Monday, December 25, 2006

अन्तरिम संविधान २०६३

अन्तरिम संविधान २०६३


-३) यो संविधान प्रारम्भ भएपछि हुने कुनै सन्धि वा सम्झौता यस धाराबमोजिम अनुमोदन, सम्मिलन, स्वीकृति वा र्समर्थन नभएसम्म नेपाल सरकार वा नेपाल राज्यको हकमा लागू भएको मानिने छैन ।

-४) उपधारा -१) र
-२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राज्यको प्रादेशिक अखण्डतामा प्रतिकूल असर पर्ने गरी कुनै सन्धि वा सम्झौता गरिने छैन ।

१६३. जनमत संग्रहबाट निर्णयलिन सकिने ः -१) यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रिय महत्वको कुनै विषयमा जनमतसंग्रहबाट निर्णय गर्न व्यवस्थापिका वा संविधानसभाले तत्काल कायम रहेका कम्तिमा दर्ुइ तिहाई सदस्यको बहुमतबाट निर्ण्र्ाागरेमा त्यस्तो विषयमा जनमतसंग्रहबाट निर्णय लिन सकिनेछ ।
-२) उपधारा -१) बमोजिमको प्रक्रियाबाट निर्णयलिइने कार्यविधि कानुनद्वारा निर्धारण भएबमोजिम हुनेछ ।

१६४. बाधा अड्काउ फुकाउने अधिकार ः मन्त्रिपरिषद्ले यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ फुकाउन आदेश जारी गर्न सक्नेछ र यस्तो आदेश व्यवस्थापिका वा संविधानसभाबाट एक महिनाभित्र अनुमोदन गराउनुपर्नेछ ।


भाग २४

सङ्क्रमणकालीन व्यवस्था

१६५. राजाका सम्बन्धमा ः -१) राजा रहने वा नरहने कुराको निरुपण संविधानसभाको निर्वाचन हुँदाका बखत गरिने जनमतसंग्रहबाट गरिनेछ ।
-२) राजाको सम्बन्धमा अन्य कुरा कानुनमा व्यवस्था भएबमोजिम हुनेछ । -राष्ट्राध्यक्ष ः राजतन्त्रको अन्त्य भएको र निर्वाचित संविधानसभाले अर्को व्यवस्था नगरेको अन्तरिम अवधिमा अन्तरिम व्यवस्थापिकाका अध्यक्षले देशको राष्ट्राध्यक्षको समेत भूमिका निर्वाह गर्नेछन् ।


१६६. मन्त्रीपरिषद् सम्बन्धी व्यवस्था ः -१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको मन्त्रिपरिषद् यसै संविधानअर्न्तर्गत गठन भएको मानिनेछ ।
-२) धारा ...... बमोजिम मन्त्रिपरिषद् गठन नभएसम्म उपधारा -१) बमोजिमको मन्त्रिपरिषद् कायम रहनेछ ।

१६७. व्यवस्थापिका सम्बन्धी व्यवस्था ः -१) यो संविधान प्रारम्भ हुनासाथ राजनीतिक सहमतिद्वारा व्यवस्थापिकाको गठन हुनेछ ।
-२) यो संविधान प्रारम्भ हुनुभन्दा अगाडि नै विघटन भएकोमा बाहेक उपधारा -१) बमोजिमको व्यवस्थापिका गठन भएपछि यो संविधान जारी हुँदाका बखत कायम रहेको प्रतिनिधिसभा स्वतः विघटन हुनेछ ।
१६८. न्यायपालिका सम्बन्धी व्यवस्था ः -१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका सर्वोच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतहरु यसै संविधानबमोजिम स्थापना भएको मानिनेछ र यो संविधान प्रारम्भ हुनुअघि दायर भएका मुद्दाहरु तत्तत् अदालतबाट निरुपण गर्न यो संविधानले बाधा पुर्‍याएको मानिने छैन ।
-२) यो संविधान प्रारम्भ भएका बखत सर्वोच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतहरुमा बहाल रहेका न्यायाधीशहरु यो संविधान प्रारम्भ भएको मितिले छ महिनाभित्र पुनर्नियुक्ति भएमा बाहेक आफ्नो पदमा बहाल रहनेछैनन् । तर आवश्यक परेमा त्यस्ता न्यायाधीशहरुलाई सो अवधिअगावै पनि अवकाश दिन सकिनेछ । न्यायाधीशको पुनर्नियुक्तिसम्बन्धी सम्पर्ूण्ा व्यवस्था व्यवस्थापिकाले निर्धारण गरेबमोजिम हुनेछ ।
उपधारा -२) बमोजिम पुनर्नियुक्ति गर्दा प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीशको हकमा संवैधानिक परिषद्बाट र पुनरावेदन अदालत तथा जिल्ला अदालतको न्यायाधीशको हकमा न्यायपरिषद्बाट निर्धारण गरिनेछ ।

१६९.संवैधानिक निकाय र पदाधिकारीहरु सम्बन्धी व्यवस्था ः -१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका संवैधानिक निकाय र पदाधिकारीहरुमध्ये यस संविधानमा पुनर्व्यवस्थित नगरिएका संवैधानिक निकाय र पदाधिकारीहरु यो संविधान प्रारम्भ भएपछि कायम रहनेछैनन् ।
-२) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका संवैधानिक निकायहरु यसै संविधानबमोजिम स्थापना भएको मानिनेछन् र प्रचलित कानुनबमोजिम ती निकायहरुमा विचाराधीन रहेका विषयहरुलाई निरन्तरता दिन यस संविधानले बाधा पुर्‍याएको मानिनेछैन ।
-३) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका संवैधानिक निकायका पदाधिकारीहरु यो संविधान प्रारम्भ भएको मितिले छ महिनाभित्र पुनर्नियुक्ति भएमा बाहेक आफ्नो पदमा बहाल रहनेछैनन् । तर आवश्यक परेमा त्यस्ता संवैधानिक पदाधिकारीलाई सो अवधिअगावै पनि अवकाश दिन सकिनेछ । संवैधानिक निकायका पदाधिकारीको पुननिर्युक्तिसम्बन्धी सम्पर्ूण्ा व्यवस्था व्यवस्थापिकाले निर्धारण गरेबमोजिम हुनेछ ।
उपधारा -२) बमोजिम पुनर्नियुक्ति गर्दा संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्ति संवैधानिक परिषद्बाट हुनेछ ।
-४) यो संविधानबमोजिम व्यवस्था गरिएको राष्ट्रिय मानवअधिकार आयोग गठन नभएसम्म प्रचलित कानुनबमोजिमगठित राष्ट्रिय मानवअधिकार आयोग कायम रहनेछ र यस संविधानबमोजिमको राष्ट्रिय मानवअधिकार आयोग गठन भएपछि सो आयोगबाट फछ्र्यौट हुन बाँकी रहेका निवेदन र उजुरीहरु यस आयोगमा र्सर्नेछन् र सो आयोगले त्यस्ता निवेदन र उजुरीहरुउपर यो संविधान र यसअर्न्तर्गत बनेको कानुनबमोजिम कारवाही गर्नेछ ।


भाग २५

परिभाषा

१७०. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संविधानमा -
-क) "धारा" भन्नाले यो संविधानको धारा सम्झनर्ुपर्छ ।
-ख) "नेपाल" भन्नाले नेपाल राज्य सम्झनर्ुपर्छ ।
-ग) "नागरिक" भन्नाले नेपालको नागरिक सम्झनर्ुपर्छ ।
-घ) "विधेयक" भन्नाले व्यवस्थापिका वा संविधानसभामा पेश भएको संविधान वा ऐनको मस्यौदा सम्झनर्ुपर्छ ।
-ङ) "पारिश्रमिक" भन्नाले तलव, भत्ता, निवृत्तभरण र अन्य कुनै किसिमको पारिश्रमिक तथा सुविधासमेत सम्झनर्ुपर्छ ।


भाग २६

संक्षिप्त नाम, प्रारम्भ र खारेजी

१७१. संक्षिप्त नाम र प्रारम्भ ः -१) यो संविधानलाई "नेपालको अन्तरिम संविधान, २०६३" भनिनेछ ।
-२) यो संविधान सम्वत् दर्ुइहजार त्रिसठ्ठी साल ........... महिना ........... गते ............. वारदेखि प्रारम्भ हुनेछ ।

१७२. खारेजी ः नेपाल अधिराज्यको संविधान, २०४७ खारेज गरिएको छ ।


अनुसूची

-धारा ६ स“ग सम्बन्धित)

राष्ट्रिय झण्डा
-क) किनाराभित्रको आधार बनाउने तरिका

-१) एउटा सिम्रिक रङ्गको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्ने ।

-२) क बाट सीधा माथि ग सम्म क ख को लम्बाई जतिमा क ख कै तृतीयांश थप्दा जति हुन्छ, त्यति लामो हुने गरी क ग रेखा खिच्ने । क ग मा क बाट क ख को लम्बाई जति लिई घ चिन्हो लगाउने । ख र घ जोड्ने ।
-घ) ख घ रेखामा ख बाट क ख जति लिई ङ चिन्हो लाउने ।
-ङ) ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने विन्दु च बाट शुरु गरी दाहिनेतिर रेखा खिच्ने ।
-छ) ग र छ लाई जोड्ने ।
-ख) चन्द्र बनाउने तरिका
-ट) क ख को चतर्ुथांश जति क बाट दाहिनेबाट ज चिन्हो लाउने र त्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुने रेखा खिच्ने ।
-ठ) ग च को आधार ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिर खिची ग छ लाई ट मा छुने ।
-ड) ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिन्हो राख्ने ।
-ढ) ञ र छ जोड्ने ।

-१०) ञ छ र ज झ काटिएको विन्दुमा ड चिन्हो लाउने ।

-११) ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी र्स्पर्श गर्दा हुने जति दूरी पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिन्हो लगाउने ।

-१२) ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने र यसले क ग लाई छोएको विन्दुको नाम ण राख्ने ।

-१३) ठ केन्द्र लिएर ठ ढ व्यार्सार्द्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र ण ड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थ नाम राख्ने ।

-१४) ड लाई केन्द्र मानी ड थ व्यार्सार्द्धले तल्लो भागमा अर्ध वृत्ताकार त थ लाई छुने गरी खिच्ने ।

-१५) ढ केन्द्र मानी ढ ड को व्यार्सार्द्धले त ढ थ वृत्त खण्डको दुवैतर्फछुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थ लाई छोएको विन्दुहरुको नाम क्रमशः द र ढ राख्ने । द ध लाई जोड्ने ।
द ढ र ज झ काटिएको विन्दुको नाम न राख्ने ।

-१६) न लाई केन्द्र मानेर व्यार्सार्द्ध न ध ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी अर्ध वृत्ताकार खिच्ने ।

-१७) न लाई केन्द्र मानेर व्यार्सार्द्ध न ड ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी वृत्त खण्ड खिच्ने ।

-१८) यो अनुसूचीको नं. -१६) को अर्ध वृत्ताकार भित्र र नं. -१७ को वृत्त खण्ड बाहिर चन्द्रमाको आठवटा बराबरका कोण बनाउने ।

-ग) र्सर्ूय बनाउने तरिका

-१९) क च को आधा प बाट क ख को समानान्तर पारेर ख ङ मा छुने गरी प फ रेखा खिच्ने

-२०) ज झ र प फ काटिएको बिन्दु ब केन्द्र मानेर ड ढ को व्यार्सार्द्धले वृत्ताकार पूरा खिच्ने ।

-२१) ब लाई केन्द्र मानेर म ढ व्यार्सार्द्धले वृत्ताकार पूरा खिच्ने ।

-२२) यो अनुसूचीको नं. -२०) को वृत्ताकार बाहिर र यो अनुसूचीको नं. -२१) को वृत्ताकारभित्र परेको गोल घेराको बीच भागमा र्सर्ूयको बाह्रवटा बराबरका कोणहरु दुइ चुच्चाहरुले ज झ रेखामा छुने गरी बनाउने ।

-घ) किनारा बनाउने तरिका

-२३) न ढ को चौर्डाई जति गाढा नीलो रङ्गको किनारा झण्डाको आकारको बाहिरी सबैतिरको सीमामा थप्ने, तर झण्डाको पाँच कोणहरुमा चाहिँ बाहिरी कोणहरु पनि भित्रै सरहका बनाउने ।

-२४) झण्डा डोरी लगाई प्रयोग गरेमा माथि बताइएकै पट्टि राख्ने । झण्डा लट्ठीमा घुसार्ने हो भने क ग पट्टि आवश्यक परे जति किनारा चौड्याउने । डोरी वा लट्ठीको प्रयोगमा क ग को पट्टिमा प्वाल राख्ने ।

स्पष्टीकरणः झण्डा बनाउँदा खिचिएका ज झ द ध, च ङ, ङ घ, ञ छ, ण थ, ञ ट र प फ रेखाहरु कल्पित हुन् । त्यस्तै र्सूयका बाहिरी र भित्री वृत्ताकारहरु तथा खुर्पे चन्द्र बाहेक अरु वृत्त खण्ड पनि कल्पित हुन् । यिनलाई खण्डमा देखाइँदैन ।

- समाप्त

No comments: