Thursday, March 8, 2007

हे नेपाली हो!
नेत्र प्र शर्मा
भकुण्डे-६, बाग्लुङ

हे नेपाली हो! किन तिमीहरु स्वार्थमा भुल्छौ यसरी
बिर्स्यौ नेपाली नाता कस्तो हुनुपर्ने हो? कसरी।।

तिमी गर्छौ एक नेपालीको अपमान जँहा जसरी
सिङ्गै नेपालको अपमान भैरहेको हुन्छ त्यहा त्यसरी।।

मानव-मानव सबै एकै हो उ गल्ती पनि गर्न सक्दछ
तर आफु गल्ती गर्दा उ किन पुच्छर लुकाएर भाग्दछ।।

हिजो गरेका हौला तिमी पनि केहि गल्ति बचाए होलान कसैले
तर कति चाडो बिर्सिन सक्यौ त्यसलाइ सजिलै तिमिले।।

नेपाली नाता छैन कि क्याहो तिमीमा कि बिर्सेयौ नेपाललाइ
कि कतै यतै बस्ने पो हो कि जुग जाने कुनै केटीलाइ समाइ।।

अनि फेरि गल्ति भन्ने शब्द छदै छ शब्दकोशमा
नभएको होइन अर्को शब्द क्षमा पनि त इतिहासमा।।

कि त हटाउनु पर्यो यी दुबै शब्द शब्दकोश बाट नै
अन्यथा हुनु पर्ने होइन र दुबैको उपयोग बराबरै??

No comments: