Thursday, March 29, 2007

माल्दिभ्समा १ नेपालीको मृत्यु
नेत्र प्र शर्मा/माल्दिभ्स

मानबको जन्म सङ्गै मरण पनि आइरहेको हुन्छ तर बिधिको बिधान नै यस्तै नै छ मानबले सोचे जस्तो, के हुनु पर्ने हो र के नहुनुपर्ने हो ठिक बिपरित घटनाहरु घट्ने भैरहेको हुन्छ। यस्तै घटना घट्न पुग्यो यहा मल्दिभ्समा पनि। यहि मार्च २० तारिकका दिन बाग्लुङ जिल्ला जैदी गा बि स निबासी जित बहादुर राना ले हामी सबै बाट बिदा लियर यो सन्सारबाट बाहिरिन पुगे। उनि बिगत ८-९ महिना देखि माल्दिभ्सको किहाधुफारु रिसोर्टमा कार्यरत थिय। गत मार्च २० तारिकका दिन दिनको खाना खायर साथीसङ्ग गफ गर्दै गरेका राना करिब २:३० बजे आफुलाइ केहि अफ्ठ्यारो महसुस भयको साथिलाइ जानाउदै भुइमा लड्न पुगेका थिय र त्यहि उनको मृत्यु हुन पुग्यो। स्वर्गिय रानाका श्रीमति १ छोरा र १ छोरी हुनुहुन्छ। यो शोकको घडिमा उहाको मृत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार प्रति भगवान पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति दिउन।

No comments: