Saturday, November 19, 2011

प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपाल-माल्दिभ्स मैत्री समाज
माले माल्दिभ्स
सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यु;
प्रथमत अहिले देश संक्रमण कालमा गुज्रिरहेको अबस्थामा हजुर जस्तो झन्डै पौने ३ करोड नेपालीले आशा गरेको व्यक्ति देशको प्रधानमन्त्री नियुक्त हुनुभयकोमा यहाको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछु मेरो व्यक्तिगत तर्फबाट र नेपाल-माल्दिभ्स मैत्रि समाज तथा सम्पूर्ण
माल्दिभ्समा कार्यरत नेपाली दिदि-बहिनि तथा दाजु-भाइको तर्फबाट।
१७औ सार्क सम्मेलनमा भाग लिनको लागि नेपाल सरकारको तर्फबाट हजुरको माल्दिभ्स आगमन हुदै गरेको कुरा केहि समय पहिले थाहा भय पनि हामीले भेटघाट गरि यहा नेपालीले भोग्नु परेका समस्या र सुझाब आदान-प्रदान गर्ने कुनै औपचारिक कार्यक्रम तय हुन नसके पनि यो ज्ञापन पत्र मार्फत केहि कुरा जानकारी गराउन चाहन्छौ।
१, नेपालीहरु बैदेशिक रोजगारीको लागि माल्दिभ्स प्रवेश गरेको झन्डै २१-२२ बर्ष भैसकेको छ तर अहिले सम्म नेपाल सरकार र माल्दिभ्स सरकार बीच कुनै श्रम सम्झौता भयको हामीलाई जानकारी छैन। तर बर्षेनी नेपालीहरु माल्दिभ्स भित्रिने क्रम बढ्दो छ र समस्याहरु पनि बढिरहेका छन्। यसरि परि आउने समस्याहरुको बारेमा हाल आयर नेपाल माल्दिभ्स मैत्री समाजले (स्था.२०६२ आश्विन २८) नेपाली दुताबास कोलोम्बोसंग सहकार्य गर्ने गरेको अबगत गराउदछौ। यो सस्थाले हालसम्म यहा मृत्यु भयका नेपालीको परिवारलाई आर्थिक सहयोग संकलन गरि पठाइरहेको छ भने बिबिध कारणले बेखर्ची भयकालाइ पनि घरसम्म जानको लागि व्यवस्था गरिरहेको कुरा जानकारी गराउदछौ।
२. दलालहरुले झुटा आस्वासन दिई भिसा नबन्दै बिना श्रम स्वीकृति नेपालीहरुलाई केरला ल्याई लामो समय पर्खाईमा राख्ने र नारीहरुलाई शारीरिक सम्बन्ध राख्न बाध्य पार्ने गरेको जसले गर्दा भारतको केरला र माल्दिभ्समा समेत सिंगो नेपाल र नेपालीको इज्जतमा दाग लग्न पुगेको छ भने बिगत केहि
बर्षयता नेपाली नारीहरु यहाँका ब्युटी पर्लारहरुमा छ्यास्छ्यास्ती देखिन थालेका छन र यस्ता पार्लरहरुमा बेला बेलामा अबैध यौन धन्दा हुदा पुलिशले पक्रिने गरेको पाइन्छ। यस्ता घटनाहरु प्रति नेपाल सरकारको ध्यान नजाने हो भने भबिस्यमा अझै गम्भीर समस्या नआउला भन्न सकिदैन।
३, यी र यस्तै घटनाहरुको बारेमा बुझ्न र समाधानको लागि पहल गर्नको लागि यहा कुनै राजदुताबास नभयकोले नेपाल सरकारको प्रतिनिधि वा कोलोम्बो दुताबासको प्रतिनिधि कम्तिमा पनि बर्षमा २ पटक यहाँ आइ नेपालीहरुसंग अन्तरक्रिया गर्नु आबस्यक देखिन्छ।
४, नेपाल र माल्दिभ्स जोड्ने हवाई सेवा धेरै नै कठिनाइ पूर्ण भयकोले श्रीलंका-नेपाल रुटको हवाई सेवा बिस्तार गरेमा नेपाल, श्रीलंका र माल्दिभ्स तिन वटै देशको लागि लाभदायिक हुने छ यसप्रति नेपाल सरकार गम्भीर हुनुपर्ने देखिन्छ, त्यसैले उपरोक्त कुराहरुमा सम्माननीय प्रधानमन्त्री ज्यूलाइ पहल गर्नको लागि ध्यानाकर्षण गर्दछौ।
अन्तमा देशमा आतंक मच्चाउने तथा जनहित बिपरित कार्य गर्ने जो कोहिलाइ पनि कानुनको दायरामा ल्याउन सरकार पछी नपरोस र हामी पौने तिन करोड नेपालीको चाहना दिगो शान्ति र संबिधान यथासक्य चाडो बनाइ देश बिकासको गतिलाइ द्रुत रुप दिन यहाको कार्यकाल सफल बनोस भन्ने कामना गर्दछौ ।
नेत्र प्रसाद शर्मा (सचिब)
तथा
नेपाल-माल्दिभ्स मैत्रि समाज
२५ कार्तिक २०६८

No comments: