Wednesday, May 18, 2011

हजूर म त आज अचम्मित भैरहेको छू

हजूर म त आज अचम्मित भैरहेको छू
आफुले आफैलाई कहिले कही त सोध्दै छू।
यो कुन जमना अनी म कहा भुल्दै छू
आज कुरो अचम्मैको सुन्दै छू

आज बाहुनहरुलाई डाउन हुनै पर्ने अरे
गाउको मनोज आज माइकल भयको छ रे
ब्वाई फ्रेण्ड र गल फ्रेण्ड हुनै पर्ने अरे
सुन्तलीको नाम आज मिसेल भयको छ रे
पाच कक्षा पढ्ने केटाको आज मिससंग लब पर्यो अरे
स्कुल पढ्ने केटीको नोटबुक सबै प्रेम-पत्रले भरियको छ रे
बिरामी हेर्न बसेको डाक्टर नर्सको दिलमा पसेको छ रे
आज नर्सको जिन्दगी हजूर डाक्टरको जालमा फसेको छ रे
उपचार त के को गर्थ्यो र हजूर नर्सलाइ फसाउन मै उसको दिमाग गयको छ
रे केटा देख्यो की रिसाई हाल्नेतर केटिको त सबै उपचार जानेको छ रे
कलाकार पनि त्यस्तै हजूर केटी बिना गीत गाउदैनन अरे
त्यसैले होला कही कतै केटीकै लागी रेस्टुरेंट फोर्छन अरे
नेता पनि उस्तै हजूर दुई जिब्रोले धनि छन रे
जनतासंग यक थोक बोल्ने भित्री कुरो खोल्दैनन रे
सबै जाती धर्म यकै भाषणमा भन्छन अरे
भित्र भित्रै जातियतामा देशलाई टुक्रा पर्दे छन रे
देशलाई टुक्रा पर्दे छन रे
-नेत्र प्रसाद शर्मा "नबनेत्र"

No comments: