Monday, December 25, 2006

मल्दिव्स यक झलक

मल्दिव्स यक झलक
सार्क राष्ट्रहरु कै सबैभन्दा सानो तर प्रतिब्यत्ती आय सबै भन्दा बढी भयको देश हो मल्दिव्स । यहाँको जनसङ्ख्या झण्डै २ लाख ५०हजारको हाराहारीमा रहेको छ । राजधानी माले अन्तराष्ट्रीय बिमानस्थल बाट झन्डै १५मिनेट डोनीमा जानु पर्छ। यहाँको मुख्य पेसा होटेल ब्यबसाय हो भने दोस्रो ब्यबसाय माछा मार्ने रहेको पाहिन्छ तर यहाँ माछा ब्यबसायको रुपमा पाल्ने न भाई बिबिध बोट, डोनीहरुको प्रयोग गरि समुन्द्रमा मार्ने गरिन्छ । यहाँको जमिनको सरदर उचाइ मात्र २ मिटर ५० सेन्टिमिटर छ। यहा झण्डै १२८० टापुहरु र त्यस मध्ये ९१ टापुहरुमा रिसोर्टहरु भयको पाइन्छ। प्रत्येक बर्ष यहाको जनसङ्ख्या भन्दा बढि पर्यटक भित्रीन्छन।

यो देश सानो भय पनि नेपाली हरुको सङ्ख्या मनग्य नै रहेको पाहिन्छ। झन्डै ८०० देखि ९०० को सङ्ख्या मा रहेक नेपाली दाजु-भाइ तथा दिदि-बहिनिहरु बिभिन्न रिसोर्ट, कम्पनि, बोट-डोनि आदि स्थानमा मेनेजर देखि लेवर सम्मका काम गरिरहेको पाइन्छ। यसरी बिदेशिने क्रममा प्रत्येक बर्ष कैयौ नेपालीहरु भारतको केरला मा नै लामो समयसम्म भिस्साको प्रतिक्षा बसि ठुलो धनराशि हिनाबिना गर्न पुगेको पाइन्छ त कति माले सम्म आइ यहिबाट काम गर्ने स्थान सम्म पनि नपुगि फर्कियको पाइन्छ। किनकी देशमा बस्नको लागि न त रोजगारको ब्यबस्था नै छ न त सुरक्षाको नै ।

यथार्थमा भन्नुपर्दा यदि नेपालमा पनि स्थायी शान्ति हुने र कलकारखाना उधोग राम्रो सँग चल्ने प्रबन्ध सरकारले मिलाउन सक्ने हो भने न त यसरी नेपाली बिदेशमा अलपत्र नै पर्नुपर्छ न त देश भित्र आपसी दोन्द नै चर्कन्छ।

नेत्र प्रसाद शर्मा (चापागाँइ )
भकुण्डे - ६ बाग्लुङ
हाल माल्दिभ्सबाट

No comments: