Wednesday, May 18, 2011

चुलबुले रहिछेऊ तिमी नेपालकी नानी

चुलबुले रहिछेऊ तिमी नेपालकी नानी
हेर्दा सानी रहिछेऊ नानी माया लाग्दो बानी
सुन्दरताले भरिपूर्ण सौन्दर्यकी खानी
सोच बिचार गरी हिड यो उमेरमा तिमी
चुलबुले रहिछेऊ तिमी नेपालकी नानी
पुतलीको जस्तो रहिछ डुली हिड्ने बानी
बत्ती नजिक नजाऊ नानी चमक रहिछ भनी
पखेटा तिम्रा जल्लान अनी बसौली अपांग बनी
चिरचिर बोल्ने रहिछेऊ तिमी नेपालकी नानी
भमराको जस्तो स्वभाब स्वाद चाख्दै हिड्नी
साझ पख बन्द हुने कमल फुलको बानी
नजानु नि कमल फूलमा सूर्यास्त पारी
चन्चले स्वभाबकी नेपालकी नानी
सोच्दिरहिछेउ तिमी चलाख काग जस्तै बनी
चलाख बन्दा कागले सधै खान्छ रछान पनि
बन्दा चलाख खान्छ उसले बिष कहिले काही
अति चलाख सोच्दी रहिछेऊ नेपालकी नानी
चुलबुले रहिछेऊ तिमी नेपालकी नानी
-नेत्र प्रसाद शर्मा "नबनेत्र"

No comments: