Monday, December 25, 2006

भकुण्डे गाउ बिकास समिती यक परिचय

नेत्र प्रसाद शर्मा (चापागाँइ )
भकुण्डे - ६ बाग्लुङ
हाल माल्दिभ्सबाट

भकुण्डे गाउ बिकास समिती यक परिचय
बाग्लुङ जिल्लाको सद रमुकाम बाग्लुङ बजारबाट क रिब ४ कोस को दुरिमा अबस्थित यक गाउ बिकास समिति हो भकुण्डे। बाग्लुङ् बजारबाट दक्षिण तिर फर्केर हेर्दा झट्ट देखिन्छ यो गाउ बिकास समिती । यो गाउ बिकास समितीको पुर्बमा बलेवा पश्चिममा तित्याङ उत्तरमा कालिगण्डकि र बाग्लुङ नगर पालिका दक्षिणमा रायडाँडा अबस्थित छन। यो गाउ बिकास समिती सानो भयपनि घना बस्ति ले सजियको छ। यहा बिधिध जात जाति, धर्म तथा पेशाका मान्छेहरुको बसोबास रहेको छ।

कृषिको क्षेत्रमा हेर्दा यहा अमिला जातका फलफुल प्रसस्त मात्रामा पाइन्छ भने आलु, मुला, धान, कोदो, मकै, गँहु, जौ आदिको खेति गर्ने गरिन्छ। यो क्षेत्र माहुरि पालन, भेडा-बाख्रा, गाइ-बस्तु, हाँस-कुखुरा आदि पशु-पन्छिको लागिपनि उपयुक्त मानिन्छ। तर अझै पनि यहा उहि पुरानै तरिका र जातका ब्यबसायहरु गर्ने गरियको पाइन्छ जसले गर्दा मान्छेलाइ अगाडि बढ्नमा कठिनाइ परिरहेको पाइन्छ। यो गाउ बिकास समिती सदरमुकाम सङ्गै जोडियको भय पनि बल्ल बल्ल स्वास्थको क्षेत्रमा यौटा हेल्थ पोस्ट, शिक्षाको क्षेत्रमा हेर्दा यक मा.बि, यक निजि स्रोतको भयपनि निमाबि र केहि प्राथमिक बिध्यालय छन।

अझै पनि यहा सडक-यातयातको क्षेत्रमा हेर्दा जनताको प्रयास पछि गत साल कच्चि सडकको डोरेटो सम्म पुग्न सफल भयको छ तर सघुरो बाटो र त्यसमा पनि खोलाहरुमा पुल नभयकोले गर्दा गाडि जान साह्रै नै कठिन पर्ने गर्दछ। सन्चारको क्षेत्रमा भने त्यहि यौटा भयको भि यच यफ फोन पनि चलिरहेको छैन तर अहिले भने मोबाइल सेवाबाट आफ्ना सन्देशहरु देश बिदेशमा पुर्याउने काम भ इरहेको छ यँहा। भौगोलिक दृष्टिले गर्दा मोबाइल सेवा पनि घर-घरमा नचल्ने हुदा डाडा-डाडामा गयर मात्र सन्चारको फाइदा लिइरहेका छन भकुण्डेबासिहरुले। यो गाउ बिकास समिती सानो भय पनि धेरै भन्दा धेरै गैरसरकारि सङ सस्थाको जन्म तथा कर्म थलो बनेको छ। यि सस्थाहरु पनि यसको बिकाशका लागि लागिरहेको पाहिन्छ। पर्यटकिय क्षेत्रमा हेर्दा मुलाबारि क्षेत्र, ताल बराहि आदि रहेका छन तर यि क्षेत्रको बिकाश तथा सम्बर्दन नहुदा मात्र नाममा सिमित बन्न पुगेका छन यि क्षेत्र।

No comments: