Monday, December 25, 2006

मेरा सपनाहरु

मेरा सपनाहरु


मेरा सपनाहरु भनि दिय है
बास बस्ने बेलामा पनि फर्कियन
चारो पाइयन कि खै
रात हिजो पनि
रात आज पनि
आशिक माग्न आयको थिय
प्रेम नगरको मैदानमा
न्याउल चराको कानमा
छङ्छङ् बज्ने खोलाले भन्यो कि
मलाइ यस्तो आभाष भैरहे छ
कि तिमि र म सङ्गै थियौ
कि तिमि र म सबै थियौ
अहिले मेरा सपना हरु उल्टा छन
मारुनिहरु नाचिरहे छन
सरङ्गिहरु बजिरहेछन
रुपमा धुप छैन
मेरा सपनाहरु भनि दिय है
मेरो जिवन लाइ बरु हेर है
माघमा मेरो जन्म दिन पर्छ
बाहिर न आउ तुषारो झर्छ
भुइचालो पनि यसैमा बानि परेको छ
तर म सपना हरु सदै उल्टा देख्छु
खाटा हरु जोडियका छन
माटाहरु कुहिइयका छन
मेरो नजिक न आउ
सुर्य पनि जन्मियको छ
अग्यानि छ
कुच्चियका दिप्चिहरु लियर
बिभाजित पहाडहरु तिर
फर्किन म बिबस छु
किताबहरुमा अक्षर हराय जस्तो
गित हरुमा सङ्गित हराय जस्तो
म कस्तो कस्तो
म कस्तो कस्तो
तिमिलाइ थाहा छ
मेरा सपनाहरु भनिदिय है
म काडालाइ देख्दछु
फुललाइ देख्दछु
उ पर हेर त
कस्ले बनायछ?
किन बनायछ?
मखमलि माया
मन्दिरमा घन्टिहरु पनि छन
आखा हुन कि कान ति छया
मृत्युलाइ स्विकारेको छु
मनलाइ मारेको छु
तर कोषहरु कठोर छन
चिनामा राशि हराय जस्तो
तिर्थमा काशि हराय जस्तो
म कस्तो - कस्तो
त्यसै ले हावाले उडाय पनि
बारिमा खोजेर भय पनि
मेरा सपनाहरु भनिदेउ ल।।।।

ॐ राज रेग्मि


No comments: