Monday, December 25, 2006

प्रदेशी छोराको चिठ्ठि

नेपाल आमालाइँ प्रदेशी छोराको चिठ्ठि

श्री प्रीय आमा नेपाल

न्यानो माया यवम सम्झनाका सूनामी रुपी सामुन्द्रीक छालहरु प्रदेशको भुमिबाट स्विकारिदिनु ल। आमा आज यो बिदेशको भुमिमा भित्री मुटु जे जस्तो भय तापनि बाहिरि मन राम्रै देखाउन बाध्य भायको छु यानीकि बेदनाको हासो हासिरहेको छु। यस्तो अवस्थामा खै कसरि दिनु मेरो हालखबर ठिकै छ भन्ने शन्देस हजुरलाइ जे होस यो प्रवासको भुमिमा समर्पित दिनहरु आरामैका साथ बिताइ रहेको छु र त्यहा हजुर लगायत समाज अनि सम्पुर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरु प्रति यो प्रवासीको तर्फबाट सम्झनाका असीमित लामहरु सदा -सदा का लागि सुनाइदिनु ल ।

हिजो शन्तिका बुद्दको जन्म भयको देश नेपाल आज राक्षसको भुमरिमा होमिन पुगिरहेको देख्दा हामिलाइ साह्रै नराम्रो लागिरहेको छ। आजको यस्तो परिस्थिति देख्दा हामि जस्ता धेरै भन्दा धेरै युवाहरु बाध्य भयर बिदेशको भुमिमा बस्नु परिरहेको छ।। यहाँ को बारेमा भन्नुपर्दा सबै राम्रै नै छ भन्नुपर्ला किन कि मानवको लागि असल श्वासथ्य र शान्ति पुर्ण अवस्था नै राम्रो भन्नु पर्ने हुन्छ । यहाँको वाताबरण शान्त नै छ नेपाल को तुलनामा भन्ने हो भने त जमिन, पानी, हावा कहि पनि यती शान्त छैन होला। हुन त समय र त्यसमा हुने परिवर्तन सङ्गै यि कुराहरु पनि परिवर्तन हुने हुन्छ। यहा हामी सम्पुर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनी हरु बिना आतङ्क शान्ति को जीवन बिताइ रहेका छौ । र त्यहाँ पनि छिट्टो भन्दा छिट्टो शान्ति छाओस अनि यक आपसमा मेलमिलाप यबम सदभाबको सम्योजन हुँदै जाओस भन्ने कामना गर्दछु ।

अन्तमा तिमि लगायत सम्पुर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनिहरुमा नवबर्ष 2007 ले रगतको होली खेल्न नभै आतङ्क, हिङ्सा अनि क्रुर र निरङ्कुस शासनको अन्त्य गरि बिजयको रातो टिका लगाउन प्रेरणा गरोस यहि छ मेरो नव बर्षको शुभ-कामना।

उहि प्रवासी

नेत्र प्रसाद शर्मा

No comments: