के भनौ र साथी ?
के भनौ र खै साथी
लागियो परदेशमा
साथी भाइ खोज्दा आफै हराएँ
विरानो यो देशमा  
के भनौ र साथी……….. 
धन कमाउने आशा आयो यो मनमा
गाई बस्तु चराउँदा त्यो बनपाखामा
मायाँ टुट्यो सोल्टीनीको
याद आँउछ पलपलमा  
के भनौ र साथी……….. 
विर्सियो सवै रितिरिवाज
अनि मादलको ताल
घाँस दाउरा त्यो बन पाखा
र्साईली र माइलीको त्यो मधुरो मुस्कान 
के भनौ र साथी……….. 
 नेत्र प्र शर्मा
बाग्लुङ भकुण्डे
हाल माल्दिभ्सबाट 
मुक्तक
 
नेत्र छन तिम्रा अति सुन्दर मृग  नयन सरिका  
प्रसाद अति मिठो छ तिमीले दियको ठ्याम्मै हात परिका ।। 
चापागाइ त थर हो लिनु हुन्छ तिमीले माया जीवन भरिको
भकुन्डे मेरो गाँउ हो तर नाम के पर्यो मोरिको ।। 
छ माया भने देखि तिमीलाई हाम्रो याद सधैं लिनु है 
निफन्ने काम नगर्नु है प्रेमिलाई यौटै सँग माया लाउनु है ।। 
धौलागिरी हिमाल हो त्यसैले हिउं सधैं त्यहाँ टल्किन्छ
बाग्लुङबाट हेर्यो भने देखि धौलागिरी पक्कै देखिन्छ ।।
  
नेत्र प्रसाद शर्मा
बाग्लुङ भकुण्डे
हाल माल्दिभ्सबाट  
 कविता
तल्ला घरको कान्छो
 
तल्ला घरको कान्छो आज जाँदै छ  प्रदेशको भुमिमा 
केही गर्छु भन्ने भावना जागेर आएको छ उसको मनमा।।  
हुन त थिएन उसलाई कत्ति पनि बिदेश जाने रहर  
देश समाजलाइं चटक्क छाडेर पसेको छैन उ त्यसै प्रदेशको शहर।।  
धेरै सपनाहरु जागेका छन रे उसका मनमा आज 
सपना सारा एक दिन पुरा गरेरै छाड्छु भनेर ।।    
थिए होला उसमा पनि योजनाहरु देश भित्रै केही गर्छु भन्ने 
तर उ वाध्य भएको छ बिदेशिन  आज सामान्तको अत्याचारले ।। 
तर एक दिन उ फर्किने छ यो देश अनि समाजमा
उ सडेर जाने छैन त्यसै बिदेशी भुमिमा।। 
नेत्र प्रसाद शर्मा 
भकुण्डे-६, बाग्लुङ्
हाल माल्दिभ्सबाट 
मेरो जीवन यात्रा
 नेत्र प्रसाद शर्मा 
म नेत्र प्रसाद शर्मा । मेरो जन्म बि सं २०३७ साल मार्ग २१ गते, ई सं १९८० डिसेम्बर १४ तारिख शनिबार भएको थियो। मेरो जन्मस्थान पश्चिम नेपालको बाग्लुङ जिल्ला क्षेत्र न. ०१, भकुण्डे-६ स्थित निफन्नेको एक साधारण परिवारमा भएको हो । मेरा बुवाको नाम लिलाधर हो भने आमाको नाम सिता देवि हो । हरेक मानिसको जीवन यात्रा एउटा महत्वपुर्ण र पुर्ण जीवन कहानी पनि हो । बर्षा - नदि - सागर - बाफ को चक्रमा घुम्ने निरन्तर प्रकृया वा आधुनिक कथा, उपन्यास वा चलचित्रमा देखाईने कथा  नै हो जीवन यात्रा। 
 
      जीवनका २६ बसन्तहरु पार गरी सकेपछि मलाई मेरो जीवन यात्रा लेख्न मन लाग्यो । मेरो जीवन यात्रा मेरो नितान्त र ब्यक्तिगत भोगाई र अनुभुती हो । सानै उमेर देखि नै मैले मेरै ईच्छा जस्तोमा आफुलाई उभ्याएको छु । मन नपरेको र नराम्रो लागेको काम सकेसम्म कुनै पनि जबर-जस्तिमा पनि गरें जस्तो लाग्दैन । तर जीवन यात्रामा कहिले पनि म एक्लो पनि छैन र कुनै ब्यक्तिगत स्वार्थ, आग्रह र अहम पनि छैन । यो मेरो यात्रा अनुभुती बाग्लुङ जिल्लाको भकुण्डे-६ स्थित निफन्नेबाट सुरु भै indian ocean को मध्य भागमा  चल्दैछ। यसमा मेरो परिवार र बाल्यकाल, मेरा आफन्त र शिक्षा, पहाडी जीवनका गोठालो, घाँस-दाउराका कुरा, गाउँ-घर र छर -छिमेकिका कुरा समेटिइसकेका छन । 
जहाँ जति सकिन्छ, त्यो त्यति बिना कुनै स्वार्थ र आग्रह नराखी मानवताको पालना गर्नु बाहेक मेरो कुनै स्वार्थ छैन. त्यसरी नै मेरो जीवन यात्रा चल्ने क्रममा  इ.स. २००२ Jan 01 मा  indian ocean को बिचमा रहेको Maldives प्रस्थानको यात्रा भएको थियो।  म अहिले Maldives को राजधानि Male को North मा पर्ने North Male Atoll को यक Resort मा कार्यरत छु……..क्रमशः 
के हुँदै छ आज यहाँDecember 4th, 2006 
के हुँदै छ आज यहाँ 
थाहा पाउनै सकिएन।
को हो सच्चा मानब यहाँ
खै भन्नै सकिएन।। खै को चाहि अघि बढ्ने
आज मान्छे भेटिएन।
जस्तो सुकै मौका मिल्दा पनि
मन लगाइएन।। 
खानु पर्ने भयो आज
त्यो कोदोको जुस।
त्यो जुसले लग्यो हजुर
मेरो सारा होश।।  कहिले काहि जानु पर्ने
डिस्को तिर पनि।
लाग्यो आज बानि मलाइ
सिरिन्ज हान्ने पनि।। 
पैसा छैन साथमा मेरो
नशा लिनै पर्ने।
त्यस्को लागि पर्यो अब
चोरि गर्ने बानि।। 
नेत्र
chapagain.netra@gmail.com
chapagain_nepal@yahoo.com  
गजल
 
सकिन तिमि सँग हिजो मैले प्रस्ताब  कुनै राख्नलाइ
भयो पछुतो आज तिमिबाट टाढा भएर बस्दा मलाइ।।
छन त छँदै छ तिम्रो सम्झना पल पल मेरो मनमा
के गर्ने टाढा भएर देखाउन नमिल्ने तिम्रो आँखामा।।
हुन त तिमिले बिर्सिएर हुन सक्छ मेरो वास्ता नगरेको
तिमिलाइ थाहा छैन यो मेरो मन कति छ रोइरहेको।।
म इज्जत राख्न चाहन्थे सबैको, सकिन भन्नलाइ
त्यसैले गर्दा धोका भयो, आज थाहा छैन तिमिलाइ।।
तिमिलाइ सम्झि आज म टोलाइ रहन्छु पल पलमा
तर के गर्ने पाउन सक्दिन तिमिलाइ, खोज्दै छु सगरमा।।
छैन कुनै खबर आज तिम्रो, कतै डोली त चढिनौ
कता छौ आज कस्को साथ लियौ, खै किन भन्दिनौ।।
तिमिले बिर्से पनि आज म सक्दिन भुल्नलाइ
तिमिले बिर्सिएर गयौ भने सक्दैन यो कोपिला फुल्नलाइ।। 
                                                         
 नेत्र प्र शर्मा
बाग्लुङ भकुण्डे
हाल माल्दिभ्सबाट
Monday, December 25, 2006
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment