रो आखामा।।
हुन त तिमिले बिर्सियर हुन सक्छ मेरो वास्ता नगरेको
तिमिलाइ थाहा छैन यो मेरो मन कति छ रोइरहेको।।
म इज्जत राख्न चाहन्थे सबैको सकिन भन्नलाइ
त्यसैले गर्दा धोका भयो आज थाहा छैन तिमिलाइ।।
तिमिलाइ सम्झि आज म टोलाइ रहन्छु पल पलमा
तर के गर्ने पाउन सक्दिन तिमिलाइ खोज्दै छु सागरमा।।
छैन कुनै खबर आज तिम्रो कतै डोली त चढिनौ
कता छौ आज कस्को साथ लियौ खै किन भन्दिनौ।।
तिमिले बिर्से पनि आज म सक्दिन भुल्नलाइ
तिमिले बिर्सियर गयौ भने सक्देन यो कोपिला फुल्नलाइ।।

कोपिला फुल्नलाइ।।।
नेत्र प्र शर्मा
बाग्लुङ भकुण्डे
हाल माल्दिभ्सबाट

No comments: