मेरो जन्म भुमि भकुण्डे
नेपाल देश बाग्लुङ जिल्ला भकुण्डे गाँउ मेरो
 बर्णन गर्ने कसो गरी ठ्याम्मै स्वर्ग जस्तो।।
 वरिपरी बनपाखा खोला नाला साथमा
 मोती जस्तै टलकिने धौलागिरी काखमा ।।
 बाग्लुङ बजार घुमिकन भकुण्डेमा जाउला
 तालबाराही मन्दिर घुमी चोखो माया लाउला।।
 भकुण्डेको स्वाच्छ हावा खाँदै घुमौला
 भकुण्डेमा बसुन्जेली स्वर्गाभास् गरौला ।।
 उत्तर पर्छ काली गंगा दक्षिण सौर्य डाँडा
 पूर्व पर्छ मुलाबारी पश्चिम रिठ्ठे खोला ।।
 यक पटक पुगी हेर्यौ त्यो मन होला कस्तो
 पक्कै महशुस हुने छ है स्वर्ग पुगे जस्तो ।।
 मुलाबारी घुम्दै घुम्दै भैरबस्थान पुगौला
 दर्शन लिइ भैरबको हिरा ताल घुमौला ।।
 भैरब मा बि हुँदै हुँदै निफ्न्ने झरौला
 कहिल्यै पनि नबीर्सने बाचा गरौला ।।
नेत्र प्रसाद शर्मा (चपागाँइ )
भकुण्डे - ६ बाग्लुङ
हाल मल्दिभ्सबाट
Tuesday, February 13, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment