Wednesday, July 4, 2012

सहयोग हस्तांतरण


रोजगारको सिलसिलामा माल्दिभ्समा मृत्यू भएका श्रीराम चौधरीको परिवारलाइ नेपाल माल्दिभ्स मैत्री समाजले राहत स्वरुप ९५ हजार प्रदान गरेको छ । लियो क्लव अफ पोखरा अन्नपूर्णको संयोजनमा नेपाल माल्दिभ्स मैत्री समाजले चौधरीको परिवारलाइ राहत रकम उपलब्ध गराएको हो ।

10 अक्टोबर 2012, शनिबारका दिन एक कार्यक्रमको आयोजना गरी नेपाल माल्दिभ्स मैत्री समाजका सल्लाहकार मेघनाथ भुसाल र लियो क्लव पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष नबिनराज बरालले मृतक चौधरीकी पत्नी निशादेवी चौधरीलाइ उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका हुन ।

राहत हस्तान्तरण कार्यक्रममा वोल्दै  नेपाल माल्दिभ्स मैत्री समाजका सचिव नेत्र चापागाइले रोजगारीको शिलसीलामा माल्दिभ्समा मृत्यू भएका चौधरीको परिवारका लागी आफुहरुले माल्दिभ्समा रहेका नेपालीहरुसंग सहकार्य गरेर राहत रकम संकलन गरेको वताए ।

माल्दिभ्समा रहेरपनि मृतकका परिवारलाइ केही गर्नुपर्छ भनेर आफुहरुले सहयोग रकम संकलन गरेर हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा लियो क्लव अफ पोखरा अन्नपूर्णका नबिनराज वरालले आफुहरुसंग सहकार्य गरेर मैत्री समाजले सामाजिक कार्य गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाइ निरन्तरता दिन अग्रह गरे । लियो क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष श्याम भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लियो जिल्ला सह सचिव उमाकान्त रिजाल, लियो अन्नपूर्णका सचिव अनिरुद्र बराल लगाएतले बोलका थिए ।

No comments: